Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

क्रिप्टो करेन्सीको कारोबार गर्ने गिराेह पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न एक गिरोहलाई प्रहरी पक्राउ गरेको छ । नेपालमा गैरकानुनी रहेको क्रिप्टो कारोबार तथा अनलाइन स्क्याम (ठगी) गरेको गरेको कसुरमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट  सात जनालाई पक्राउ गरेको हो । 

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय माइकल डंगौरा रहेका छन् । कैलाली बर्दगोरिया गाउँपालिका-६ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-८ गैरीगाउँ बस्ने डंगौरा गिरोहका ‘मास्टर एजेन्ट’ रहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले बताए ।

पक्राउ पर्ने अन्यमा कैलाली बर्दगोरिया गाउँपालिका-६ कै २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ छन् । यसैगरी, दोलखा भीमेश्वर नगरपालिका-४ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने १९ वर्षीय आश्विन चौलागाईं, रौतहट गौर नगरपालिका-९ घर भई काठमाडौं-३१ नयाँ बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, बिहार भारत साहेवगञ्ज घर भई काठमाडौं-२५ बस्ने २७ वर्षीय रोशन कुमार र भारत बिहार पूर्वी चम्पास बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेका छन् ।

यो समूहले हालसम्म अभौतिक मुद्राको कारोबार गरेर तीन अर्बभन्दा बढी रकम ठगी गरेको पाइएको बोगटीले बताए । यो रकम डिजिटल फरेन्सिक रिपोर्टको विवरणबाट प्राप्त भएको बोगटी बताउँछन् । पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरिरहेको दुई थान कम्प्युटर, १३ थान मोबाइल प्रहरीले बरामद गरेको छ । यस्तै, नगद पाँच लाख पचास हजार र विभिन्न व्यक्तिको नाममा जारी भएको बैंकको चेक १९ थान बरामद भएको छ । ‘उनीहरूले विभिन्न व्यक्तिहरूलाई संगठित रुपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको पाइएको छ,’ बोगटीले भने । 

विभिन्न बैंक तथा डिजिटल वालेट प्रयोगकर्ताहरूलाई समूहले झुक्याएर बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भन्ने गरेको थियो ।  प्रयोगकर्ताको ओटिपी/पिन माग गरेर अनाधिकृत रुपमा बैंक तथा वालेटहरूमा यो समूहले पहुँच पुर्‍याउँथ्यो । यो समूहले सोसल मिडिया ह्वाट्सएप, टेलिग्राम, फेसबुकहरूमा अनलाइन जब पाइने भन्दै ‘घरमै बसेर धेरै कमाउने सकिने’ भनी विज्ञापन गर्ने गरेको थियो ।

‘त्यसरी आकर्षक विज्ञापनहरू विभिन्न लिंकहरूबाट पठाएर साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटहरूमा पहुँच पुर्‍याउने गरेको अनुसन्धानमा खुलेको छ,’ बोगटीले भने, ‘उनीहरूको रकम रकम अन्यत्र खातामा ट्रान्सफर गर्ने गरेको पाइएको छ ।’ अनलाइन जब भन्दै खोल्न लगाइएका डिजिटल वालेटहरू आफूले प्रयोग गरेर प्रयोग गरेबापत यो समूहले निश्चित रकम नै दिने गरेको अनुसन्धानमा खुलेको छ ।

‘यस्ता खाताहरूमा अनलाइन ठगीबाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टो करेन्सी खरीद-बिक्री गर्ने तथा हुण्डी कारोबार गर्न समेत प्रयोग गर्ने गरेको अनुसन्धानले देखाएको छ,’ उनले भने ।

ठगी गर्ने समूहले समानान्तर बैंकिंङ कारोबार गरी मानिसहरूको आवश्यकतानुसार नेपालभित्र र बाहिर डिजिटल/क्रिप्टो करेन्सी, गेम पोइन्ट्स एवम् भौतिक मुद्रासमेत कारोबार गर्ने गरेको खुलेको छ । यस्तै, विदेशमा रहेका नेपालीहरूले पैसा नेपाल पठाउँदा गैरबैंकिङ माध्यमबाट पठाउँदा कर तथा शुल्क तिर्नु नपर्ने र थप रकम समेत फाइदा हुने प्रलोभनमा पारेर समूहका एजेन्टमार्फत् रकम लिने र नेपालमा रहेका नातेदारहरूको खातामा जम्मा गरिदिने गरेको पाइएको छ । 

पक्राउ परेकाहरूलाई ठगी तथा राष्ट्र बैंकको अभौतिक वस्तुको कारोबार गर्न नमिल्ने कसुरमा अनुसन्धान थालिएको छ । छिमेकी मुलुक भारतलगायत अन्य केही देशमा क्रिप्टो करेन्सीलाई करको दायरामा ल्याएर वैध बनाइएको छ । नेपालमा भने क्रिप्टो करेन्सीलाई गैरकानुनी मानिन्छ ।

पछिल्लो समय क्रिप्टो करेन्सीबाट अर्बौं रकम विदेशिएको भन्दै राष्ट्र बैंकले यसलाई दायरामा ल्याउनेबारे छलफल चलाएको वर्षौं भयो तर अहिलेसम्म क्रिप्टोबारे कुनै नीति बनिसकेको छैन । क्रिप्टो अर्थात् गुप्त र करेन्सी अर्थात् मुद्रा हो । शाब्दिक अर्थमा क्रिप्टो करेन्सी भन्नाले विनिमयका माध्यमका रूपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो । क्रिप्टोमा जोडिएपछि संकेत पाइने र त्यसैमार्फत् नेपाली रकमलाई डलरमा परिणत गरी कारोबार गरिन्छ ।

क्रिप्टो करेन्सी गैरकानुनी रहेकाले त्यसबाट कसैलाई फाइदा नै भए पनि उपभोक्ता ठगिने सम्भावना अत्यधिक रहेको प्रहरी बताउँछ । ‘एप वा कोइनमार्फत् डलर खरिद गर्न सक्ने र तुरून्तै अर्कोलाई महंगोमा बेच्न सक्ने, कानुनी दायित्व पनि पूरा गर्नु नपर्ने भएकाले धन कमाउने आशमा हिँडेकालाई फाइदा छ,’ बोगटी भन्छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE