सर्लाही । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैता नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । नगरपालिकाले शुक्रबार गोडैता नगरपालिका–३, स्थित जनता माध्यमिक विद्यालय भगवतीपुरमा नगरभरका ९१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई भेला पारेर साइकल वितरण गरेको हो ।
अत्यन्तै न्यून पारिश्रमिक लिएर गाउँघरमा स्वास्थ्य सेवा प्रवाह गर्न उच्च योगदान पुर्याउने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप नगरभित्र यसरी पहिलो पटक साइकल उपलब्ध गराइएको नगरप्रमुख देवेन्द्रकुमार यादवले जानकारी दिए ।
सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई पारिश्रमिक वापत मासिक एक हजार रुपियाँ दिँदै आएकोमा गोडैता नगरपालिकाले सो रकममा बपालिकाको तर्फबाट दुई हजार रुपियाँ थप गरेर उपलब्ध गराउँदै आएको छ । अधिकतम सुविधा लिएर पनि स्वास्थ्य सेवा प्रवाह गर्न निरन्तर परिचालित महिला स्वास्थ्य स्वयंसेविकालाई नगरप्रमुख यादव, उपप्रमुख अन्जना कुशवाहा, जिल्ला समन्वय समिति प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद साहलगायतले साइकल हस्तान्तरण गरे ।
महिला स्वास्थ्य स्वयंसेविकालाई गत वर्ष नै साइकल उपलब्ध गराउने तयारी भए पनि प्रक्रिया पूरा गर्न समय लागेको नगरपालिका कार्यालयले जनाएको छ । आफूले गरेको कामको कदर गर्दै नगरपालिकाले सम्मानस्वरुप साइकल प्रदान गरेपछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: