Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

मौरिस हर्जोगको चर्चित पुस्तक ‘अन्नपूर्ण प्रिमियर ८०००’ अब नेपाली भाषामा

खबरडबली संवाददाता

काठमाडौं । मौरिस हर्जोगको प्रसिद्ध पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ को नेपाली अनुवाद सकिएको छ । नेपालका लागि फ्रान्सकी महामहिम राजदूत भिर्जिनी कोर्तभालले उक्त अनुवादको मस्यौदा फाइनप्रिन्टका सीईओ नीरज भारीलाई हस्तान्तरण गरेकी छन् । 

सन् १९५१ मा पहिलो पटक प्रकाशित ऐतिहासिक यात्रावृत्तान्त अन्नपूर्णले विश्वभरिका पाठकलाई मन्त्रमुग्ध पारेको छ । यो पुस्तक अन्नपूर्णको सफल आरोहणबारे हो, जुन विश्वकै पहिलो ८००० मिटर अग्लो शिखर आरोहण थियो । यो पुस्तक दर्जनौं भाषामा अनूदित भई लाखौं प्रति बिक्री भइसकेको छ । यसले नेपाललाई विश्वभर पर्वतारोहण र साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा परिचित गराएको छ ।

तर अहिलेसम्म यो पुस्तक नेपाली भाषामा अनुवाद भएको थिएन । यस अनुवादको प्रकाशन नेपाली पाठकहरूका लागि एक महत्त्वपूर्ण उपलब्धि हुनेछ, जसले उनीहरूलाई यस अद्भुत साहसिक यात्रासँग आत्मीय रूपमा जोड्ने अवसर दिनेछ । फ्रान्सेली दूतावासद्वारा वित्तीय सहयोग रहेको यसको अनुवाद जिम्मेवारी प्रान्सेली केन्द्रलाई दिइएको थियो ।

‘मौरिस हर्जोगको ‘अन्नपूर्ण : प्रिमियर ८०००’ ले नेपाललाई विश्वभर चिनाउन ठूलो भूमिका खेलेको छ, तर यो अहिलेसम्म नेपाली भाषामा आउन सकेको थिएन,’ फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, ‘यस ऐतिहासिक कृतिलाई नेपालीमा अनुवाद गरेर हामी यो फ्रान्सेली–नेपाली आरोहण टोली तथा हर्जोग र लुइस लाचेनालको अद्वितीय उपलब्धिलाई सम्मान गर्न चाहन्छौँ । साथै यस पुस्तलाई  आम नेपालीसम्म पुर्‍याउने हाम्रो प्रयास हो ।’

मौरिस हर्जोगको ‘अन्नपूर्ण : प्रिमियर ८०००’को नेपाली अनुवादलाई सहयोग गर्न पाउँदा फ्रान्सेली दूतावास गौरवान्वित भएको अनुवाद हस्तान्तरणका अवसरमा महामहिम राजदूत कोर्तभालले बताइन् । यस पुस्तकले नेपाललाई विश्वभर चिनाउने महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । ‘नेपाली भाषामा उपलब्ध भएपछि यस पुस्तकलाई धेरै नेपाली पाठकले आफ्नै भाषामा पढ्न पाउनेछन् । हामी आशा गर्छौं कि यस अनुवादले नेपाल र अन्यत्रका भावी पुस्ताहरूमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भनिन् ।

हर्जोगको अन्नपूर्ण केवल साहस र सहनशीलताको कथा मात्र होइन; यो मानव दृढता, टोली भावना र अन्वेषणको अदम्य इच्छाशक्तिको कहानी हो । यसको रोमाञ्चक कथावस्तुका अतिरिक्त यस पुस्तकले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । यसले नेपालमा पर्वतारोही र ट्रेकिङ यात्रीहरूको संख्या उल्लेखनीय रूपमा बढाएको छ, जसले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ र देशलाई साहसिक पर्यटनको केन्द्रका रूपमा स्थापित गराएको छ ।

फ्रेन्च भाषाका अध्यापकहरू अशोक शाक्य र रिजेन्द्र श्रेष्ठले अनुवाद गरेको यस पुस्तकले नेपालको सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यलाई उजागर गर्दै आएको छ, जसले असंख्य व्यक्तिहरूलाई नेपालको समृद्ध सांस्कृतिक सम्पदा र अनुपम हिमाली दृश्यहरू अन्वेषण गर्न प्रेरित गरेको छ । यसले नेपाललाई पर्वतारोहण र साहसिक यात्राका लागि अद्वितीय अवसरहरूको भूमिका रूपमा थप स्थापित गरेको छ ।

नेपाली अनूदित संस्करण सन् २०२५ जुन ३ मा सार्वजनिक गरिनेछ, जुन दिन ठीक ७५ वर्षअघि मौरिस हर्जोग र लुइस लाचेनालले अन्नपूर्णको चुचुरोमा पाइला टेकेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE