काठमाडौं । डा ओम फाउन्डेसनले सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित उक्त फाउन्डेसनले न्यून आय भएका तथा जेहेन्दार विद्यार्थीको शैक्षिक विकासका निम्ति छात्रवृत्ति प्रदान गर्न लागेको हो ।
बुधबार पत्रकार सम्मेलन गरी फाउन्डेसनका संस्थापक डा ओम मूर्तिले देशव्यापी छात्रवृत्ति कार्यक्रम सञ्चालन भएको घोषणा गरे । फाउन्डेसनले यस वर्ष छात्रवृत्ति कार्यक्रमका लागि २० लाख रुपैयाँ रकम छुट्टाएको छ । डा ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त रकमले उक्त छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
देशभरिका विद्यार्थीहरूले माघ १६ गतेदेखि फागुन ४ गतेभित्र छात्रवृत्तिका लागि सरकारी विद्यालयमा अध्ययरत, कक्षा ६ देखि कक्षा ९ सम्मका, न्यून आय भएका र जेहेन्दार विद्यार्थीले आवेदन दिन सक्नेछन् । आवेदनसहित विद्यार्थीको अघिल्लो कक्षा र चालू शैक्षिक सत्रका ग्रेडसिट, परिचयपत्र, विद्यार्थीको शैक्षिकस्तर र अभिभावकको आर्थिक अवस्थासम्बन्धी सिफारिसलगायतका कागजपत्र समावेश गर्नुपर्ने छ ।
पहिलो चरणमा छात्रवृत्ति कार्यक्रमका लागि फाउन्डेसन आफैँले रकम व्यवस्थापन गरिसकेको छ । अर्को चरणमा अन्य कुनै व्यक्ति वा संस्थाले फाउन्डेसनमार्फत् थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने इच्छा व्यक्त गरेमा त्यसका निम्ति सहजीकरण गरिदिने फाउन्डेसनले जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: