Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

माओवादी केनद्रकाे ताप्लेजुङका तीन पालिकामा नयाँ कमिटी

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) ले तीनवटा स्थानीय तहमा पालिकास्तरीय अधिवेशन सम्पन्न गरेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकासहित तीन स्थानीय तहमा नयाँ कमिटी चयन गर्दै माओवादीले पालिकास्तरीय अधिवेशन सम्पन्न गरेको हो ।

माओवादी केन्द्रका अनुसार फुङ्लिङ नगरपालिकाको तेस्रो अधिवेशनले जीतेन चेम्जोङ लिम्बूलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दै नगर कमिटी चयन गरेको छ । नगर कमिटी उपाध्यक्षमा सुरेश फुरुम्बो लिम्बू, वाङ्गे शेर्पा र फूलमाया गुरुङ चयन भएका छन् । सचिवमा पृथ्वी मादेन, सहसचिव बाबुराम पालुङ्वा र कोषाध्यक्षमा सरस्वता विक चयन भएका छन् । 

यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाको तेस्रो अधिवेशनबाट हर्क सेनेहाङ (रिजन) अध्यक्षमा चयन भएका छन् । पालिका कमिटी उपाध्यक्षमा दुर्गा इजम, देवीमाया दाहाल र फूलकमल थलङ, सचिवमा सूर्यबहादुर खड्का, सहसचिव बृख तामाङ र कोषाध्यक्षमा फूलथुङ्गा थेबे सर्वसम्मत चयन भएका छन् । 

यसैगरी सिरिजङ्घा गाउँपालिकाको तेस्रो अधिवेशनले ज्ञानु ताम्लिङ अध्यक्ष रहेको नयाँ पालिका कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रकाश पौडेल, जीतबहादुर बुढाक्षेत्री र कविता लिम्बू गौतम, सचिवमा अर्जुन भट्टराई, सहसचिव हेमन्त पौडेल र कोषाध्यक्षमा सुकबिर माबो लिम्बू चयन भएका छन् । 

पालिकास्तरीय अधिवेशनहरु माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुदन किराती, केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री इन्द्रबहादुर आङ्बो (मौसम), केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भएका छन् । नौ स्थानीय तह रहेको जिल्लामा बाँकी पालिकाहरुमा पनि क्रमशः अधिवेशन गर्ने कार्यतालिका रहेको माओवादीका जिल्ला संयोजक विष्णुकुमार लिम्बूले जानकरी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending