काठमाडौं । चार दलीय समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा वृहत् आमसभा गर्ने भएकाे छ । नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले आमसभा गर्ने निर्णय गरेको हाे ।
यसैगरी माेर्चाकाे बैठकले सातै प्रदेशमा ठुला अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय पनि गरेकाे नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले बताए । यादवका अुनसार माेर्चाले चैतको पहिलो हप्ता मधेसमा ठुलो आमसभा गर्ने निर्णय पनि गरेकाे छ ।
‘सातै प्रदेशमा अन्तर्क्रिया गर्ने, चैत्र २४ गते काठमाडौंमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ । । मधेस प्रदेशमा चैतको पहिलो हप्ता वृहत् आमसभा गर्ने निर्णय भएको छ’, यादवले भने ।
यस्तै मधेस प्रदेशको संयोजन गर्ने जिम्मा नेसपालाई दिएको यादवले बताए । बैठकले विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्ने उनले जानकारी दिए । तर समीक्षा अध्ययन कार्यदलले प्रतिवेदन नबुझाएको तर छिट्टै बुझाउने विषयमा छलफल भएको उनको भनाइ छ । आजको बैठकले विप्लवलाई नै संयोजनको जिम्मेवारीमा निरन्तरता दिएको छ ।
पछिल्लो समय समाजवादी मोर्चाप्रति जनआकर्षण बढ्दै गएकाले राष्ट्रिय विकल्पको शक्तिमा उभ्याउनेबारे छलफल भएको यादवकाे भनाइ छ । चैत २४ गते संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिको आह्वानमा भएको प्रदर्शनमा पञ्चायती व्यवस्था विरुद्ध काठमाडौंमा लाखौं मानिसहरु सहभागी भएकाे दिन पनि हाे । मोर्चाले चैत २४ लाई स्मरण गर्दै प्रदर्शन र जनसभा गर्ने निर्णय गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: