Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कैलालीमा फूलबारी महोत्सव आयोजना हुने

खबरडबली संवाददाता

कैलाली । कैलालीमा फूलबारी महोत्सव आयोजना हुने भएको छ । धनगढी उपमहानगरपालिका –१४ स्थित एच गाउँमा महोत्सव आयोजना हुने भएको हो ।

व्यापार, उद्यम, कृषि, पर्यटन, संस्कृतिको प्रवर्धन एवम् विकास गर्ने उद्देश्यले पाँचौं संस्करणको फूलबारी महोत्सव आयोजना गर्न लागेको आयोजक फूलबारी –११ स्पोर्टस् क्लवले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । फागुन ९ देखि १८ गतेसम्म न्यू बुद्ध स्पोर्टस् युवा क्लवको खेल मैदानमा महोत्सव आयोजना हुने जनाइएको छ ।

फूलबारी कैलालीकै महत्वपूर्ण क्षेत्र रहेकाले यस क्षेत्रको विकास, समृद्धिमा टेवा दिन  महोत्सव आयोजना गर्दैआएको क्लबका अध्यक्ष महेश गोलेले बताए । “यस क्षेत्रमा लगानीको वातावरण बनाउन, निकासी हुने वस्तुको पहिचान र जडीबुटी, कृषिको प्रवर्धन गर्न महोत्सवले सहयोग पुग्ने छ” उनले भने । 

१० दिनसम्म आयोजना हुने महोत्सवमा एक सयदेखि १५० वटासम्म स्टल रहने आयोजकले जनाएको छ । व्यापारिक, कृषि, खानपान लगायतका स्टल रहने अध्यक्ष गोलेले बताए । यसैगरी, महोत्सवमा गोलमेच सम्मेलनका साथै विभिन्न समुदायको साँस्कृतिक नृत्य प्रतियोगिता हुने जनाइएको छ ।

फूलबारी महोत्सवलाई फूलबारी, धनगढी, उर्मा, चौमाला, हसुलिया लगायतका क्षेत्रका गरी करिब पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सव आयोजनाका लागि करिब ५० लाख रुपियाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

क्लबले फूलबारी क्षेत्रको सम्भावना उजागर गर्न र व्यापार, उद्यम, कृषि, कला क्षेत्रको प्रवर्धन गर्नका लागि २०७३ सालदेखि महोत्सव आयोजना गर्दैआएको छ । कोरोना महामारीका कारण रोकिएको महोत्सव यस वर्षदेखि पुनः आयोजना हुनेभएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending