कैलाली । कैलालीमा फूलबारी महोत्सव आयोजना हुने भएको छ । धनगढी उपमहानगरपालिका –१४ स्थित एच गाउँमा महोत्सव आयोजना हुने भएको हो ।
व्यापार, उद्यम, कृषि, पर्यटन, संस्कृतिको प्रवर्धन एवम् विकास गर्ने उद्देश्यले पाँचौं संस्करणको फूलबारी महोत्सव आयोजना गर्न लागेको आयोजक फूलबारी –११ स्पोर्टस् क्लवले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । फागुन ९ देखि १८ गतेसम्म न्यू बुद्ध स्पोर्टस् युवा क्लवको खेल मैदानमा महोत्सव आयोजना हुने जनाइएको छ ।
फूलबारी कैलालीकै महत्वपूर्ण क्षेत्र रहेकाले यस क्षेत्रको विकास, समृद्धिमा टेवा दिन महोत्सव आयोजना गर्दैआएको क्लबका अध्यक्ष महेश गोलेले बताए । “यस क्षेत्रमा लगानीको वातावरण बनाउन, निकासी हुने वस्तुको पहिचान र जडीबुटी, कृषिको प्रवर्धन गर्न महोत्सवले सहयोग पुग्ने छ” उनले भने ।
१० दिनसम्म आयोजना हुने महोत्सवमा एक सयदेखि १५० वटासम्म स्टल रहने आयोजकले जनाएको छ । व्यापारिक, कृषि, खानपान लगायतका स्टल रहने अध्यक्ष गोलेले बताए । यसैगरी, महोत्सवमा गोलमेच सम्मेलनका साथै विभिन्न समुदायको साँस्कृतिक नृत्य प्रतियोगिता हुने जनाइएको छ ।
फूलबारी महोत्सवलाई फूलबारी, धनगढी, उर्मा, चौमाला, हसुलिया लगायतका क्षेत्रका गरी करिब पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सव आयोजनाका लागि करिब ५० लाख रुपियाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
क्लबले फूलबारी क्षेत्रको सम्भावना उजागर गर्न र व्यापार, उद्यम, कृषि, कला क्षेत्रको प्रवर्धन गर्नका लागि २०७३ सालदेखि महोत्सव आयोजना गर्दैआएको छ । कोरोना महामारीका कारण रोकिएको महोत्सव यस वर्षदेखि पुनः आयोजना हुनेभएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: