काठमाडौं । देशमा आत्मदाहका घटनाले भयावह रूप लिन थालेका छन्। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपालीले गरेको आत्मदाह प्रयासबाट सुरु भएको पीडादायी शृङ्खला रोकिन नपाउँदै सर्लाहीमा विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाए। त्यसको एक दिन नबित्दै शनिबार बिहान काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि आत्मदाहको प्रयास गरेका छन्।
लगातार तीन दिनभित्र भएका यी तीन घटनाले नागरिकमा बढ्दो निराशा, मानसिक दबाब र सामाजिक–राज्य संयन्त्रप्रतिको विश्वासमाथि गम्भीर प्रश्न खडा गरेको छ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार शनिबार बिहान करिब ६:१५ बजे बुद्धनगरस्थित आफ्नै घरको भान्सामा आश्विन राउतले शरीरमा आगो लगाएका थिए। प्रहरी र स्थानीयको सहयोगमा तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएको छ।
प्रहरीका अनुसार राउतको शरीर करिब ५० प्रतिशत जलेको छ। घटनाको कारण अझै खुल्न सकेको छैन। घटनाका बेला उनकी श्रीमती र छोरा घरमा थिएनन्। छिमेकीका अनुसार शुक्रबार राउत र उनका छोराबीच केही विषयमा विवाद भएको थियो। त्यसैको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। शरीरको अधिकांश भाग जलेका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भयो। उक्त घटनालाई लिएर महानगर प्रहरी, ट्राफिक प्रहरी र सरकारी निकायको भूमिकामाथि प्रश्न उठिरहेका छन् भने सम्बन्धित निकायहरूले आफ्नो संलग्नता अस्वीकार गर्दै अनुसन्धान जारी रहेको बताएका छन्।
गणेशको मृत्युको पीडा सेलाउन नपाउँदै शुक्रबार नै सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा आगो लगाएका थिए। हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका उनको कीर्तिपुर बर्न अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको शरीरको ८५ प्रतिशत भाग जलेको छ र अवस्था अत्यन्तै चिन्ताजनक छ।
लगातार भएका यी घटनाले समाजमा बढ्दो मानसिक तनाव, आर्थिक संकट, पारिवारिक दबाब तथा राज्यका सेवा प्रणालीप्रतिको असन्तुष्टिलाई नयाँ ढंगले बहसमा ल्याएको छ। आत्मदाहजस्ता चरम निर्णयहरू एकपछि अर्को दोहोरिन थालेपछि सम्बन्धित निकायले यसको कारण पहिचान गरी प्रभावकारी रोकथामका उपाय अविलम्ब अघि सार्नुपर्ने आवाज पनि बलियो बन्दै गएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...
आषाढ़ २७ गते, २०८३ - ०९:२१
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...
आषाढ़ २७ गते, २०८३ - ०९:१८
सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...
आषाढ़ २७ गते, २०८३ - ०९:१०
त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...
आषाढ़ २७ गते, २०८३ - ०९:०७
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...
आषाढ़ २७ गते, २०८३ - ०८:५५
काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...
आषाढ़ २७ गते, २०८३ - ०८:४४
काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...



प्रतिकृया लेख्नुहोस्: