Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

सबै राजनीतिक दलप्रतिको बढ्दो निराशा लोकतन्त्रका लागि राम्रो संकेत होइनः रामेश्वर खनाल

खबरडबली संवाददाता

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले देशमा सबै राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जानु लोकतान्त्रिक व्यवस्थाका लागि राम्रो संकेत नभएको बताएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्तमान अवस्था सामान्य नभएको उल्लेख गरेका छन्। उनका अनुसार ‘उनीहरू खराब थिए, यी पनि खराबै रहेछन्, कुनै पनि पार्टी ठीक छैन’ भन्ने धारणा जनतामा बढ्दै जानु चिन्ताको विषय हो।

खनालले वर्तमान परिस्थितिलाई सुधार्ने प्रमुख जिम्मेवारी सरकार र सत्तापक्षकै भएको उल्लेख गर्दै जनविश्वास कायम गर्न प्रभावकारी पहल आवश्यक रहेको बताएका छन्।

उनले सरकारका केही मन्त्रीहरूको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। “स्थिति सुधार्ने प्राथमिक दायित्व सत्ताकै हो। तर, केही मन्त्रीमा विनयशीलता फिटिक्कै देखिएन,” उनले फेसबुकमा लेखेका छन्।

खनालले सरकारका जिम्मेवार पदाधिकारीले जनअपेक्षा अनुरूप काम गर्दै जिम्मेवार, संयमित र विनम्र व्यवहार प्रदर्शन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...

बोक्सी आरोपमा महिला कुटपिट गर्ने दुई जना सप्तरीबाट पक्राउ

राजविराज । सप्तरी प्रहरीले बोक्सीको आरोप लगाउँदै एक महिलामाथि अभद्र व्यवहार तथा कुटपिट गरेको आरोपमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्...

उद्योग दर्ता र कर प्रक्रियाको झन्झटले बाँकेका व्यवसायी निरुत्साहित, नयाँ उद्योग दर्ता घट्दो

नेपालगञ्ज। उद्योग दर्ता, नवीकरण तथा कर भुक्तानी प्रक्रियाको जटिलताले बाँकेका उद्योगी तथा व्यवसायी निरुत्साहित बन्दै गएको सरोकारवालाहरूले बताएका छन्। ए...

सबै राजनीतिक दलप्रतिको बढ्दो निराशा लोकतन्त्रका लागि राम्रो संकेत होइनः रामेश्वर खनाल

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले देशमा सबै राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जानु लोकतान्त्रिक व्यवस्थाका लागि राम्रो संकेत नभएको बताएका...

हत्या आह्वानको दाबी गर्दै ट्रम्पको इरानलाई चेतावनी

दुबई। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूलाई हत्या गर्न खुला आह्...

गृहमन्त्रीको दिएको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिमाथि संसद्मको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...

गणेश नेपाली आत्मदाह प्रकरण: डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...

विपक्षीलाई गृहमन्त्री गुरुङको प्रश्न: दुई तहको सरकार कसको छ ?

तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ

कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...

‘म स्टन्टबाजी गर्न आएको होइन, जनताको सेवा गर्न आएको हुँ’: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending