Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, डुबे लत्ताकपडा, नष्ट भए औषधि

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका परिवारहरू थप समस्यामा परेका छन्।

पीडितहरूका अनुसार शुक्रबार राति करिब १२ः४० बजेबाट होल्डिङ सेन्टरमा पानी पस्न थालेपछि बालबालिका, ज्येष्ठ नागरिक तथा विभिन्न रोगका बिरामीहरू उच्च जोखिममा परेका थिए। बाढीका कारण अधिकांश परिवारले आफ्ना लत्ताकपडा, खाद्यान्न तथा दैनिक प्रयोगका सामग्री जोगाउनसमेत सकेनन्।

दलमर्दन कामीले सरकारले १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने आश्वासन दिए पनि तीन महिना बित्दासमेत कुनै ठोस व्यवस्था नभएको गुनासो गरे। उनले बाढीका कारण रातभर जाग्राम बस्नुपरेको र होल्डिङ सेन्टरमा मिर्गौला तथा निमोनियाका बिरामीसमेत रहेको बताउँदै तत्काल सुरक्षित स्थानमा सार्न माग गरे।

कान्छीमाया घलानले अचानक आएको बाढीका कारण छाता र मोबाइलबाहेक अन्य सामान निकाल्न नसकिएको बताए। उनका अनुसार लुगाफाटा, खाद्यान्न र अन्य आवश्यक सामग्री भिजेर नष्ट भएका छन्। उद्धारका लागि सुरक्षाकर्मी ढिलो पुगेको उनको आरोप छ।

पीडितहरूले १५ दिनका लागि भन्दै आफ्नो घर भत्काएर यहाँ ल्याइए पनि लामो समयसम्म स्थायी व्यवस्थापन नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले आफूहरूलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

डम्बर तामाङले बाढीका कारण करिब एक लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको दाबी गरे। उनले धेरै सामग्री हिलोले पुरिएको र बालबालिकासमेत चप्पलविना हिँड्न बाध्य भएको बताए।

होल्डिङ सेन्टरमा मुटु, दम र मिर्गौलाका बिरामीसमेत बस्दै आएकाले चिसो र ओसिलो वातावरणका कारण स्वास्थ्य जोखिम बढेको पीडितहरूको भनाइ छ। उनीहरूले सुरक्षाकर्मीबाट बाहिर निस्कनसमेत कठिनाइ भएको आरोप लगाएका छन्।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ओजश्वीराज थापाले व्यवस्थापनमा केही प्राविधिक कमजोरी भएको स्वीकार गर्दै प्रभावित परिवारका लागि खाना, ओछ्यान, डसना, ब्ल्याङ्केट तथा स्वास्थ्य सेवाको व्यवस्था भइरहेको जानकारी दिए। उनले तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनःस्थापनाको प्रक्रिया अघि बढाइने बताए।

वर्षायामका बीच असुरक्षित अवस्थामा बस्न बाध्य भएका परिवारहरूले तत्काल सुरक्षित आवास, उचित व्यवस्थापन र बाढीबाट भएको क्षतिको क्षतिपूर्तिको माग गरेका छन्। उनीहरूको माग समयमै सम्बोधन नभए समस्या थप जटिल बन्न सक्ने देखिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

  काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...

धनुषाको मिथिला नगरपालिकामा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, ७ सय धारामा पानी आपूर्ति अवरुद्ध

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, डुबे लत्ताकपडा, नष्ट भए औषधि

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...

बोक्सी आरोपमा महिला कुटपिट गर्ने दुई जना सप्तरीबाट पक्राउ

राजविराज । सप्तरी प्रहरीले बोक्सीको आरोप लगाउँदै एक महिलामाथि अभद्र व्यवहार तथा कुटपिट गरेको आरोपमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्...

उद्योग दर्ता र कर प्रक्रियाको झन्झटले बाँकेका व्यवसायी निरुत्साहित, नयाँ उद्योग दर्ता घट्दो

नेपालगञ्ज। उद्योग दर्ता, नवीकरण तथा कर भुक्तानी प्रक्रियाको जटिलताले बाँकेका उद्योगी तथा व्यवसायी निरुत्साहित बन्दै गएको सरोकारवालाहरूले बताएका छन्। ए...

सबै राजनीतिक दलप्रतिको बढ्दो निराशा लोकतन्त्रका लागि राम्रो संकेत होइनः रामेश्वर खनाल

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले देशमा सबै राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जानु लोकतान्त्रिक व्यवस्थाका लागि राम्रो संकेत नभएको बताएका...

हत्या आह्वानको दाबी गर्दै ट्रम्पको इरानलाई चेतावनी

दुबई। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूलाई हत्या गर्न खुला आह्...

गृहमन्त्रीको दिएको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिमाथि संसद्मको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending