Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

गेटामा तत्कालै स्वास्थ्य विज्ञान विश्वविद्यालय चलाउन कठिन छ: मन्त्री पौडेल

खबरडबली संवाददाता

कैलाली । स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कैलालीको गेटामा तत्कालै स्वास्थ्य विज्ञान विश्वविद्यालय चलाउन कठिन हुने बताएका छन् । मंगलबार मेडिकल कलेजको लागि बनेको संरचना निरीक्षण गर्ने क्रममा उनले अस्पताल र मेडिकल शिक्षा पढाइ सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न धेरै गाह्रो हुने बताएका हुन् । 

संरचनाको निरीक्षणपछि मन्त्री पौडेलले मेडिकल विश्वविद्यालय विधेयक पारित हुँदैमा विश्वविद्यालय बन्न नसक्ने बताए । अस्पताल सञ्चालन भएको, एमबिबिएसलगायत मेडिकल शिक्षाका कार्यक्रम सञ्चालन भएको ठाउँमा विश्वविद्यालय स्थापना गर्न सहज हुने उनको भनाइ थियो । ‘कानुनी प्रक्रिया मात्र पूरा भएर विश्वविद्यालय सञ्चालन हुँदैन । सँगसँगै त्यसअनुसारको स्रोत, फ्याकल्टीहरू, डिपार्टहरू र अरू पूर्वाधार बनेको हुनुपर्छ,’ उनले भने, ‘त्यसैले विश्वविद्यालय बनाउने प्रक्रिया पनि अगाडि बढाउने, अहिले अस्पताल सञ्चालन गर्ने, एमबिबिएस सञ्चालन गर्ने हो ।’

गेटामा विश्वविद्यालय सञ्चालनको प्रक्रिया निरन्तर अगाडि बढाएर अहिले अस्पतालको सेवा विस्तारमा ध्यान दिनुपर्ने धारणा उनले राखे । राज्यको सात अर्ब लगानीमा बनेका पूर्वाधार प्रयोगमा नआएको भन्दै उनले अहिले सञ्चालन भइरहेको ५० शय्याको अस्पताललाई आगामी असारसम्म सय शय्यामा स्तरोन्नति गरिने प्रतिबद्धता जनाए । 

‘पछिल्लो २० वर्षमा यतिधेरै पूर्वाधार कि गेटामा बनेको छ कि सिंहदरबारमा । सिंहदरबारसरह प्राथमिकतामा राखेर यत्रो धेरै पूर्वाधार राज्यले बनाएको छ । आठ अर्बको लगानीमा बनेको पूर्वाधार प्रयोगमा आएको छैन,’ उनले भने, ‘यो पूर्वाधार सम्पूर्ण रूपमा प्रयोगमा ल्याउन तीन सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्छ । त्यसपछि ओएनएम गरेर जनशक्ति व्यवस्थापन गर्नुपर्छ ।’

अहिले शिक्षा मन्त्रालयअन्तर्गत रहेका यी संरचना स्वास्थ्यलाई हस्तान्तरण गरिनुपर्ने मन्त्री पौडेलले बताए । यहाँ तीन सय शय्याको अस्पताल सञ्चालन भएर पछि विश्वविद्यालय बन्ने अवस्थामा संरचना पुनः शिक्षा मन्त्रालयलाई हस्तान्तरण गर्न सकिने उनले बताए ।

उनले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको बताए । त्यसका लागि संगठन तथा व्यवस्थापन सर्भे गरिने तथा आगामी असारसम्म सय शय्याको अस्पताल सञ्चालन गरिने उनको भनाइ थियो । ६ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि निर्मित संरचनामा हाल ५० शय्याको मात्र अस्पताल सञ्चालनमा छ । गेटामा सेवा विस्तारका लागि तत्काल १०–१२ जना स्कलर डाक्टर पठाउने प्रतिबद्धता पनि उनले जनाए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: