कैलाली । स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कैलालीको गेटामा तत्कालै स्वास्थ्य विज्ञान विश्वविद्यालय चलाउन कठिन हुने बताएका छन् । मंगलबार मेडिकल कलेजको लागि बनेको संरचना निरीक्षण गर्ने क्रममा उनले अस्पताल र मेडिकल शिक्षा पढाइ सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न धेरै गाह्रो हुने बताएका हुन् ।
संरचनाको निरीक्षणपछि मन्त्री पौडेलले मेडिकल विश्वविद्यालय विधेयक पारित हुँदैमा विश्वविद्यालय बन्न नसक्ने बताए । अस्पताल सञ्चालन भएको, एमबिबिएसलगायत मेडिकल शिक्षाका कार्यक्रम सञ्चालन भएको ठाउँमा विश्वविद्यालय स्थापना गर्न सहज हुने उनको भनाइ थियो । ‘कानुनी प्रक्रिया मात्र पूरा भएर विश्वविद्यालय सञ्चालन हुँदैन । सँगसँगै त्यसअनुसारको स्रोत, फ्याकल्टीहरू, डिपार्टहरू र अरू पूर्वाधार बनेको हुनुपर्छ,’ उनले भने, ‘त्यसैले विश्वविद्यालय बनाउने प्रक्रिया पनि अगाडि बढाउने, अहिले अस्पताल सञ्चालन गर्ने, एमबिबिएस सञ्चालन गर्ने हो ।’
गेटामा विश्वविद्यालय सञ्चालनको प्रक्रिया निरन्तर अगाडि बढाएर अहिले अस्पतालको सेवा विस्तारमा ध्यान दिनुपर्ने धारणा उनले राखे । राज्यको सात अर्ब लगानीमा बनेका पूर्वाधार प्रयोगमा नआएको भन्दै उनले अहिले सञ्चालन भइरहेको ५० शय्याको अस्पताललाई आगामी असारसम्म सय शय्यामा स्तरोन्नति गरिने प्रतिबद्धता जनाए ।
‘पछिल्लो २० वर्षमा यतिधेरै पूर्वाधार कि गेटामा बनेको छ कि सिंहदरबारमा । सिंहदरबारसरह प्राथमिकतामा राखेर यत्रो धेरै पूर्वाधार राज्यले बनाएको छ । आठ अर्बको लगानीमा बनेको पूर्वाधार प्रयोगमा आएको छैन,’ उनले भने, ‘यो पूर्वाधार सम्पूर्ण रूपमा प्रयोगमा ल्याउन तीन सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्छ । त्यसपछि ओएनएम गरेर जनशक्ति व्यवस्थापन गर्नुपर्छ ।’
अहिले शिक्षा मन्त्रालयअन्तर्गत रहेका यी संरचना स्वास्थ्यलाई हस्तान्तरण गरिनुपर्ने मन्त्री पौडेलले बताए । यहाँ तीन सय शय्याको अस्पताल सञ्चालन भएर पछि विश्वविद्यालय बन्ने अवस्थामा संरचना पुनः शिक्षा मन्त्रालयलाई हस्तान्तरण गर्न सकिने उनले बताए ।
उनले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको बताए । त्यसका लागि संगठन तथा व्यवस्थापन सर्भे गरिने तथा आगामी असारसम्म सय शय्याको अस्पताल सञ्चालन गरिने उनको भनाइ थियो । ६ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि निर्मित संरचनामा हाल ५० शय्याको मात्र अस्पताल सञ्चालनमा छ । गेटामा सेवा विस्तारका लागि तत्काल १०–१२ जना स्कलर डाक्टर पठाउने प्रतिबद्धता पनि उनले जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: