Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

एमाले र माओवादीको केन्द्रीय कमिटीकाे बैठक भाेलीबाट सुरु हुँदै

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठक भाेलीबाट सुरु हुने भएकाे छ । भाेली (आइतबार)देखि राजधानी काठमाडौंमा दुवै दलले केन्द्रीय कमिटीकाे बैठक बाेलाएका छन् ।

दुवै दलले पार्टी मुख्यालयमै केन्द्रीय कमिटी बैठक राखेका छन् । निर्धारित कार्यतालिका अनुसार एमालेले बिहान ११ बजे र माओवादीले दिउँसो १ बजेदेखि सुरु हुनेगरी बैठक आह्वान गरेकाे जानकारी दिएका छन् । 

दुवै दलका अध्यक्षले भोलि नै दुईवटा राजनीतिक प्रतिवेदन बैठकसमक्ष प्रस्तुत गर्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले प्रस्तुत गर्ने प्रतिवेदनको नाम खुलाइएको छैन् । माओवादी अध्यक्ष प्रचण्डले भने आफ्नो प्रतिवेदनलाई ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षक दिएका छन् । 

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार प्रत्येक केन्द्रीय सदस्यलाई प्रतिवेदनमाथि बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको छ । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले पनि भोलिबाटै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल थालिने बताएको छ । बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै छलफल थालिने उनले बताए । 

एमालेको पनि उस्तै तयारी छ । प्रतिवेदनमाथि अध्यक्ष ओलीले सुरुमा ब्रिफिङ गर्नेछन् । प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको उपाध्यक्ष पाण्डे बताउँछन् । माओवादीले भने बैठक सञ्चालनको ‘मोडालिटी’ टुंगो लगाइसकेको छैन । शनिबार दिउँसो स्थायी समिति बैठक राखेर उक्त मोडालिटीबारे टुंगो लगाउने तयारी थियो ।

तर, अध्यक्ष प्रचण्डको कार्यव्यस्तता देखाउँदै माओवादीले भोलि बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गरेको छ । दुवै दलले दुई दिनभित्र केन्द्रीय समिति बैठक सक्ने तयारी गरेका छन् । अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेपछि बस्न लागेको एमालेको पहिलो केन्द्रीय समिति बैठक हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending