काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठक भाेलीबाट सुरु हुने भएकाे छ । भाेली (आइतबार)देखि राजधानी काठमाडौंमा दुवै दलले केन्द्रीय कमिटीकाे बैठक बाेलाएका छन् ।
दुवै दलले पार्टी मुख्यालयमै केन्द्रीय कमिटी बैठक राखेका छन् । निर्धारित कार्यतालिका अनुसार एमालेले बिहान ११ बजे र माओवादीले दिउँसो १ बजेदेखि सुरु हुनेगरी बैठक आह्वान गरेकाे जानकारी दिएका छन् ।
दुवै दलका अध्यक्षले भोलि नै दुईवटा राजनीतिक प्रतिवेदन बैठकसमक्ष प्रस्तुत गर्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले प्रस्तुत गर्ने प्रतिवेदनको नाम खुलाइएको छैन् । माओवादी अध्यक्ष प्रचण्डले भने आफ्नो प्रतिवेदनलाई ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षक दिएका छन् ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार प्रत्येक केन्द्रीय सदस्यलाई प्रतिवेदनमाथि बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको छ । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले पनि भोलिबाटै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल थालिने बताएको छ । बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै छलफल थालिने उनले बताए ।
एमालेको पनि उस्तै तयारी छ । प्रतिवेदनमाथि अध्यक्ष ओलीले सुरुमा ब्रिफिङ गर्नेछन् । प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको उपाध्यक्ष पाण्डे बताउँछन् । माओवादीले भने बैठक सञ्चालनको ‘मोडालिटी’ टुंगो लगाइसकेको छैन । शनिबार दिउँसो स्थायी समिति बैठक राखेर उक्त मोडालिटीबारे टुंगो लगाउने तयारी थियो ।
तर, अध्यक्ष प्रचण्डको कार्यव्यस्तता देखाउँदै माओवादीले भोलि बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गरेको छ । दुवै दलले दुई दिनभित्र केन्द्रीय समिति बैठक सक्ने तयारी गरेका छन् । अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेपछि बस्न लागेको एमालेको पहिलो केन्द्रीय समिति बैठक हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: