दार्चुला । महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडक अन्तर्गत किम्तडी भीरमा चट्टान फुटाएर सडक चौडा पार्ने काम भइरहेको छ । सडक निर्माणका क्रममा ६ दिनदेखि अवरुद्ध सडक शनिबारदेखि खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार शनिबारदेखि बाटो खुलेको हो । दार्चुला सदरमुकाम खलङ्गानजिक रहेको महाकाली नगरपालिका –५ किम्तडीस्थित ठड्याकाठा भिरमा सडक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती भोग्नुपरेको थियो ।
सडक कटानका क्रममा खसेको पहिरो पन्छाएर शनिबारदेखि आवतजावत खुला गरिएको छ । सो क्षेत्रमा बाँकी काम आइतबारदेखि जारी रहने निर्माण प्रतिनिधि सुरेन्द्र बमले बताए । आज सडक खुलाएर यातायातका साधन पास भएका छन, उनले भने, “आज आराम गरेर भोलिदेखि निर्माण कार्य थप अघि बढाउछौँ ।” निर्माणको क्रममा केही समय अवरोध भए पनि अब लामो समय सडक अवरुद्ध नहुने उनको भनाइ छ ।
पुस १५ देखि जिल्लाको मुख्य राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू भीर चढेर पैदल हिड्न बाध्य भएका थिए । मुख्य राजमार्ग अवरुद्ध हुँदा विद्यार्थी, बिरामी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई हिँडडुल गर्न झन समस्या भइरहेको थियो । सडक अवरुद्ध भएकै कारण शुक्रबार महेन्द्र नमूना मावि खलङ्गाले एक दिन विद्यालय बन्द गरेको थियो ।
मालवाहक सवारी किम्तडी र खलङ्गामा रोकिएका थिए । खलङ्गाबाट महेन्द्रनगर, धनगढी, काठमाडौंका लागि छुट्ने लामो दूरीका बस तथा छोटो दूरीमा चल्ने जिपहरू किम्तडीसम्म मात्र चल्ने गरेका थिए । केही बसहरू खलङ्गामै थुनिएका थिए । शनिबार दिउँसो सडक खुलेसँगै आवतजावत गर्नेलाई सहज भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: