Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

पाल्पाकाे शहीद बहुमुखी क्याम्पसमा मङ्गलबारदेखि हुन गइरहेको महायज्ञको तयारी पूरा

खबरडबली संवाददाता

पाल्पा । जिल्लाको रामपुर नगरपालिका –७, किसानबारीस्थित शहीद बहुमुखी क्याम्पसमा मङ्गलबारदेखि हुन गइरहेको महायज्ञको तयारी पूरा भएको छ । क्याम्पसमा छात्रावास निर्माण, सङ्काय थप र सिपमूलक शिक्षा सञ्चालनका लागि पुस २३ सम्म हुन गइरहेको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सवको तयारी सकिएको मूल आयोजक समितिले जनाएको छ । 

क्याम्पस परिसरमा हुने महायज्ञको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले बताए । टाढाबाट आउने विद्यार्थीका लागि छात्रावास निर्माण गर्न, व्यावहारिक शिक्षाको प्रारम्भसँगै आवश्यक सङ्काय थप गरी क्याम्पसलाई शैक्षिक हबको रूपमा विकास गर्न महायज्ञ सञ्चालन गर्न लागिएको जानकारी दिए । 

यसअघि अन्य स्थानमा धनधान्याञ्चल ज्ञान महायज्ञ हुँदै आए पनि संस्कार र संस्कृति प्रवर्ध्दनका लागि यस पटक धार्मिक महोत्सवलाई समेत समावेश गरिएको जनाएको छ । भट्टराईले भने, “महायज्ञ कथा प्रवचन मात्र नभई २१ वटा विधामा पूजा समेत हुनेछ । सोहीअनुसार व्यवस्थापन गरिएको छ ।”

क्याम्पसमा विभिन्न धर्म र समुदायका विद्यार्थी अध्ययन गर्न आउने भएकाले सबै धर्म र समुदायका व्यक्तित्वहरूको सहभागितामा यज्ञ सञ्चालन गर्न लागिएको बताए । यज्ञ व्यवस्थापनका लागि ५०१ सदस्यीय मूल आयोजक समिति र ३० वटा विभिन्न उपसमिति गठन गरिएको छ । 

महायज्ञ सुरु हुनु अघिदेखि धमाधम सहयोगको घोषणा हुन थालेकाले आयोजकलाई थप आशावादी बनाएको छ । महायज्ञबाट तीन करोडदेखि पाँच करोड रुपियाँसम्म दान सङ्कलन हुने अपेक्षा गरिएको मूल आयोजक समितिले जनाएको छ । ‘शहीद क्याम्पसको चाहना, सङ्काय थप, सिपमुलक शिक्षा र छात्रवासको स्थापना’ भन्ने नारासाथ हुन गइरहेको महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलबाट प्रवचन हुने क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले बताए । 

महायज्ञ समुदघाटनको अवसरमा मङ्गलबार बिहान ९ बजे शोभा कलशयात्रासहित नगर परिक्रमा हुनेछ । दिउँसो साढे १२ बजे उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहमार्फत महायज्ञको उदघाटन गर्ने कार्यक्रम रहेको काफ्लेले जानकारी दिए । 

क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदैआएको छ । समुदायस्तरबाट सञ्चालित क्याम्पसमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरका करिब एक हजार एक सय विद्यार्थी क्याम्पसमा अध्ययनरत रहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस २०४८ सालमा स्थापना भएको क्याम्पसमा ५० जना प्राध्यापक तथा कर्मचारी कार्यरत छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending