Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

पाल्पाकाे शहीद बहुमुखी क्याम्पसमा मङ्गलबारदेखि हुन गइरहेको महायज्ञको तयारी पूरा

खबरडबली संवाददाता

पाल्पा । जिल्लाको रामपुर नगरपालिका –७, किसानबारीस्थित शहीद बहुमुखी क्याम्पसमा मङ्गलबारदेखि हुन गइरहेको महायज्ञको तयारी पूरा भएको छ । क्याम्पसमा छात्रावास निर्माण, सङ्काय थप र सिपमूलक शिक्षा सञ्चालनका लागि पुस २३ सम्म हुन गइरहेको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सवको तयारी सकिएको मूल आयोजक समितिले जनाएको छ । 

क्याम्पस परिसरमा हुने महायज्ञको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले बताए । टाढाबाट आउने विद्यार्थीका लागि छात्रावास निर्माण गर्न, व्यावहारिक शिक्षाको प्रारम्भसँगै आवश्यक सङ्काय थप गरी क्याम्पसलाई शैक्षिक हबको रूपमा विकास गर्न महायज्ञ सञ्चालन गर्न लागिएको जानकारी दिए । 

यसअघि अन्य स्थानमा धनधान्याञ्चल ज्ञान महायज्ञ हुँदै आए पनि संस्कार र संस्कृति प्रवर्ध्दनका लागि यस पटक धार्मिक महोत्सवलाई समेत समावेश गरिएको जनाएको छ । भट्टराईले भने, “महायज्ञ कथा प्रवचन मात्र नभई २१ वटा विधामा पूजा समेत हुनेछ । सोहीअनुसार व्यवस्थापन गरिएको छ ।”

क्याम्पसमा विभिन्न धर्म र समुदायका विद्यार्थी अध्ययन गर्न आउने भएकाले सबै धर्म र समुदायका व्यक्तित्वहरूको सहभागितामा यज्ञ सञ्चालन गर्न लागिएको बताए । यज्ञ व्यवस्थापनका लागि ५०१ सदस्यीय मूल आयोजक समिति र ३० वटा विभिन्न उपसमिति गठन गरिएको छ । 

महायज्ञ सुरु हुनु अघिदेखि धमाधम सहयोगको घोषणा हुन थालेकाले आयोजकलाई थप आशावादी बनाएको छ । महायज्ञबाट तीन करोडदेखि पाँच करोड रुपियाँसम्म दान सङ्कलन हुने अपेक्षा गरिएको मूल आयोजक समितिले जनाएको छ । ‘शहीद क्याम्पसको चाहना, सङ्काय थप, सिपमुलक शिक्षा र छात्रवासको स्थापना’ भन्ने नारासाथ हुन गइरहेको महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलबाट प्रवचन हुने क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले बताए । 

महायज्ञ समुदघाटनको अवसरमा मङ्गलबार बिहान ९ बजे शोभा कलशयात्रासहित नगर परिक्रमा हुनेछ । दिउँसो साढे १२ बजे उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहमार्फत महायज्ञको उदघाटन गर्ने कार्यक्रम रहेको काफ्लेले जानकारी दिए । 

क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदैआएको छ । समुदायस्तरबाट सञ्चालित क्याम्पसमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरका करिब एक हजार एक सय विद्यार्थी क्याम्पसमा अध्ययनरत रहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस २०४८ सालमा स्थापना भएको क्याम्पसमा ५० जना प्राध्यापक तथा कर्मचारी कार्यरत छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending