काठमाडौं । सन् २०२४ को धेरै चर्चा भयो । मनोरञ्जन संसारमा धेरै अभिनेता र अभिनेत्रीहरू समाचारको हिस्सा बनेका थिए ।
यसबिचमा बलिउडमा पनि धेरै ठूला विवाद देखिए । खासगरी, ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको डिभोर्सको खबरले निकै चर्चासमेत पाएको थियो । यस बर्षको अन्त्यतिर दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन पनि निकै विवादमा पर्न पुगे । सन् २०२४ मा भारतीय सिनेमा उधोगमाके कस्ता विवादहरू भए, जानिराखौं ।
ऐश्वर्या–अभिषेकको सम्बन्धविच्छेदको हल्ला
ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन आफ्नो व्यक्तिगत जीवनलाई लिएर धेरै चर्चामा आएका थिए । यी दुईबीच सबन्ध दरारको खबर धेरै नै आएको थियो । उनीहरुले सम्बन्धविच्छेद गर्न लागेको खबर पनि आएको थियो । मुकेश अम्बानीका छोरा अनन्तको विवाहमा पनि दुवै अलग–अलग पुगेका थिए । यहीँबाट उनीहरुको सम्बन्धमा समस्याको खबर फैलियो र यी खबरहरु लामो समयसम्म भाइरल बनिरहेका थिए ।
तर, अभिषेकले यसबारे प्रतिक्रिया दिए र आफ्नो औंठी देखाउँदै आफू अझै विवाहित रहेको बताए । केही समयअघि छोरी आराध्याको वार्षिक समारोहमा पनि उनीहरु सँगै देखिएका थिए । सोसँगै सम्बन्धविच्छेद र मनमुटावको खबर लगभग अन्त्य भएको थियो ।
पुनम पाण्डेले मृत्युको झुटो खबर
मोडल पूनम पाण्डे फेब्रुअरी २०२४ मा समाचारमा थिइन् । उनले मृत्युको झुटो खबर फैलाइन । उनका प्रबन्धकले पाठेघरको मुखको क्यान्सरका कारण पुनमको मृत्यु भएको पोस्ट गरेका थिए तर यो मार्केटिङ स्टन्ट थियो । पूनम आफैंले पछि भिडियो सेयर गर्दै पाठेघरको मुखको क्यान्सरबारे जनचेतना फैलाउन चाहेको भन्दै यसो गरेको बताइन् ।
कंगनामाथी थप्पड
जब बलिउड अभिनेत्री कंगना रनौतले मण्डी लोकसभा चुनाव जितेकी थिइन्, उनी जितेपछि दिल्ली जाँदै थिइन् । जब उनी चण्डीगढ एयरपोर्ट पुगे, उनलाई एक सीआईएसएफ गार्डले थप्पड हानिदिए । यसपछि कंगनाले सामाजिक सञ्जालमा यो घटनाको बारेमा कुरा गर्दै भिडियो शेयर गरिन् ।
सलमानको घर बाहिर गोली
गत अप्रिल २०२४ मा सलमान खानको घर ग्यालेक्सी बाहिर दुई जनाले गोली चलाएका थिए । सलमान खानलाई पनि पटकपटक ज्यान मार्ने धम्की आएको अवस्थामा यो गोली चलाइएको थियो । लरेन्स बिश्नोई गिरोहले उनको घर बाहिर गोली चलाएको जिम्मेवारी लिएको थियो ।
अल्लु अर्जुन पक्राउ
दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ अहिले हलमा चलिरहेको छ । तर, यस फिल्मको प्रिमियरमा भागदौड मच्चियो र एक महिलाको मृत्युसमेत भयो । यस मामिलामा प्रहरीले अल्लु अर्जुनलाई पक्राउ गरेको थियो । उनी धरौटीमा रिहा भएका छन् । प्रहरीले अनुसन्धान गरिरहेको छ, मुद्दा अदालतमा अझै बिचराधिन रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...
पौष ६ गते, २०८२ - १८:०८
भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भ...
पौष ६ गते, २०८२ - १८:०५
काठमाडाैं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले खुला रूपमा अदालतसम्म जाने तयारीमा उत्रिनु वर्तमान नेपाली राजनीतिमा द...
पौष ६ गते, २०८२ - १७:५५
हाइनान । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्ष...
पौष ६ गते, २०८२ - १७:५३
जोहान्सबर्ग । दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १...
पौष ६ गते, २०८२ - १७:५१
अमेरिका । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, क...
पौष ६ गते, २०८२ - १७:४९
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानक...
पौष ६ गते, २०८२ - १७:४७
फोनोम पेन । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ दिन हो । कम्बोडियाको रक्षा मन्...
पौष ६ गते, २०८२ - १७:४५
कोलम्बो । श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ। देशका दुई ...
पौष ६ गते, २०८२ - १७:४२
रियाद । साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा पहुँच विस्तार गरेको छ । यस निर्णयसँगै अब धनी गैर–मुस्लिम विदेशी बासिन्दाहरूले पनि...




प्रतिकृया लेख्नुहोस्: