Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

यी हुन बितेका बर्षमा बलिउडमा घटेका चर्चित घटना

खबरडबली संवाददाता

काठमाडौं । सन् २०२४ को धेरै चर्चा भयो । मनोरञ्जन संसारमा धेरै अभिनेता र अभिनेत्रीहरू समाचारको हिस्सा बनेका थिए । 

यसबिचमा बलिउडमा पनि धेरै ठूला विवाद देखिए । खासगरी, ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको डिभोर्सको खबरले निकै चर्चासमेत पाएको थियो । यस बर्षको अन्त्यतिर दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन पनि निकै विवादमा पर्न पुगे । सन् २०२४ मा भारतीय सिनेमा उधोगमाके कस्ता विवादहरू भए, जानिराखौं । 

ऐश्वर्या–अभिषेकको सम्बन्धविच्छेदको हल्ला

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन आफ्नो व्यक्तिगत जीवनलाई लिएर धेरै चर्चामा आएका थिए । यी दुईबीच सबन्ध दरारको खबर धेरै नै आएको थियो । उनीहरुले सम्बन्धविच्छेद गर्न लागेको खबर पनि आएको थियो । मुकेश अम्बानीका छोरा अनन्तको विवाहमा पनि दुवै अलग–अलग पुगेका थिए । यहीँबाट उनीहरुको सम्बन्धमा समस्याको खबर फैलियो र यी खबरहरु लामो समयसम्म भाइरल बनिरहेका थिए । 

तर, अभिषेकले यसबारे प्रतिक्रिया दिए र आफ्नो औंठी देखाउँदै आफू अझै विवाहित रहेको बताए । केही समयअघि छोरी आराध्याको वार्षिक समारोहमा पनि उनीहरु सँगै देखिएका थिए । सोसँगै सम्बन्धविच्छेद र मनमुटावको खबर लगभग अन्त्य भएको थियो । 

पुनम पाण्डेले मृत्युको झुटो खबर

मोडल पूनम पाण्डे फेब्रुअरी २०२४ मा समाचारमा थिइन् । उनले मृत्युको झुटो खबर फैलाइन । उनका प्रबन्धकले पाठेघरको मुखको क्यान्सरका कारण पुनमको मृत्यु भएको पोस्ट गरेका थिए तर यो मार्केटिङ स्टन्ट थियो । पूनम आफैंले पछि भिडियो सेयर गर्दै पाठेघरको मुखको क्यान्सरबारे जनचेतना फैलाउन चाहेको भन्दै यसो गरेको बताइन् । 

कंगनामाथी थप्पड

जब बलिउड अभिनेत्री कंगना रनौतले मण्डी लोकसभा चुनाव जितेकी थिइन्, उनी जितेपछि दिल्ली जाँदै थिइन् । जब उनी चण्डीगढ एयरपोर्ट पुगे, उनलाई एक सीआईएसएफ गार्डले थप्पड हानिदिए । यसपछि कंगनाले सामाजिक सञ्जालमा यो घटनाको बारेमा कुरा गर्दै भिडियो शेयर गरिन् ।

सलमानको घर बाहिर गोली 

गत अप्रिल २०२४ मा सलमान खानको घर ग्यालेक्सी बाहिर दुई जनाले गोली चलाएका थिए । सलमान खानलाई पनि पटकपटक ज्यान मार्ने धम्की आएको अवस्थामा यो गोली चलाइएको थियो । लरेन्स बिश्नोई गिरोहले उनको घर बाहिर गोली चलाएको जिम्मेवारी लिएको थियो । 

अल्लु अर्जुन पक्राउ

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म  ‘पुष्पा २’ अहिले हलमा चलिरहेको छ । तर, यस फिल्मको प्रिमियरमा भागदौड मच्चियो र एक महिलाको मृत्युसमेत भयो । यस मामिलामा प्रहरीले अल्लु अर्जुनलाई पक्राउ गरेको थियो । उनी धरौटीमा रिहा भएका छन् । प्रहरीले अनुसन्धान गरिरहेको छ, मुद्दा अदालतमा अझै बिचराधिन रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending