Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

म्याग्दीका सबै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

खबरडबली संवाददाता

म्याग्दी । नेकपा (माओवादी) केन्द्रले म्याग्दीको सबै स्थानीय तहमा तेस्रो पालिका सम्मेलन मार्फत नेतृत्व चयन गरेको छ । 

दुई वटा स्थानीय तहको अध्यक्ष दोहोरिएका छन भने चार वटा पालिका कमिटिको नेतृत्व परिवर्तन भएको हो । छ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गर्दै पालिका सम्मेलन सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) म्याग्दीका इन्चार्ज तथा केन्द्रीय सदस्य गोविन्द पौडेलले जानकारी दिए ।  

‘सर्वसम्मत नेतृत्व चयन गरेर पार्टी एकतावद्ध रहेको सन्देश दिएका छौ,’ उनले भने, ‘४५ मध्य १६ वटा बाहेकका वडामा पनि सम्मेलन मार्फत नयाँ कमिटी निर्वाचित भएको छ ।’ धवलागिरिका सात, मालिकाका, मङ्गला, रघुगङ्गा र अन्नपूर्णका दुई/दुई र बेनीको एक वटा वडामा पनि सम्मेलनको तयारी गरेको इञ्चार्ज पौडेलले बताए ।

धवलागिरीमा रिमप्रकाश थापाको अध्यक्षतामा ४५ सदस्यीय, मालिकामा अनुप गौचनको अध्यक्षतामा ५५ सदस्यीय, मङ्गलामा कुलबहादुर पुनको अध्यक्षतामा ४५ सदस्यीय, बेनी नगरपालिकामा नगेन्द्र केसीको अध्यक्षतामा ५५ सदस्यीय, रघुगङ्गामा भविन्द्र शेरपुञ्जाको अध्यक्षतामा ४१ सदस्यीय र अन्नपूर्णमा पूर्णबहादुर पाइजाको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटी चयन भएको छ । 

केन्द्रीय कार्यक्रम अनुसार पालिका र वडा तहमा सम्मेलनसँगै पार्टीको नीति, कार्यक्रम र समसामयिक राजनीतिक परिस्थिति, माओवादी नेतृत्वको सरकारले गरेका रचनात्मक कामको प्रचारप्रसार, स्थानीय समस्या तथा आवश्यकताको पहिचान गर्न प्रशिक्षण तथा सरकारलाई सजग बनाउन खबरदारी सभा समेत गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending