Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

म्याग्दीका सबै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

खबरडबली संवाददाता

म्याग्दी । नेकपा (माओवादी) केन्द्रले म्याग्दीको सबै स्थानीय तहमा तेस्रो पालिका सम्मेलन मार्फत नेतृत्व चयन गरेको छ । 

दुई वटा स्थानीय तहको अध्यक्ष दोहोरिएका छन भने चार वटा पालिका कमिटिको नेतृत्व परिवर्तन भएको हो । छ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गर्दै पालिका सम्मेलन सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) म्याग्दीका इन्चार्ज तथा केन्द्रीय सदस्य गोविन्द पौडेलले जानकारी दिए ।  

‘सर्वसम्मत नेतृत्व चयन गरेर पार्टी एकतावद्ध रहेको सन्देश दिएका छौ,’ उनले भने, ‘४५ मध्य १६ वटा बाहेकका वडामा पनि सम्मेलन मार्फत नयाँ कमिटी निर्वाचित भएको छ ।’ धवलागिरिका सात, मालिकाका, मङ्गला, रघुगङ्गा र अन्नपूर्णका दुई/दुई र बेनीको एक वटा वडामा पनि सम्मेलनको तयारी गरेको इञ्चार्ज पौडेलले बताए ।

धवलागिरीमा रिमप्रकाश थापाको अध्यक्षतामा ४५ सदस्यीय, मालिकामा अनुप गौचनको अध्यक्षतामा ५५ सदस्यीय, मङ्गलामा कुलबहादुर पुनको अध्यक्षतामा ४५ सदस्यीय, बेनी नगरपालिकामा नगेन्द्र केसीको अध्यक्षतामा ५५ सदस्यीय, रघुगङ्गामा भविन्द्र शेरपुञ्जाको अध्यक्षतामा ४१ सदस्यीय र अन्नपूर्णमा पूर्णबहादुर पाइजाको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटी चयन भएको छ । 

केन्द्रीय कार्यक्रम अनुसार पालिका र वडा तहमा सम्मेलनसँगै पार्टीको नीति, कार्यक्रम र समसामयिक राजनीतिक परिस्थिति, माओवादी नेतृत्वको सरकारले गरेका रचनात्मक कामको प्रचारप्रसार, स्थानीय समस्या तथा आवश्यकताको पहिचान गर्न प्रशिक्षण तथा सरकारलाई सजग बनाउन खबरदारी सभा समेत गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending