काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तन र वातावरणीय सङ्कटको चुनौतीपूर्ण समयमा ड्रुक्पा परम्पराले देखाएको हरित अभियान र प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी योगदान प्रशंसनीय रहेको बताएका छन् । ड्रुक अमिताभ माउन्टेन (ह्वाइट गुम्बा)मा आजदेखि सुरु भएको दसौँ वार्षिक ड्रुक्पा काउन्सिललाई सम्बोधन गर्दै उनले ड्रुक्पा परम्पराले अघि सारेका प्रयासबाट सकारात्मक प्रभाव परेको बताएका हुन् ।
“नेपालजस्तै हिमाली देशका लागि पनि यस्ता अभियान विशेष महत्वका छन्, धार्मिक सहिष्णुता, आन्तरिक शान्ति र मानवताका लागि समर्पित जीवन जीउने प्रेरणाका लागि ड्रुक्पा परम्पराको योगदान विशेष रहेको छ”, अध्यक्ष दाहालले भने । उनले लैङ्गिक समानताको प्रवर्द्धन, पदयात्रा र साइकल यात्रामार्फत वातावरणीय अनुकूल र दिगो जीवनशैलीप्रति सचेतना जगाउने, सरसफाइ अभियान आयोजना र सबै प्राणीको हितका कार्यमा ड्रुक्पा परम्पराको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताए ।
अध्यक्ष दाहालले दसौँ वर्षमा प्रवेश गरेको वार्षिक ड्रुक्पा परिषद् ड्रुक्पा परम्पराको समृद्ध विरासत र यसको विश्वव्यापी प्रभावको उत्सवका रूपमा रहेको बताए । उनले परिषद् विभिन्न पृष्ठभूमिका मानिसलाई एकसाथ ल्याउने, सम्बन्ध गाँस्ने र प्रेरणा लिने मञ्च बनेको जनाए ।
ड्रुक्पा परम्पराले विश्वभरि शान्ति, सहिष्णुता र दयाभावको सन्देश फैलाउँदै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले यस परम्पराले आफ्नो धार्मिक शिक्षाबाट मात्र नभई पर्यावरणीय संरक्षण, सामाजिक सेवाभाव र मानव कल्याणको भावना संसारभरि फैलाउन भूमिका खेलेको बताए । “यो सभाले ड्रुक्पा समुदाय र यससँग सम्बद्ध सम्पूर्ण अनुयायीका लागि आगामी कार्यक्रमका साथै मार्गदर्शन गर्नेछ”, उनले भने, “धार्मिक शिक्षा र अभ्यासलाई प्रोत्साहित गर्ने मात्र नभई यस सभाले आधुनिक समाजका चुनौतीसँग जुध्न सक्ने व्यावहारिक समाधानका उपाय पनि प्रस्तुत गर्नेछ ।”
भुटानका गृहमन्त्री लोन्पो छिरिङले आध्यात्मिक जागरण फैसालउनुका साथै लैङ्गिक समानता वातावरण संरक्षण, वृक्षारोपण, वातावरणीय सचेतना फैलाउन काउन्सिलले लिएका पहल सह्रानीय रहेको जिकिर गरे । नेपाल बौद्ध सङ्घका अध्यक्ष खेन्पो थुम्तेन जिग्दोलले ड्रुक्पा परम्पराका अनुयायीले समस्त प्राणी जगत्को हितका लागि गर्दै आइरहेका कार्य अनुकरणीय रहेको बताए ।
सो अवसरमा डक्पा वंश, यात्रा र ड्रुक्पा योगी तथा गुरुका बारेमा जानकारीमूलक भिडियो प्रस्तुत गरिएको थियो । समारोहमा विभिन्न मुलुकबाट सहभागी ड्रुक्पा अनुयायीले सांस्कृतिक प्रस्तुति दिएका थिए । पाँच दिनसम्म चल्ने सो कार्यक्रममा पवित्र ड्रम अनुष्ठान प्रदर्शन, आध्यात्मिक शिक्षाको आदानप्रदान, आत्मरक्षा, मानव बेचबिखन र दिगो जीवनशैलीका विषयमा कार्यशाला आयोजना हुनेछ । साथै ग्यालवाङ ड्रुक्पा, ग्यालवा दोखाम्पा र क्याब्जे ड्रुपबोन खम्टाक रिन्पोचेलगायतले धर्म, परोपकार र पर्यावरणीय नैतिकतालगायत विषयमा प्रवचन दिनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: