Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै

खबरडबली संवाददाता

बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । 

यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका र पाँच दशमलव चार प्रतिशतमा मानसिक स्वास्थ्य समस्या झेलिरहेका छन् ।
नेपाल जनसाङ्खिक स्वास्थ्य सर्वेक्षण–२०२२ को तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशका २० प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा चिन्ताजन्य समस्या तथा चार प्रतिशत महिला र दुई प्रतिशत पुरुषमा ‘डिप्रेसन’ को समस्या रहेको छ । सोही सर्वेक्षणअनुसार नेपालमा १५ देखि ४९ वर्षका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा चिन्ताजन्य समस्याका लक्षणहरू तथा पाँच प्रतिशत महिला र दुई प्रतिशत पुरुषमा डिप्रेसनका लक्षणहरू देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको आयोजना र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालको प्राविधिक सहयोगमा प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना निर्माणका क्रममा आज प्रदेश राजधानी दाङ–देउखुरीमा आयोजित सो मस्यौदामाथिको छलफल कार्यक्रममा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गइरहेकाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवालाई जनस्तरमा पुर्याउन नीतिगत सुधार गरी अघि बढ्न सुझाव दिइएको छ । 

प्रदेश स्वास्थ्य मन्त्रालयले तयार पारेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना मस्यौदामाथिको छलफलमा गुणस्तरीय मानसिक स्वास्थ्य सेवामा सहज र समान पहुँच बढाउन, मानसिक स्वास्थ्य सेवामा बहुक्षेत्रीय सहभागिता, सहकार्य र साझेदारी बढाउन, स्वास्थ्य सेवा प्रणालीअन्तर्गत एकीकृत मानसिक स्वास्थ्य सेवा पुर्याउन भनी रणनीतिक कार्ययोजना निर्माण गर्न थालिएको जनाइएको छ । 

आत्महत्या रोकथाम तथा न्यूनीकरणको मुद्दालाई सूचकको रूपमा उल्लेख गरिएको उल्लेख गर्दै सरकारी तथा गैरसरकारी निकायले यसकिसिमको विकराल समस्यालाई समाधान गर्नेगरी प्राथमिकताका साथ कार्यक्रम बनाउन नसकेको भनी चिन्ता व्यक्त गरिएको छ । 

सो अवसरमा मस्यौदाको रूपमा रहेको कार्ययोजनालाई सरोकारवाला पक्षसँग छलफल गरेर टुङ्गोमा पुर्‍याइने र मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर कार्यान्वयनमा लगिने प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताए । “भौतिक विकासले मात्रै सुख दिँदैन । सुखका लागि मानसिक रूपमा मानिस स्वस्थ हुनुपर्छ । यसका लागि हामीले रणनीतिक कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाँदैछौँ”, उनले भने, “तथ्य र प्रमाणमा आधारित योजना निर्माण गरेर स्वस्थ समाज निर्माण गर्न मानसिक रोग न्यूनीकरण गर्ने अभियानमा जुटेका छौँ ।”

स्वास्थ्य मन्त्रालयका सचिव डा वासुदेव उपाध्यायले प्रदेश सरकारले मानसिक स्वास्थ्यका लागि आवश्यक पर्ने दक्ष जनशक्ति तयार पार्नेगरी भूमिका बढाएको बताउँदै मनोसामाजिक सेवालाई पनि जनस्तरमा पुर्‍याउने गरी कार्यक्रम बनाइएको स्पष्ट गरे । प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले मानसिक स्वास्थ्य समस्या विकराल बन्दैजाँदा त्यसको असर सबै क्षेत्रमा पर्ने भएकाले समयै रोकथामका उपाय पत्ता लगाइ समस्या सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे । 

प्रदेशसभा सामाजिक विकास समितिका सभापति यमबहादुर नेपालीले मानसिक रोगका बारेमा अनावश्यक भ्रम फैलाई व्यक्ति र समाजलाई आतङ्कित पार्ने काम भइरहेकाले त्यस्ता अफवाह र भ्रमहरु चिर्नेगरी कार्यक्रम तर्जुमा गर्न सुझाव दिए । छलफल कार्यक्रममा प्रदेशसभा सदस्य नवराज न्यौपाने, लोका विश्वकर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कँडेललगायतले मानसिक स्वास्थ्य सेवालाई आधारभूत सेवाको रूपमा व्यावहारिक रूपमा अघि बढाउन जरुरी रहेको बताए । 

सीएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना निर्माणका लागि प्रदेश सरकारसँग सहयोग र सहकार्य गर्ने जानकारी दिए । मानसिक रोग विशेषज्ञ डा वासुदेव कार्कीले सरकार र समुदायबिचको साझेदारीले मानसिक स्वास्थ्य सेवा प्रवाहलाई चुस्त बनाउन सकिने उल्लेख गर्दै मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्यालाई प्राथमिकतामा राखेर लगानी गर्न सरकारको ध्यानाकर्षण गरे । 

यसैगरी मनोसामाजिकविद् पशुपति महतले तीन तहका सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर आधारभूत सेवा प्रवाहमामा सहकार्य गर्नुपर्नेमा जोड दिए । नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक हकको रूपमा सम्बोधन गरे पनि सहज, सरल र सुलभ रूपमा सबैको पहुँचमा सेवा पुग्न नसकेको अवस्था छ । 

स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरीले लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य एक जटिल समस्याको रूपमा देखापरेको भन्दै समस्या समाधानका लागि सबै निकायको बिचमा साझेदारी जरुरी रहेको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: