काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा अहिले पढाइभन्दा बढी प्रशासनिक ‘रिहर्सल’ चलिरहेको दृश्य देखिएको छ । अध्यादेशबाट पदमुक्त गरिएका डिनहरूलाई फेरि निमित्त डिन बनाएपछि विश्वविद्यालयभित्र अन्योल मात्रै होइन, कानुनी प्रश्नसमेत उठेको छ ।
निमित्त उपकुलपति प्रा.डा. ऋषिकेश वाग्लेले सोमबार पुरानै डिनहरूलाई जिम्मेवारी दिए । तर, त्यही वाग्लेले यसअघि २३ वैशाखमा सहायक डिनहरूलाई जिम्मेवारी दिएका थिए ।
अर्थात्, एउटै कुर्सीमा छोटो समयमै दुई फरक आदेश । अब प्रश्न उठेको छ । केयूमा आधिकारिक डिन को ? पहिलो पत्र सही कि दोस्रो ? विश्वविद्यालयभित्र अहिले यही अन्योलले चर्चा पाएको छ ।
अध्यादेशले हटायो, प्रशासनले फर्कायो
राष्ट्रपति रामचन्द्र पौडेलले १९ वैशाखमा जारी गरेको अध्यादेशपछि केयूका डिनहरू पदमुक्त भएका थिए । त्यसपछि रिक्तता व्यवस्थापन भन्दै सहायक डिनलाई जिम्मेवारी दिइयो । तर, दीक्षान्त समारोह नजिकिँदै जाँदा फेरि पुरानै डिनहरूलाई जिम्मेवारी फर्काइएको छ ।
अब प्राध्यापकहरू प्रश्न गरिरहेका छन् यदि अध्यादेशले पदमुक्त गरिसकेको हो भने उनीहरूलाई कुन कानुन टेकेर फेरि जिम्मेवारी दिइयो ?
‘तात्कालिक व्यवस्था’ कि प्रशासनिक गोलमाल ?
निमित्त उपकुलपति वाग्ले भने यो “तात्कालिक व्यवस्था” भएको बताउँछन् । उनका अनुसार दीक्षान्त समारोहका कारण तत्काल काम चलाउन पुरानालाई जिम्मेवारी दिइएको हो ।
तर, विश्वविद्यालयभित्र धेरैले यसलाई “कामचलाउ निर्णय” भन्दा बढी “प्रशासनिक गोलमाल” का रूपमा हेरेका छन् ।
किनकि, एकपटक पदमुक्त भइसकेका व्यक्तिलाई फेरि फर्काउँदा विश्वविद्यालयको निर्णय प्रक्रिया नै प्रश्नमा परेको छ ।
शिक्षामन्त्रीसँग सल्लाह गरेर निर्णय
वाग्लेले शिक्षामन्त्री सस्मित पोखरेलसँग परामर्श गरेर नै निर्णय गरिएको बताएका छन् । तर, यसले अर्को प्रश्न जन्माएको छ । विश्वविद्यालयको स्वायत्तता कहाँ गयो ? केयूको प्रशासन अब मन्त्रालयको ‘कन्सल्टेन्सी मोडेल’ मा चल्ने हो ?
प्राध्यापकको अल्टिमेटम
निर्णयप्रति असन्तुष्ट प्राध्यापकहरूको टोली मंगलबार उपकुलपतिको कार्यकक्षमै पुगेको थियो । उनीहरूले १० दिनभित्र विश्वविद्यालय सभा बोलाएर उपकुलपति छनोट समिति गठन गर्न अल्टिमेटम दिएका छन् ।
प्राध्यापकहरूको भनाइ स्पष्ट छ । अस्थायी टालटुलले विश्वविद्यालय चल्दैन । नयाँ पदाधिकारी ल्याउने प्रक्रिया तत्काल सुरु हुनुपर्छ । अहिले केयूमा पढाइभन्दा बढी चासो प्रशासनिक कुर्सीको छ । डिन को ? आदेश कुन मान्ने ? अध्यादेश ठूलो कि नयाँ पत्र ?
यी प्रश्नको स्पष्ट जवाफ नआउँदासम्म विश्वविद्यालयभित्रको अन्योल अझ गहिरिने देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - २१:३६
काठमाडाैं । जेनजी राजनीतिकर्मी अमिषा पराजुलीले नेपाल प्रहरीको साइबर ब्युरोभित्र आफूले अपमानजनक व्यवहार भोग्नुपरेको आरोप लगाएपछि नयाँ विवाद सुरु भएको छ...
जेष्ठ ५ गते, २०८३ - २१:२८
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा अहिले पढाइभन्दा बढी प्रशासनिक ‘रिहर्सल’ चलिरहेको दृश्य देखिएको छ । अध्यादेशबाट पदमुक्त गरिएका डिनहरूलाई फ...
जेष्ठ ५ गते, २०८३ - २१:१७
सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्ट अहिले राजनीतिक र प्रहरी वृत्तमा चर्चाको केन्द्र बनेको छ । पूर्वगृहमन्त्री सुधन गुरुङ युवतीसहित ...
जेष्ठ ५ गते, २०८३ - १९:४६
काठमाडाैं । निर्वाचन आयोगमा ६ माघ २०८२ मा सम्पत्ति विवरण बुझाउँदा गृहमन्त्री सुधन गुरुङले ढुक्कसँग हस्ताक्षर गरेका थिए ।“माथि उल्लेखित विवरण ठीक छ, फर...
जेष्ठ ५ गते, २०८३ - १९:३४
काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित उ...
जेष्ठ ५ गते, २०८३ - १९:३०
काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको गोपनीयता भङ्ग गरी परीक्षा सुरु हुनुभन्दा अगावै प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको आरोपमा थप दुईजना पक्राउ परे...
जेष्ठ ५ गते, २०८३ - १९:२८
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको टिपर...
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...



प्रतिकृया लेख्नुहोस्: