Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

परीक्षा अगावै कक्षा १२ को प्रश्नपत्र र उत्तर सामाजिक सञ्जालमा लिक गर्ने थप २ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको गोपनीयता भङ्ग गरी परीक्षा सुरु हुनुभन्दा अगावै प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन् । योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार काठमाडौँको रत्नपार्कबाट गोरखाको भीमसेन थापा गाउँपालिका–५ घर भई रानीवन बस्ने २९ वर्षीय सन्तोष बन्जारा र गोरखाकै गण्डकी गाउँपालिका–३ घर भई वनस्थली बस्ने २० वर्षीय अश्विन अधिकारीलाई पक्राउ गरेको हो ।

यसअघि गत वैशाखमा सोही आरोपमा अन्य दुई जना पक्राउ परेका थिए । प्रहरीले सुर्खेत घर भई काठमाडौँ बस्ने ३७ वर्षीय निराजन शाही र धादिङ घर भई काठमाडौँ बस्ने ३० वर्षीय प्रेम कुमार श्रेष्ठलाई चाबहिलबाट नियन्त्रणमा लिएको थियो ।

ब्यूरोका अनुसार पक्राउ परेकाहरूले ‘Class 12 Management only’ नामक ह्वाट्सएप ग्रुप तथा फेसबुक मेसेन्जरमा विभिन्न ग्रुपहरू बनाएर परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि नै उत्तरसहितको प्रश्नपत्र अनधिकृत रूपमा सार्वजनिक गरेका थिए । राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक उजुरीका आधारमा ब्युरोले गरेको प्राविधिक विश्लेषण र अनुसन्धानबाट उनीहरूको संलग्नता पुष्टि भएको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ गतेदेखि २७ गतेसम्म देशभर कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । परीक्षाकै क्रममा प्रश्नपत्र बाहिरिएपछि बोर्डले छानबिनका लागि प्रहरीमा उजुरी दिएको थियो । यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कहाँ हरायो सुधनको नगद र ६ किलो गहना ?

काठमाडाैं । निर्वाचन आयोगमा ६ माघ २०८२ मा सम्पत्ति विवरण बुझाउँदा गृहमन्त्री सुधन गुरुङले ढुक्कसँग हस्ताक्षर गरेका थिए ।“माथि उल्लेखित विवरण ठीक छ, फर...

प्रधानन्यायाधीश शर्माले लिए शपथ

काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित उ...

परीक्षा अगावै कक्षा १२ को प्रश्नपत्र र उत्तर सामाजिक सञ्जालमा लिक गर्ने थप २ जना पक्राउ

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको गोपनीयता भङ्ग गरी परीक्षा सुरु हुनुभन्दा अगावै प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको आरोपमा थप दुईजना पक्राउ परे...

धादिङमा भएका दुई दुर्घटनामा २ को मृत्यु

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको  टिपर...

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending