Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

अमिषाको आरोपपछि साइबर ब्युरोको ‘माफी काण्ड’, आमालाई बोलाएर लिखित कागज

खबरडबली संवाददाता

काठमाडाैं । जेनजी राजनीतिकर्मी अमिषा पराजुलीले नेपाल प्रहरीको साइबर ब्युरोभित्र आफूले अपमानजनक व्यवहार भोग्नुपरेको आरोप लगाएपछि नयाँ विवाद सुरु भएको छ । तर, विवाद झन् चर्कियो जब साइबर ब्युरोले अमिषाकी आमालाई बोलाएर लिखित माफी मागेको खुलासा भयो ।

अमिषाले सार्वजनिक रूपमा दाबी गरेकी थिइन् । न्याय खोज्न ब्युरो पुगेकी आफूलाई एक प्रहरीले “छोरी मान्छे भएपछि थुतुनो र मु… सम्हाल्नुपर्छ” भन्दै हप्काएको थियो । उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा ठूलो बहस जन्माएको थियो । धेरैले प्रहरी संगठनभित्रको व्यवहारमाथि प्रश्न उठाएका थिए । तर, त्यसपछि साइबर ब्युरोले विज्ञप्ति निकालेर फरक दाबी गर्‍यो । ब्युरोका अनुसार अमिषाकी आमालाई बोलाएर सोधपुछ गर्दा “कुनै पनि प्रहरी कर्मचारीले त्यस्तो शब्द प्रयोग नगरेको” बताइएको छ ।

यति मात्र होइन, छोरीको अभिव्यक्तिबाट प्रहरी संगठन र साइबर ब्युरोलाई असर परेको भन्दै आमाबाट लिखित माफीसमेत गराइएको ब्युरोले जनाएको छ ।

प्रश्न अब बयानभन्दा प्रक्रियामा 

घटनापछि अहिले सामाजिक सञ्जालमा अर्को प्रश्न उठ्न थालेको छ । यदि अमिषाको आरोप गलत थियो भने कानुनी प्रक्रिया किन अगाडि बढाइएन ? र यदि आरोप गम्भीर थियो भने आमालाई बोलाएर ‘माफीपत्र’ किन ?

धेरैले यसलाई “पीडितलाई नै दबाब दिने शैली” भनेर आलोचना गरेका छन् । किनकि, अभिव्यक्ति दिने व्यक्ति अमिषा स्वयं हुन् । तर, माफी माग्नुपर्ने अवस्थामा भने उनकी आमा पुगिन् ।

आलोचना सहने कि दबाउने ?

घटनाले साइबर ब्युरोको भूमिकामाथि पनि बहस सुरु गराएको छ । सामाजिक सञ्जालमा आलोचना आउनेबित्तिकै त्यसलाई खण्डन गर्ने नाममा परिवारलाई नै बोलाएर लिखित कागज गराउनु उचित हो कि होइन भन्ने प्रश्न उठेको छ ।

कतिपयले यसलाई “डर देखाउने शैली” भनेका छन् भने केहीले प्रहरी संगठनको प्रतिष्ठा जोगाउने प्रयासका रूपमा व्याख्या गरेका छन् । तर, एउटा कुरा स्पष्ट देखिएको छ ।अमिषाको एउटा अभिव्यक्तिले अहिले साइबर ब्युरोको कार्यशैलीमाथि नै बहस छेडिदिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमिषाको आरोपपछि साइबर ब्युरोको ‘माफी काण्ड’, आमालाई बोलाएर लिखित कागज

काठमाडाैं । जेनजी राजनीतिकर्मी अमिषा पराजुलीले नेपाल प्रहरीको साइबर ब्युरोभित्र आफूले अपमानजनक व्यवहार भोग्नुपरेको आरोप लगाएपछि नयाँ विवाद सुरु भएको छ...

अध्यादेशले हटाइएकै डिन फेरि जिम्मेवारीमा, केयूमा निर्णय कि प्रयोगशाला ?

काठमाडौं  । काठमाडौं विश्वविद्यालय (केयू) मा अहिले पढाइभन्दा बढी प्रशासनिक ‘रिहर्सल’ चलिरहेको दृश्य देखिएको छ । अध्यादेशबाट पदमुक्त गरिएका डिनहरूलाई फ...

सुधन गुरुङ पुगेको रिसोर्टमा प्रहरी छापा, सीसीटीभी र मोबाइल नियन्त्रणमा

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्ट अहिले राजनीतिक र प्रहरी वृत्तमा चर्चाको केन्द्र बनेको छ । पूर्वगृहमन्त्री सुधन गुरुङ युवतीसहित ...

कहाँ हरायो सुधनको नगद र ६ किलो गहना ?

काठमाडाैं । निर्वाचन आयोगमा ६ माघ २०८२ मा सम्पत्ति विवरण बुझाउँदा गृहमन्त्री सुधन गुरुङले ढुक्कसँग हस्ताक्षर गरेका थिए ।“माथि उल्लेखित विवरण ठीक छ, फर...

प्रधानन्यायाधीश शर्माले लिए शपथ

काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित उ...

परीक्षा अगावै कक्षा १२ को प्रश्नपत्र र उत्तर सामाजिक सञ्जालमा लिक गर्ने थप २ जना पक्राउ

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको गोपनीयता भङ्ग गरी परीक्षा सुरु हुनुभन्दा अगावै प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको आरोपमा थप दुईजना पक्राउ परे...

धादिङमा भएका दुई दुर्घटनामा २ को मृत्यु

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको  टिपर...

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending