काठमाडाैं । निर्वाचन आयोगमा ६ माघ २०८२ मा सम्पत्ति विवरण बुझाउँदा गृहमन्त्री सुधन गुरुङले ढुक्कसँग हस्ताक्षर गरेका थिए ।“माथि उल्लेखित विवरण ठीक छ, फरक पर्ने छैन ।” तर, समयले दुई महिना पनि काट्न नपाउँदै उनकै अर्को सम्पत्ति विवरणले पुरानो कागजलाई नै शंकाको घेरामा पुर्याइदियो । एउटै मानिस, एउटै वर्ष, तर सम्पत्तिको हिसाब भने दुई फरक कथा ।
सांसद उम्मेदवार हुँदा सुधन गुरुङले ८९ तोला सुन देखाएका थिए । गृहमन्त्री हुँदा पनि सुन उही छ । तर, बीचमा अचानक ६ किलो चाँदी थपिएको छ । उम्मेदवारी दिँदा त्यो चाँदी कतै थिएन ।
यो चाँदी सत्ता चढेपछि उम्रिएको हो ? कि पहिले नै थियो, तर विवरणमा ‘बिर्सिएको’ हो ? भन्ने प्रश्न उठेको छ । सम्पत्ति विवरण हेर्दा यस्तो लाग्छ, मानौं गुरुङले गहना होइन, जादुको बाकस खोलेका छन् । जुन बेला जे देखाउन मन लाग्यो, त्यही देखियो ।
शेयर विवरणमा पनि उस्तै कथा छ । उम्मेदवारी दिँदा होप होल्डिङमा १ करोड रुपैयाँ बराबरको शेयर देखाएका गुरुङले मन्त्री बन्दा त्यही रकम ७० लाखले घटाएर देखाएका छन् ।
उता, पहिले भएका केही कम्पनी गायब छन् । लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स र स्टार माइक्रो इन्स्योरेन्स विवरणबाट हटेका छन् । बरु “एड्भेन्चर भिल्ला” नामक नयाँ कम्पनी भने अचानक प्रवेश गरेको छ । हेर्दा यस्तो लाग्छ, सम्पत्ति विवरणभन्दा बढी यो “आज कुन कम्पनी राख्ने, कुन हटाउने” भन्ने सूची हो ।
भेडेटारको जग्गाको कथा त झन् रमाइलो छ । बजार मूल्य करिब १ करोड पर्ने झण्डै २० रोपनी जग्गा गुरुङले ७ लाख रुपैयाँमा किनेको देखाएका छन् । अझ त्यो पनि मन्त्री बन्नुभन्दा ठीक दुई दिनअघि ।
यदि यो हिसाब सही हो भने अब नेपालीले काठमाडौंमा कोठा खोज्न छोडेर भेडेटारमै जग्गा किन्न जानुपर्छ । तर, वास्तविक प्रश्न गम्भीर छ । १ करोड पर्ने जग्गा ७ लाखमा कसरी किनियो ? वास्तविक मूल्य लुकाइयो ? कि कागजमै ‘डिस्काउन्ट अफर’ चलाइएको हो ?
बैंक खाताले पनि धेरै कुरा बोलिरहेको छ । उम्मेदवार हुँदा नबिल बैंकमा १२ लाख रुपैयाँ भएको देखाएका गुरुङको खातामा मन्त्री बन्दा ५६ लाखभन्दा बढी रकम पुगेको छ । अर्थात्, साढे दुई महिनामै खातामा ४४ लाखभन्दा बढी रकम थपिएको छ । यत्रो रकम कहाँबाट आयो ? व्यवसाय ? लगानी ? कि चमत्कार ?
अझ अर्को रोचक कुरा, निर्वाचन आयोगमा बुझाएको विवरणमा उनले मनोज गुरुङ र कैलाश पासमानलाई दिएको झण्डै १ करोड ४५ लाख रुपैयाँ ऋण उल्लेख गरेका थिए । तर, गृहमन्त्री भएपछि सार्वजनिक गरेको विवरणमा त्यो रकम गायब छ । अब प्रश्न फेरि उही छ । ऋण फिर्ता आयो ? डुब्यो ? वा विवरणमै हरायो ?
सम्पत्ति विवरण सामान्य कागज होइन, सार्वजनिक पदमा बसेको व्यक्तिको नैतिक हिसाबकिताब हो । तर, गुरुङको विवरण हेर्दा जनता अहिले एउटै प्रश्न गरिरहेका छन् । आखिर कहाँ हरायो उनको नगद र ६ किलो गहना ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: