Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’को मुद्दा

खबरडबली संवाददाता

काठमाडौं । “हेलो ! मधु जी नमस्कार । फिल्म प्रदर्शन भएको तीन दिन भइसक्यो, केही लेखिदिनु पर्यो”, तिहारताका चलचित्र पूर्णबहादुर सारङ्गीका ‘हिरो’ विजय बरालले फोनमार्फत  भनेका थिए । 

उनको फोन आउँदा मर्दी हिमालको पदयात्रामा थिएँ । नेटवर्कको समस्याले आवाज राम्रोसँग सुनिएन । मैले काठमाडौं फर्किएपछि लेखौँला भनेर फोन राखिदिएँ । चार दिनको पदयात्रा पूरा गरेर काठमाडौं फर्किंदा फिल्मको बारेमा चर्चा नगर्ने सायदै कोही थिए । चर्चा मात्रै होइन फिल्म हेरेर सामाजिक सञ्जालका भित्तामा आँसु खसालेका दृश्य पनि सँगसँगै राखिरहेका थिए । 

नेपाली कलाकारिता क्षेत्रमा विजय बराल नौलो नाम होइन तर यो तहको चर्चा सायद पहिलोपटक भएको होला । अझ भनौँ उनि एकाएक ‘चर्चित’ भए । सामाजिक सञ्जालमा चलचित्र हेरेर रुँदै हलबाट निस्किने दृश्यले बरालको अभिनयको तारिफ जताततै भइरहेको थियो । मैले चलचित्र हेरेकी थिइनँ । त्यसैले रुने कुरा पनि भएन ! हल सबै ‘हाउसफुल’ थिए । एक साता धैर्य गरे । यद्यपि हल भरिएकै छ । जसरी बरालले फिल्म चलेन भनेर फोन गरेका थिए । मैले उसै गरी उनलाई फोन गरेर भने, “विजयजी फिल्म हेर्न पाइनँ, सबै हाउसफुल छ । कसरी समीक्षा गरौँ ?,” उनले निकै हार्दिकताले भने, “म मिलाउँछु नि !”

बराल अभियनले जति अब्बल छन्, यति नै लचिलो मानवीय स्वभाव छ । झन्डै १६ वर्षदेखि मण्डला थिएटरमा उनले रङ्गकर्मीका रुपमा निरन्तर गर्दै आएको सङ्घर्ष र अभिनयप्रतिको लगाव मैले प्रत्यक्ष देख्ने र लेख्ने अवसर पाएकी छु । अभिनय नै सबैथोक मान्ने कलाकार मध्ये उनि पनि एक हुन । जतिबेला नाटक मञ्चन गरी थिएटरबाट बाहिर निस्कन्थे । उनको मप्रति उल्टो प्रश्न हुन्थ्यो, “मधुजी, मलाई प्रशंसा गरेर नलेख्नु । जे महसुस हुन्छ यथार्थ आलोचनात्मक लेख्नु है !”

जुन कलाकारले कटु आलोचनालाई पचाउन सक्दैन ऊ धारिलो हुँदैन । विजय बराल यस सन्दर्भमा असाध्यै लचिलो कलाकार हो । उनि अभिनीत पूर्णबहादुरको सारङ्गीको लोकप्रियताले यसको पुष्टि गरिसकेको छ । पूर्णबहादुरको सारङ्गी भनौँ या विजय बरालको सारङ्गी पर्यायवाची जस्तै छ अहिले, किनकि चलचित्रमा विजय बराल आफू हराएर पूर्णबहादुर पात्रका रुपमा उत्रिए । सायद उनि ओशोले कलाकारको सन्दर्भमा भनेकाे भनाइबाट प्रभावित छन् । कुनै सन्दर्भमा ओशोले भनेका थिए, “जीवन अभिनय गरे जस्तै गरी जिउनु र अभिनय जीवन जिए जस्तै गरी गर्नु !”

बरालले दिलोज्यान लगाएर यस फिल्ममा पात्र अनुकूल अभियन गरेका छन् । तर प्रश्न यतिमै टुङ्गिँदैन । एउटा चलचित्र के हो ? कल्पना, यथार्थ घटना, समाजको ऐना, रुपान्तरणको प्रयास वा व्यापार ?  साहित्यकार अमर न्यौपानले किताब जात्राको छैटौँ संस्करणको संवादका क्रममा भनेका छन् कि साहित्य समाजको ऐना हो भनेर मात्रै पुग्दैन, समाज रुपान्तरण र परिवर्तनका आधार सिर्जना गर्ने क्रान्ति पनि हो । 

लेखक न्यौपानेको बुझाइ सापटी लिने हो भने पूर्णबहादुरको सारङ्गी रुपान्तरण र क्रान्तिभाव जागरणमा चुकेको छ । समाजको अत्यन्त पिँधमा पारिएका दलित समुदायको प्रतिनिधित्व गर्ने पात्र हो, पूर्णबहादुर । उसले आफू अपमानित भइरहेको समाजबाट उन्मुक्त हुन नसकेको बेला छोराको चम्किलो भविष्य कसरी पूरा गर्न सक्छ ? चलचित्रले यो प्रश्नलाई भगवान्को भरोसा छोडिदएको छ । 

छोराले पूर्णबहादुरलाई पटक पटक सोध्छ, “तिमीलाई किन हेप्छन् बा ?” खासमा चलचित्रले यसको उत्तर दिनुपर्ने हो तर एउटा गाइने समुदायको गरिबी देखाएर मानवीय संवेदना बटुल्न खोज्दै चलचित्र व्यावसायिक बनाउनु न्यायोचित छैन । चलचित्रले उठाउने मुद्दा र पात्रहरुमा सकारात्मक रुपान्तरण ल्याउन जरुरी थियो, यदि साहित्य रुपान्तरणको आधार हो भने । चलचित्र समाजको दर्पण मात्रै हो भने त्यो दर्पण नेपाली समाजलाई देखाइरहन जरुरी छैन, थिएन । हाम्रो समाजले जातीय तथा लैङ्गिक आधारमा हुने हिंसा र अपमान, गरिबी, सीमान्तकृत हुनुको पीडाबारे हाम्रो समुदाय बेखबर वा अञ्जान छैन । 

बरु त्यो पीडा ‘कठै’ वा ‘विचरा’मा सीमित छ । अझ अगाडि भन्ने हो भने यो विचारमा मात्रै कैद छ । गणतान्त्रिक शासन व्यवस्था अपनाएको डेढ दशक नाघेको समाजले अब ती दलित र सीमान्तकृत पात्रलाई विचरा वा कठै वा विचारमा होइन, राज्य र समुदायले उसमाथि गर्दै आएको विभेदको आत्मग्लानी महसुस गरी व्यवहारमै ‘सुध्रिएको’ महसुस गर्न वा गराउन जरुरी छ । 

हामीले भुल्नु हुँदैन, पूर्णबहादुरले सारङ्गी बजाएर कला पस्किएको यो समाजले कहिल्यै इज्जत गरेन । बरु त्यही सारङ्गीकै कारण उसमाथि जातीय विभेदको चरम प्रातडना सहन बाध्य पारेको छ । र, यदाकदा भन्ने गरिन्छ,“दलित समुदायले आफ्नो जात, थर र पेसामाथि गर्व गर्न सिक्नुपर्छ ।” चलचित्र पूर्णबहादुरको सारङ्गीले पनि डाक्टर पढेपछि छोरोले गौरवका साथ सारङ्गी समाएको दृश्य देखिन्छ । कुनै पनि सम्प्रदायको जात, धर्म र थरमाथि न कथित दलित न कथित गैरदलित । कसैले न घृणा गर्न जरुरी छ न गर्व नै । यो मानवले आर्जेको कुनै पनि तत्व होइन, केवल मान्यताबाहेक तर त्यही थर, जात र पेसाले मान्छेको अस्तित्वमाथि नै प्रश्न गर्ने अवस्था सिर्जना हुन्छ भने त्यो सारङ्गी पुस्तान्तरण गर्नुको कुनै अर्थ छैन । 

दलित अधिकारकर्मी भन्छन्,“कथित दलित समुदायमाथिका विभेद राज्यद्वारा नीतिबद्ध बनाएर गरिएको विभेद हो । पूर्णबहादुर कुसल कला साधक हुन् । उनी सिर्जना सुनाएर आयआर्जन गर्छन् । उनी मगन्ते होइनन् ।” हो, चलचित्रले पूर्णबहादुरलाई मगन्ते बनाएको छ । जुन समाजले सारङ्गी बजाउनेलाई मगन्ते भन्दै आएकै थियो त्यही यथार्थ देखाइएको छ । खाँचो त पूर्णबहादुर मगन्ते होइनन्, उनी एक अब्बल र कर्मशील कलाकार हुन् भनेर साबित गराए । चलचित्रमा पूर्णबहादुरले छोरालाई पढाएर चिकित्सक बनाएपछि उसले भोगे जस्तै अपमान र विभेद के अब उसको छोराले सहनु पर्दैन ? भन्ने जवाफको थियो । 

हाम्रो समाजमा प्रशस्तै घटना घटिरहेका छन् जातका आधारमा । यो ‘ब्राह्मणवादी’ सोचको पराकाष्ठा हो । समाजमा विद्यमान यो सोच चिरेर मान्छेले मान्छेमाथि गरिएको अमानवीय आचरणप्रति लज्जाबोध गराउनुपर्ने अहम् मुद्दालाई चलचित्रका निर्देशक (सरोज पौडेल)ले बेवास्ता गरेको देखिन्छ । 

आँसु बेच्न सजिलो छ, यदि ढङ्ग पुग्यो भने । पूर्णबहादुरको सारङ्गीले नेपाली चलचित्रको इतिहास नै रच्यो यस हिसाबले । अभियनले रुवाएको चलचित्रमा विषयवस्तु भने कुनै अनौठो र अपरिचत होइन । दलित समुदायको रोदनलाई सिँढी बनाएर सत्तामा पुगेपछि सबै भुले जस्तै चलचित्र पूर्णबहादुरको सारङ्गीले पनि समाजको चरम विभेदमा परेको समुदायमाथि न्याय गर्ने उद्देश्य गौण ठानेको देखिन्छ । कलाकारको अभिनयले रोदनको व्यापार गर्दैमा चलचित्रले इतिहास रच्न सक्छ तर सफल र चमत्कारपूर्ण चलचित्र भन्न सुहाउँदैन । पूर्णबहादुरको सारङ्गीले उठाउनुपर्ने थुप्रै सामाजिक मुद्दाहरु कलाकारको आँसुसँगै विलीन भएका छन् । अर्थहीन भएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE