Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

‘दुर्घटना न्यूनीकरणका लागि संवेदनशील भएर लाग्नुहोस्’

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धमा आयोजित छलफलमा उनले यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुनबमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया कडाइका साथ लागु गर्न र सडक सुधारका कार्यमा सक्रियताका साथ लाग्न सरोकार भएका निकायलाई निर्देशन दिएका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सडक सुरक्षामा ध्यान दिएर दुर्घटना न्यूनीकरणका लागि सरोकार भएका निकायसँग गहन छलफल भएको बताए । “यात्रुवाहक सवारी साधनमा मालसामान नबोक्न र मालवाहक सवारी साधनमा यात्रु नबोक्न मन्त्री लेखकले आग्रह गर्नुभएको छ”, प्रवक्ता तिवारीले भने, “लामो दूरीका सवारी साधनमा दुई वटा चालक, यात्रुवाहक बसहरूमा टिकट अनिवार्य गरे/नगरेको विषयमा तत्काल जाँच गरेर लागू गर्न पनि निर्देश भएको छ ।”

मन्त्री लेखकले जोखिम रहेका सडक तथा राजमार्गहरू तत्काल मर्मत सम्भारमा ध्यान दिन पनि सम्बन्धित मन्त्रालयका अधिकारीहरूलाई आग्रह गरेका थिए । “जोखिमपूर्ण सडकको तत्काल मर्मत गर्न सम्बद्ध पक्ष र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिइएको छ”, प्रवक्ता तिवारीले भने, “ट्राफिक नियम उल्लङ्घन गर्ने यातायातलाई कारबाही गर्दा यातायात व्यवसायीले पनि सहयोग गर्नुपर्नेमा यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।”

बैठकमा सहभागीहरूले प्रविधिमैत्री यातायात क्षेत्रको विकासका साथै ट्राफिक व्यवस्थापनमा पनि आधुनिक प्रविधिको प्रयोग गर्न जोड दिइएको प्रवक्ता तिवारीले जानकारी दिए । बैठकमा मन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल, सडक विभागका सिडिई राकेश महर्जन, नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालगायतको सहभागिता रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending