Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सुनिता डंगोल भन्छिन्- नेपाली युवाहरु विश्व बजारमा प्रतिस्पर्धी रहेको महसुस गरे

खबरडबली संवाददाता

काठमाडौं । ‘नेपाली युवाहरु विश्व बजारमा प्रतिस्पर्धी रहेको महसुस गरेँ ।’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलको विशिष्ट कक्षमा प्रतिक्रिया दिँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘युवाहरुको क्षमतालाई पहिचान र उपयोग गर्न सके नेपालको उन्नतिमा ठूलो योगदान पुग्नेछ ।’ 

अमेरिकामा नेपाली डायस्पोरासँगको भेटघाट, संवादको प्रसङ्ग स्मरण गर्दै उनले भनिन्, ‘अन्तरराष्ट्रिय स्तरमा हासिल गरेका ज्ञान र सिपलाई स्थानीयकरण गर्ने बाटो अहिलेका लागि उपयुक्त हुन्छ ।’ विशिष्ट कक्षमा उनलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले स्वागत गरेका थिए । नेपाली युवा राजनीतिज्ञको प्रतिनिधित्व गर्दै असोज २ गते उनी प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलमा सहभागी भएर महासंघको ७९ औ महासभामा भाग लिन अमेरिका प्रस्थान गरेकी थिइन् । 

'कसैलाई पनि पछाडि नछाडौँ, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य गरौँ’ भन्ने नाराका साथ भदौ २७ गते महासभा सुरु भएको थियो । उच्चस्तरीय छलफल भने असोज ८ गते देखि सुरु भएका थिए ।

उपप्रमुखले समिट अफ द फ्युचरसहितका सत्रहरुमा भाग लिनुभएको थियो । सहभागी भएका सत्रका विषयमा जानकारी दिँदै उनले भनिन्, ‘दिगो विकास लक्ष्यका सम्भावना, डिजिटल टेक्नोलोजी यसमा पनि कृतिम बौद्धिकता (एआइ) को उपयोग र दुरुपयोगका विषयमा सुक्ष्म छलफल भयो । कृतिम बौद्धिकताको उपयोगका विषयमा अहिले मार्ग निर्देश गर्न सकिएन भने भोलि संकट आउन सक्नेप्रति सचेत गराइएको छ ।’ उनले भनिन्, ‘जलबायु परिवर्तनको विषय अर्को महत्वपूर्ण विषय हो । 

नेपालजस्ता उद्योग नभएका देशले जलबायुमा कुनै असर गरेका छैनन् । ठूला औद्योगिक देशबाट उत्सर्जित विकारले निम्तिएको विपत्ति नेपाल जस्ता मुलुकले व्यहोरेका छन् । यसको निराकरणका लागि समस्या सिर्जना गर्नेहरुले जैविक विविधता जोगाउन लगानी गर्नु पर्ने विषयले महत्व पाएको थियो ।’   

सत्रहरुका बिचमा उनले, यूएन पक्ष एजेन्सीका अधिकारीहरुसँग भेटवार्ता गरेकी थिइन् । यस्तै हावर्ड विश्वविद्यालय, कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रियात्मक सम्बाद भएको थियो । सत्रहरुमा जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यसहित विश्वव्यापी रुपमा देखा परेको युद्धको जटिल अवस्था र यसले पारेको असर, कोरोना पश्चातको मुल्यवृद्धि र गरिबी, मानव स्वास्थ्यको प्रतिकुलता, खाद्य संकटलगायत विषयमा छलफल भएका थिए । छलफलमा भाग लिन विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु सहभागी भएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: