Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सुनिता डंगोल भन्छिन्- नेपाली युवाहरु विश्व बजारमा प्रतिस्पर्धी रहेको महसुस गरे

खबरडबली संवाददाता

काठमाडौं । ‘नेपाली युवाहरु विश्व बजारमा प्रतिस्पर्धी रहेको महसुस गरेँ ।’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलको विशिष्ट कक्षमा प्रतिक्रिया दिँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘युवाहरुको क्षमतालाई पहिचान र उपयोग गर्न सके नेपालको उन्नतिमा ठूलो योगदान पुग्नेछ ।’ 

अमेरिकामा नेपाली डायस्पोरासँगको भेटघाट, संवादको प्रसङ्ग स्मरण गर्दै उनले भनिन्, ‘अन्तरराष्ट्रिय स्तरमा हासिल गरेका ज्ञान र सिपलाई स्थानीयकरण गर्ने बाटो अहिलेका लागि उपयुक्त हुन्छ ।’ विशिष्ट कक्षमा उनलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले स्वागत गरेका थिए । नेपाली युवा राजनीतिज्ञको प्रतिनिधित्व गर्दै असोज २ गते उनी प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलमा सहभागी भएर महासंघको ७९ औ महासभामा भाग लिन अमेरिका प्रस्थान गरेकी थिइन् । 

'कसैलाई पनि पछाडि नछाडौँ, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य गरौँ’ भन्ने नाराका साथ भदौ २७ गते महासभा सुरु भएको थियो । उच्चस्तरीय छलफल भने असोज ८ गते देखि सुरु भएका थिए ।

उपप्रमुखले समिट अफ द फ्युचरसहितका सत्रहरुमा भाग लिनुभएको थियो । सहभागी भएका सत्रका विषयमा जानकारी दिँदै उनले भनिन्, ‘दिगो विकास लक्ष्यका सम्भावना, डिजिटल टेक्नोलोजी यसमा पनि कृतिम बौद्धिकता (एआइ) को उपयोग र दुरुपयोगका विषयमा सुक्ष्म छलफल भयो । कृतिम बौद्धिकताको उपयोगका विषयमा अहिले मार्ग निर्देश गर्न सकिएन भने भोलि संकट आउन सक्नेप्रति सचेत गराइएको छ ।’ उनले भनिन्, ‘जलबायु परिवर्तनको विषय अर्को महत्वपूर्ण विषय हो । 

नेपालजस्ता उद्योग नभएका देशले जलबायुमा कुनै असर गरेका छैनन् । ठूला औद्योगिक देशबाट उत्सर्जित विकारले निम्तिएको विपत्ति नेपाल जस्ता मुलुकले व्यहोरेका छन् । यसको निराकरणका लागि समस्या सिर्जना गर्नेहरुले जैविक विविधता जोगाउन लगानी गर्नु पर्ने विषयले महत्व पाएको थियो ।’   

सत्रहरुका बिचमा उनले, यूएन पक्ष एजेन्सीका अधिकारीहरुसँग भेटवार्ता गरेकी थिइन् । यस्तै हावर्ड विश्वविद्यालय, कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रियात्मक सम्बाद भएको थियो । सत्रहरुमा जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यसहित विश्वव्यापी रुपमा देखा परेको युद्धको जटिल अवस्था र यसले पारेको असर, कोरोना पश्चातको मुल्यवृद्धि र गरिबी, मानव स्वास्थ्यको प्रतिकुलता, खाद्य संकटलगायत विषयमा छलफल भएका थिए । छलफलमा भाग लिन विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु सहभागी भएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending