काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ।
कामना न्यूज पब्लिकेसन्स् परिसरमा आयोजित कार्यक्रममा विमोचन गरिएको १८ कथासंग्रहले मानसिक तथा शारीरिक स्वास्थ्य, मानवीय संवेदना, सामाजिक विभेद, प्रेम, न्याय, स्वास्थ्य सेवा र जीवन संघर्षलाई मनोवैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गरेको छ। बाहिरबाट सामान्य देखिने तर भित्र गहिरो पीडा र संघर्ष बोकेर बाँचिरहेका मानिसहरूको कथा यस संग्रहको मुख्य विषयवस्तु रहेको छ।
पुस्तकमाथि समीक्षा गर्दै समालोचक प्राडा दयाराम श्रेष्ठले ‘डोपामिन’लाई नेपाली कथा साहित्यमा मनोविज्ञान र आख्यानको प्रभावशाली संयोजन भएको कृतिका रूपमा चित्रण गर्नुभयो। उहाँले संग्रहका अधिकांश कथामा साहित्यिक इमानदारी, शिल्पगत परिपक्वता र आख्यानात्मक सौन्दर्य रहेको उल्लेख गर्दै लेखकले मानिसको मानसिक द्वन्द्वलाई अत्यन्त आकर्षक शैलीमा प्रस्तुत गरेको बताउनुभयो।
उहाँका अनुसार यो संग्रह केवल कथा पुस्तक नभई पाठकलाई आफ्नै मनभित्र यात्रा गराउने कृति हो। कथाहरूमा हीनताबोध, आत्महत्याभित्रका यथार्थ, मानसिक अशान्ति, पलायनवाद, कुण्ठा, यौन शोषणलगायत विषयलाई मनोवैज्ञानिक कोणबाट प्रस्तुत गरिएको छ।
वरिष्ठ पत्रकार तथा कथाकार श्रीराम सिंह बस्नेतले कथा संग्रह कल्पनाभन्दा यथार्थको धरातलमा उभिएको उल्लेख गर्दै यसलाई "पठनीय मात्र होइन, मननीय कृति" को संज्ञा दिनुभयो।
नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष कपिल काफ्लेले लेखक अधिकारीको यसअघि प्रकाशित ‘मर्फिन’ ले पीडाको शान्त पक्षलाई उजागर गरेको स्मरण गर्दै ‘डोपामिन’ले भने पीडाभित्र लुकेको आशा, प्रेरणा र मानव मस्तिष्कका अदृश्य रासायनिक प्रक्रियालाई कथामार्फत बुझाउने प्रयास गरेको बताउनुभयो।
लेखक लक्ष्मण अधिकारीले आफूले शरीरका रोगभन्दा गहिरा मानसिक घाउ बोकेका पात्रहरूको कथा प्रस्तुत गरेको बताउनुभयो। स्वास्थ्य र मनोविज्ञानको सीमामा उभिएका पात्रमार्फत वैज्ञानिक आधारमा सत्यतथ्य सूचना प्रस्तुत गर्ने प्रयास गरिएको उहाँको भनाइ थियो। साहित्यले पनि मानिसलाई खुसी दिने भएकाले खुसीसँग सम्बन्धित हार्मोनको नामबाट पुस्तकको शीर्षक ‘डोपामिन’ राखिएको उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा कामना न्यूज पब्लिकेशन्स्का अध्यक्ष दिरेकलाल श्रेष्ठले ‘डोपामिन’ नेपाली कथा साहित्यमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले लेखक अधिकारीको अनुशासन, सिर्जनाप्रतिको निष्ठा र स्वास्थ्य पत्रकारितामा पुर्याएको योगदानको प्रशंसा गर्दै यो संग्रह आधुनिक मानिसको मन, सम्बन्ध, एक्लोपन, चाहना र पीडाको ऐना बनेको बताउनुभयो।
नेपाल पत्रकार महासंघ, कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले पुस्तकले समकालीन समाजमा बढ्दो मानसिक स्वास्थ्यसम्बन्धी बहसलाई साहित्यमार्फत नयाँ उचाइ दिएको धारणा व्यक्त गर्नुभयो।
संग्रहमा समावेश ‘रेफर नहुँदा’, ‘पश्चात्तापको आगो’, ‘एक आरोपको मूल्य’, ‘चँगेरीको माया’, ‘उसको ठाउँमा बसेर’, ‘सपना साँचेको जून’ र ‘न सुसाइड न हनिमुन’ लगायतका कथाले अस्पतालदेखि समाजसम्म फैलिएको पीडा, अन्याय, प्रेम, करुणा र मानसिक संघर्षलाई जीवन्त रूपमा चित्रण गरेका छन्।
स्वास्थ्य, मनोविज्ञान र साहित्यलाई एउटै कथात्मक धरातलमा जोड्ने प्रयासका कारण ‘डोपामिन : खुसी र प्रेरणा’ समकालीन नेपाली कथा साहित्यमा फरक पहिचान बनाउने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - ०९:१०
रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...
आषाढ़ १८ गते, २०८३ - ०९:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...
आषाढ़ १८ गते, २०८३ - ०९:००
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...
आषाढ़ १८ गते, २०८३ - ०८:१८
चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धि...
आषाढ़ १८ गते, २०८३ - ०८:००
काठमाडौं । १३ चैतमा गृहमन्त्रीको शपथ लिएसँगै सुधन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए। पदभार सम्हालेकै साँझ प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षा नेतृत्वस...
आषाढ़ १८ गते, २०८३ - ०७:३७
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...
आषाढ़ १८ गते, २०८३ - ०७:३५
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...
आषाढ़ १८ गते, २०८३ - ०७:३२
सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...
आषाढ़ १८ गते, २०८३ - ०७:२९
काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...
आषाढ़ १८ गते, २०८३ - ०७:०५
काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...



प्रतिकृया लेख्नुहोस्: