कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पाका शाखा प्रमुख सिर्जना पाण्डेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई हजार मेट्रिक टन युरिया माग गरिएकामा एक हजार २९१.९५ मेट्रिक टन मात्रै खपत भएको थियो। सोही वर्ष ६०० मेट्रिक टन डिएपी माग गरिएकामा ६३७.७० मेट्रिक टन बिक्री भएको थियो। पोटासको माग १२५ मेट्रिक टन रहे पनि ९२.६५ मेट्रिक टन मात्र खपत भएको थियो।
आर्थिक वर्ष २०८१/८२ मा पनि युरियाको माग दुई हजार मेट्रिक टन नै रहे पनि खपत घटेर एक हजार १८६ मेट्रिक टनमा सीमित भयो। डिएपीको खपत भने ६३७ मेट्रिक टन कायम रहँदा पोटास ९२ मेट्रिक टन मात्र बिक्री भयो।
चालु आर्थिक वर्ष २०८२/८३ मा डिएपीको माग उल्लेखनीय रूपमा बढेर एक हजार मेट्रिक टन पुगेको छ। तर मागअनुसार आपूर्ति हुन नसक्दा हालसम्म ५७१ मेट्रिक टन मात्र जिल्लामा पुगेको छ, जसमध्ये ४३६ मेट्रिक टन बिक्री भइसकेको छ।
यता युरियाको माग भने घटेर एक हजार ५०० मेट्रिक टनमा झरेको छ। हालसम्म एक हजार २८८ मेट्रिक टन युरिया प्राप्त भएकोमा एक हजार २६० मेट्रिक टन किसानले प्रयोग गरिसकेका छन्। पोटासतर्फ १५० मेट्रिक टन माग गरिएकामा ११० मेट्रिक टन प्राप्त भएको र ८३ मेट्रिक टन बिक्री भएको कम्पनीले जनाएको छ।
शाखा प्रमुख पाण्डेका अनुसार डिएपी धान रोपाइँको प्रारम्भिक चरणमा प्रयोग हुने भएकाले यसको माग बढ्दो छ। युरिया भने बालीको वृद्धि चरणमा प्रयोग हुने भएकाले यसको माग समयअनुसार फरक पर्ने गर्छ। साथै सन्तुलित मल प्रयोगबारे किसानमा चेतना बढ्दै जाँदा युरियाको अत्यधिक प्रयोग पनि घट्दै गएको उनले बताइन्।
पाल्पाको माडी फाँटलगायत क्षेत्रमा परम्परादेखि हरियो मल (ढैंचा) प्रयोग गर्ने चलन रहेकाले धान खेतीमा युरियाको प्रयोग तुलनात्मक रूपमा कम हुने गरेको किसान छवि थापाको भनाइ छ। उनका अनुसार ढैंचाले माटोको उर्वराशक्ति बढाउने र उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले रासायनिक मलको आवश्यकता कम पर्ने गरेको छ।
जिल्लाका १० वटै स्थानीय तहमा सूचीकृत सहकारी संस्थामार्फत स्थानीय तहको सिफारिसका आधारमा कृषि सामग्री कम्पनीबाट मल वितरण हुँदै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - ०७:३७
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...
आषाढ़ १८ गते, २०८३ - ०७:३५
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...
आषाढ़ १८ गते, २०८३ - ०७:३२
सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...
आषाढ़ १८ गते, २०८३ - ०७:२९
काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...
आषाढ़ १८ गते, २०८३ - ०७:०५
काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...
आषाढ़ १८ गते, २०८३ - ०७:०४
काठमाडौं । चाडै नै छायांकनमा जान लागेको फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका न...
आषाढ़ १८ गते, २०८३ - ०६:५८
काठमाडौं । मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी कोइरी महत...
आषाढ़ १८ गते, २०८३ - ०६:५६
कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। ...
आषाढ़ १८ गते, २०८३ - ०६:५२
पाल्पा । पाल्पामा पछिल्ला केही वर्षयता डिएपी (डाइ–अमोनियम फस्फेट) मलको माग निरन्तर बढ्दै गएको छ भने युरिया मलको खपत क्रमशः घट्दै गएको तथ्यांकले देखाएक...
आषाढ़ १८ गते, २०८३ - ०६:४८
खोटाङ । नेपाल तरुण दल खोटाङका जिल्ला अध्यक्ष काजीमान राईसहित ४० जना युवा नेताले आफ्नो पदबाट सामूहिक राजीनामा दिएका छन्। जिल्ला खेलकुद विकास समितिको...



प्रतिकृया लेख्नुहोस्: