Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

एम्बुलेन्सबाट निकालेर घाइतेको हत्या प्रकरण : एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद

खबरडबली संवाददाता

काठमाडौं । मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पाँच वर्ष कैद सजाय सुनाएको छ।

कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले जिल्ला अदालत महोत्तरीले दिएको सफाइको फैसला उल्ट्याउँदै कोइरीलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो।

यसअघि जिल्ला अदालत महोत्तरीले २०८० मंसिरमा कोइरीसहित केही आरोपितलाई सफाइ दिएको थियो। तर उच्च अदालतले उक्त फैसला संशोधन गर्दै कोइरीलाई दोषी ठहर गरेको हो।

यो घटना २०७२ साल भदौ २५ गते मधेश आन्दोलनका क्रममा महोत्तरीमा भएको थियो। आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा असई थमन विकसहित केही सुरक्षाकर्मी गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल जलेश्वर लगिएको र त्यहाँबाट थप उपचारका लागि जनकपुर पठाउने क्रममा महोत्तरीको सनोखडामा एम्बुलेन्स रोकिएको थियो।

अभियोगअनुसार त्यसपछि आन्दोलनकारीहरूले एम्बुलेन्सबाट घाइतेहरूलाई निकालेर खेतमा लुकेको अवस्थाबाट खोजी गर्दै सांघातिक आक्रमण गरेका थिए। उक्त आक्रमणमा असई थमन विकको मृत्यु भएको थियो।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका केही आरोपितहरूले लक्ष्मी कोइरी महतोको पनि संलग्नता रहेको बयान दिएका थिए। मुद्दा दर्ता भएपछि उनी फरार भएका थिए। फरार अवस्थामै उनी एमालेमा प्रवेश गरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित भएका थिए।

फरार रहेकै अवस्थामा उनले पटक–पटक प्रतिनिधिसभा बैठकमा समेत सहभागिता जनाएका थिए। जिल्ला अदालतबाट सफाइ पाएपछि उनी खुला रूपमा सार्वजनिक कार्यक्रममा देखिन थालेका थिए। तर उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेको हो।

उच्च अदालतले यसै मुद्दामा प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला सदर गरेको छ। यस्तै, अभिराम शर्मा, धमेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सट्टा पाँच–पाँच वर्ष कैद सजाय हुने फैसला गरेको छ।

त्यसैगरी, जिल्ला अदालतबाट सफाइ पाएका लक्ष्मी कोइरी महतो र पवन कापरलाई पनि उच्च अदालतले दोषी ठहर गर्दै पाँच–पाँच वर्ष कैद सजाय सुनाएको छ।

कोइरी गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेबाट महोत्तरी–१ का उम्मेदवार बनेका थिए। तर उक्त निर्वाचनमा उनी तेस्रो स्थानमा सीमित भएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री गुरुङका १०० दिन : ‘पहिला थुन्ने, अनि सुन्ने’ शैलीमा

काठमाडौं । १३ चैतमा गृहमन्त्रीको शपथ लिएसँगै सुधन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए। पदभार सम्हालेकै साँझ प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षा नेतृत्वस...

काभ्रेमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...

सल्यानमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...

बुहारीमाथि यौन दुर्व्यवहारको आरोपपछि आत्महत्या, ससुरा पक्राउ

सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...

मनसुन थप सक्रिय, शुक्रबारसम्म भारी वर्षाको सम्भावना; बाढी–पहिरोको जोखिम बढ्यो

काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...

मानसिक स्वास्थ्यको अदृश्य यथार्थ उजागर गर्ने ‘डोपामिन : खुसी र प्रेरणा’ सार्वजनिक

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...

टंकको ‘मन विनाको धन २’मा पूजा र महेशपछि विपिनको प्रवेश

काठमाडौं । चाडै नै छायांकनमा जान लागेको फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका न...

एम्बुलेन्सबाट निकालेर घाइतेको हत्या प्रकरण : एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद

काठमाडौं । मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी कोइरी महत...

बरास्कोटको नयाँ अभ्यास : ज्येष्ठ नागरिक र अपाङ्गता भएका लाभग्राहीलाई घरमै सामाजिक सुरक्षा भत्ता

कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। ...

डिएपीको माग बढ्यो, युरियाको खपत घट्यो : पाल्पामा बदलिँदै किसानको मल प्रयोगको प्रवृत्ति

पाल्पा । पाल्पामा पछिल्ला केही वर्षयता डिएपी (डाइ–अमोनियम फस्फेट) मलको माग निरन्तर बढ्दै गएको छ भने युरिया मलको खपत क्रमशः घट्दै गएको तथ्यांकले देखाएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending