मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका सभापति शेरबहादुर देउवाले मुलुक र पार्टीका लागि अहिलेसम्म गरेका योगदानभन्दा फरक ढंगबाट त्याग गर्नुपर्ने बताएका छन् ।
सभापति देउवाले आफ्नै पुस्ताका कुनै एक सक्षम नेतालाई प्रधानमन्त्री बन्ने अवसर दिएर त्याग गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ । कांग्रेसको केन्द्रीय स्थानीय समन्वय विभागको आयोजनामा आइतबार हेटौँडामा भएको अन्तरसंवाद कार्यक्रममा शर्माले यस्तो धारणा राखेका हुन् । ‘हाम्रो सभापतिको नेतृत्वमा धेरै काम भएका छन् । उहाँले देश र पार्टीका लागी धेरै योगदान गर्नुभएको छ । अब उहाँले त्याग गर्ने वेला आएको छ । त्यो भनेको आगामी दिनमा आफू प्रधानमन्त्री नबनेर पार्टीका आफ्नै समकालीन कसैलाई प्रधानमन्त्री बनाउने हो,’ उनले भने, ‘सभापतिज्यूलाई अनुरोध छ, केपी शर्मा ओलीपछि आफ्नो समकालीन कुनै साथीलाई प्रधानमन्त्री बनाउनुहोस् ।’
महामन्त्री शर्माले २०८४ पछि कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा आफूहरुले जिम्मेवारी लिने बताए । उनले पार्टीका अर्का महामन्त्री गगन थापातर्फ संकेत गर्दै २०८४ पछि प्रधानमन्त्री बन्ने मानिस मुलुकले चिनिसकेको दावी गरे । त्यसका लागी आफू पनि त्याग गर्न तयार रहेको उनको भनाइ थियो । नेपालमा सरकार चलाउनभन्दा पनि ढलाउनका लागि बन्ने गरेको भन्दै उनले अब संविधानमै पाँच वर्षसम्मै सरकार चलाउन पाउने व्यवस्था उल्लेख गर्न आवश्यक भएको औंल्याए । उनले कांग्रेसभित्रैबाट नेपालमा एकपटक राष्ट्रपति र दुईपटक मात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्थाका निम्ति छलफल चलाइरहेको जानकारी दिए ।
फरक प्रसंगमा महामन्त्री शर्माले सहकारीको रकम अपलचनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि गहिरो छानबीन हुनुपर्ने माग गरे । उनले सार्वजनिक पदमा बसेका व्यक्ति जो कोहि भएपनि आरोप लागेपछि छानविनबाट भाग्ने छुट नभएको प्रष्ट्याए । ‘सहकारीको रकम अपचलन गरेको आरोप लागेका पार्टीका उपसभापतिमाथी गहिरोसँग छानविन होस भन्ने हाम्रो चाहना छ । स्वयं उपसभापति गुरुङ आफैँले पनि संसद्मै आफूमाथि छानबीनका लागि आग्रह गर्नुभएको छ,’ उनले भने, गलत गरेको छैन भने नखाएको बिष लाग्दैन । गलत गरेको छ भने कसैले पनि उम्किन पाउनु हुँदैन ।’
महामन्त्री शर्माले स्थानीय तहबाट निर्वाचित कांग्रेसका जनप्रतिनिधिबाट नागरिकले ठूलो अपेक्षा नगरेको उल्लेख गर्दै स–साना सुधारमा ध्यान दिन सके मात्रै पनि नागरिक खुशि हुने अवस्था रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: