काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बनाउन आफ्नो विधान संशोधन गर्ने तयारी थालेको छ।
रास्वपाले झन्डै दुई तिहाइ मत ल्याएपछि, बालेन शाहलाई संसदीय दलको नेता बनाउनका लागि विधानको धारा ६६ मा आवश्यक प्रावधानहरू हेरफेर गर्ने योजना बनाएको सहप्रवक्ता प्रतिभा रावल ले जानकारी दिइन्।
उनी भन्छिन्, “हामीले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा गएका थियौं। संसदीय दलको नेता पनि उहाँलाई बनाउन विधानमा आवश्यक प्रावधान परिमार्जन गर्नेछौं।”
वर्तमान विधान अनुसार, धारा ६६ (८) का उपधाराहरूले प्रतिनिधि सभा संसदीय दलको नेता चयन प्रक्रिया यसरी व्यवस्था गरेको छ:
(क) संघीय निर्वाचन अगावै पार्टीका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारबीच निर्वाचन।
(ख) दलको नेता चयनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरूलाई मतदाता बनाउने व्यवस्था।
रास्वपाले यही व्यवस्थालाई संशोधन गर्दै, प्रधानमन्त्रीको उम्मेदवार पहिले नै तोकिएको अवस्थामा सहज प्रक्रियाका लागि व्यवस्था मिलाउने योजना बनाएको छ।
पार्टीका सभापति रवि लामिछाने केही दिनदेखि अस्वस्थ भएकाले बैठक बस्न ढिलाइ भएको रास्वपाकी नेताहरूले बताइरहेका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले १८२ सिट जितेर दुई तिहाइको नजिक पुगेको थियो। प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट प्राप्त भएको थियो। समानुपातिक उम्मेदवार छनोटका लागि सभापति रवि लामिछाने र बालेन शाहबीच अनौपचारिक छलफल भइरहेको पार्टी स्रोतले जनाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...
फाल्गुन २९ गते, २०८२ - १४:२८
काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...
फाल्गुन २९ गते, २०८२ - १४:१९
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...
फाल्गुन २९ गते, २०८२ - १४:०६
काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...
फाल्गुन २९ गते, २०८२ - १३:५६
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...
फाल्गुन २९ गते, २०८२ - १३:५६
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...
फाल्गुन २९ गते, २०८२ - १३:५०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली का पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनको निधनप्रति नेपाली कांग्रेस र नेकपा दु...


प्रतिकृया लेख्नुहोस्: