Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

खबरडबली संवाददाता

काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ ।

अभियानका तर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालसहितको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी धन्यवाद ज्ञापन गरेको हो ।

शान्तिपूर्ण, निष्पक्ष तथा व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि गृहमन्त्रीमार्फत सरकारलाई धन्यवाद दिएको हो । अभियानले निर्वाचन सफल बनाउन सरकार तथा निर्वाचन आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ ।

त्यस अवसरमा गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बद्ध सबैलाई धन्यवाद दिए ।

लोकतान्त्रिक व्यवस्थामा निर्वाचनमार्फत जनादेश लिनु संवैधानिक र कानुनी दृष्टिले सर्वोत्तम पक्ष भएको उल्लेख गर्दै उनले अब संविधान कार्यान्वयन एवम् नेपाली जनताले प्राप्त गरेको हक अधिकार संस्थागत गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

“निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय निकै सराहनीय छ । यसले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त भएको छ”, मन्त्री अर्यालले भन्नुुभयो ।

अभियानले विषम परिस्थितिमा पनि शान्तिपूर्ण, मर्यादित तथा भयरहित निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयले निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको र यसले नागरिकको लोकतन्त्रप्रतिको विश्वासलाई पनि थप मजबुत बनाएको उल्लेख गरेको छ ।

“आवधिक निर्वाचन लोकतान्त्रिक शासन प्रणालीका आधारभूत स्तम्भका रूपमा रहेकाले यस्तो संवेदनशील राष्ट्रिय दायित्वलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सरकारद्वारा गरिएको नीतिगत, प्रशासनिक तथा सुरक्षा व्यवस्थासम्बन्धी तयारी र समन्वय प्रसंशनीय छ”, नागरिक अभियानको धन्यवाद पत्रमा उल्लेख भनिएको छ,“निर्वाचन अवधिभर कायम गरिएको शान्तिसुरक्षा, नागरिकको सहभागितामूलक वातावरण सुनिश्चित गर्न गरिएको पहल तथा निर्वाचन प्रक्रियाप्रति जनविश्वास अभिवृद्धि गर्न सरकारबाट भएको सक्रिय प्रयासले लोकतानित्रक प्रणालीप्रति जनआस्था सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ । यस महत्त्वपूर्ण राष्ट्रिय कार्यलाई सफल बनाउन सरकारका मन्त्रीहरू, सुरक्षा निकाय, प्रशासनिक संयन्त्र तथा सम्बन्धित सबै निकायले निर्वाह गरेको समन्वयात्मक र उत्तरदायी भूमिकाको समेत सराहनीय  छ ।”

नागरिक अभियानले आगामी दिनमा पनि लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन, मानव अधिकारको संरक्षण तथा सुशासन प्रवर्द्धनमा सरकारको सक्रिय नेतृत्व र प्रतिबद्धता निरन्तर रहिरहने विश्वास व्यक्त गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु

काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...

काठमाडौंमा एलपी ग्यास अभावबारे सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...

५३ वर्षीय गोविन्द जो सात निर्वाचनमा म्यादी प्रहरी बने

कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...

धमाधम चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नौ लाख, अरु नेता कसको कति ?

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...

रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ, बालेनसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: