बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ ।
भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचार सम्बन्धि नवीन प्रविधि र अनुभव आदान–प्रदान शैक्षिक कार्यक्रम आयोजना गरेको हो ।
‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई) कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा क्यान्सर रोगको पहिचान, शल्यक्रिया तथा आधुनिक उपचार विधिमा भएका पछिल्ला प्रगतिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा म्याक्स सुपर स्पेसियालिटी अस्पताल, लखनउका न्यूक्लियर मेडिसिन निर्देशक डा शाश्वत वर्माले ‘पेट–सिटीस् ए प्रिसिजन टुल इन पेसेन्ट केयर’ विषयमा प्रस्तुति दिँदै अत्याधुनिक इमेजिङ प्रविधिले क्यान्सरको प्रारम्भिक पहिचान र सही चरण निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
सोही अस्पतालका युरोलोजी, किड्नी ट्रान्सप्लान्ट तथा रोबोटिक युरो अन्कोलोजी निर्देशक डा राहुल यादवले ‘रोबोटिक्स इन युरोलोजी एन्ड युरोअन्कोलोजीस् आवर एक्सपेरियन्स’ विषयमा प्रस्तुति दिँदै जटिल युरोलोजिकल क्यान्सरका बिरामीमा रोबोटिक सहायताबाट गरिने शल्यक्रियाले उपचारलाई अझ सुरक्षित र प्रभावकारी बनाएको बताए ।
कार्यक्रमको अर्को सत्रमा म्याक्स सुपर स्पेसियालिटी हस्पिटलका प्रिन्सिपल कन्सल्टेन्ट तथा सर्जिकल अन्कोलोजी एवं रोबोटिक सर्जरी विशेषज्ञ डा शशाङ्क चौधरीले ‘रोल अफ रोबोटिक सर्जरी इन क्यान्सर ट्रिटमेन्ट’ विषयमा बोल्दै न्यून चिरफार (मिनिमली इनभेसिभ) प्रविधिबाट गरिने शल्यक्रियाले बिरामीलाई छिटो निको हुन सहयोग गर्ने जानकारी दिए ।
कार्यक्रममा बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका क्लिनिकल अन्कोलोजी विभाग प्रमुख डा मुकेश यादवले ‘रोल अफ रेडियोथेरापी इन क्यान्सर केयर’ विषयमा प्रस्तुति दिँदै विभिन्न प्रकारका क्यान्सरको उपचारमा आधुनिक विकिरण उपचार (रेडियोथेरापी)को महत्वबारे चर्चा गरे।
लखनउ नेपालगञ्ज आसपासबाट करिब साढे दुई घण्टाको दूरीमा रहेको उल्लेख गर्दै पश्चिम नेपालका बिरामीका लागि त्यहाँ उपचार लिन सहज हुने चिकित्सकको भनाइ थियो ।
म्याक्स सुपर स्पेसियालिटी हस्पिटल लखनउले एउटै छानामुनि समग्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएको जानकारी दिइएको छ । अस्पतालमा सर्जिकल अन्कोलोजी, किमोथेरापी, इम्युनोथेरापी, टार्गेटेड थेरापी तथा अत्याधुनिक रेडिएसन थेरापी सेवा उपलब्ध छन् ।
अस्पतालमा जटिल क्यान्सर शल्यक्रियाका लागि डा भिन्ची रोबोटिक सर्जिकल सिस्टम, क्यान्सरको सटिक पहिचान र स्टेजिङका लागि बायोग्राफ ट्रिनियन डिजिटल पेट सिटी प्रणाली, तथा हाइपरआर्क प्रविधिसहितको ईडीजीई रेडिएसन थेरापी प्लेटफर्मजस्ता आधुनिक प्रविधि प्रयोगमा रहेको जनाइएको छ ।a
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...



प्रतिकृया लेख्नुहोस्: