Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

खबरडबली संवाददाता

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ ।

शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले उक्त जघन्य अपराधको घोर भर्त्सना गर्दै दोषीलाई उन्मुक्ति नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदर्शनकारीले आगामी दिनमा यस्ता अमानवीय घटना हुन नदिन सरकारलाई कडा कदम चाल्न दबाब दिएका हुन् ।

विरोध कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता कविता चन्द सोडारीले हत्या र बलात्कार जस्ता जघन्य अपराधका घटना पुन: दोहोरिन नदिन आवश्यक परे कानुनमा संशोधन गरेर भए पनि कडा व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। उनले अपराधीहरू उत्साहित हुनुमा जिम्मेवार निकायको फितलो अनुसन्धान र ढाकछोप गर्ने प्रवृत्ति मुख्य कारण रहेको आशङ्का व्यक्त गर्दै आक्रोश समेत प्रकट गरिन्।

अभियन्ता सोडारीले भनिन्, 'सुर्खेतमा घटेको यो घटना निकै दयनीय छ । यस्ता घटना पटक-पटक दोहोरिनुले अपराधीहरू थप उत्साहित भइरहेका हुन् कि भन्ने देखिन्छ । सरकारका जिम्मेवार निकायले यस्ता घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई निमिट्यान्न पार्न नीतिगत रूपमै सुधार गर्नुपर्छ ।'

प्रदर्शनमा सहभागीले 'इनिसालाई न्याय देऊ', 'बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गरु, 'दोषीलाई कडा कारबाही गरु जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । उनीहरूले महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यले शून्य सहनशीलता अपनाउनुपर्ने माग राखेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: