Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

अमेरिकी विदेशमन्त्री ब्लिन्केन पोल्याण्डमा

खबरडबली संवाददाता

पोल्याण्ड । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आगामी अमेरिकी निर्वाचन र रूसी आक्रमणले युक्रेनमा नयाँ उथलपुथल मच्चाइरहेका बेला युक्रेनबारे साझा धारणा बनाउन बिहीबार पोल्याण्डका नेताहरूसँग भेटवार्ता गरेका छन् । युक्रेनी युद्धमा थप ऐक्यबद्धता जनाउन बेलायती विदेशमन्त्री डेभिड लामीसँग किएभको संयुक्त यात्रापछि शीर्ष अमेरिकी कूटनीतिज्ञ रेलबाट पोल्याण्ड गएका हुन् । 

युक्रेनले रूसको भित्री भागसम्म आक्रमण गर्न हतियारको प्रयोगमा अनुमतिका लागि गरेको अनुरोधलाई तत्काल पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएका थिए । ब्लिन्केनले प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडासँग वार्सामा छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । 

घरेलु नीतिमा विभाजित भएपनि मस्कोको अँध्यारो ऐतिहासिक स्मृतिका साथ पोल्याण्डले सन् २०२२ मा रूसले आक्रमण गरेयता युक्रेनलाई समर्थन गर्न एकता देखिएको छ । ब्लिन्केनले राष्ट्रपति जो बाइडेनको प्रशासनको अन्तिम महिनाहरू युक्रेनका लागि व्यापक र दिगो समर्थन सुनिश्चित गर्न सहयोगीहरूसँग काम गर्न प्रयोग गर्ने आशा गरेका छन् । युक्रेनले पश्चिमी सैन्य र आर्थिक सहयोग गरी अर्बौं डलर प्राप्त गरेको छ । 

नोभेम्बर ५ मा हुने अमेरिकी चुनावले युक्रेनको सबैभन्दा ठूलो समर्थकको अडानलाई नाटकीय रूपमा परिवर्तन गर्न सक्छ । निर्बाचनपूर्वको एक बहसमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनलाई जिताउन चाहेको वा नचाहेको भनी बताउन अस्वीकार गरेका थिए । बाइडेनकी राजनीतिक उत्तराधिकारी कमला ह्यारिसले राजनीतिक रूपमा महत्वपूर्ण मानिएको पेन्सिलभेनिया राज्यमा पोल्याण्डको भूमिकाको ख्याल गर्दै पोलिश–अमेरिकी मतलाई प्रभावित पार्ने उद्देश्यले ब्लिन्केनलाई पोल्याण्ड पठाएको चर्चा पनि चलेको छ । पेन्सिल्भेनियामा गरेको सम्बोधनमा ह्यारिसले युक्रेनका लागि लडाईजारी राख्ने प्रतिबद्धता जनाएकी छिन् । 

“यदि अमेरिकाले युक्रेनलाई समर्थन नगरेको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘किएभमा बसेर बाँकी युरोपमाथि आँखा लगाउने थिए’,” ह्यारिसले भनिन् । शीतयुद्धको अन्त्यपछि अमेरिकाको उत्साही सहयोगी पोल्याण्डले सन् २०१७ देखि २०२१ सम्म ट्रम्पको कार्यकालमा ट्रम्पसँग मिलेर काम गर्न चाहेको थियो । डुडाले गत अप्रिलमा न्यूयोर्कमा ट्रम्पसँग भेट गरी दुवैले एकअर्काकोे प्रशंसा गरेका थिए । 

गत वर्षको चुनावमा विजयी भएका युरोपकेन्द्रित टस्कले ध्रुवीकरणपछि लोकतन्त्र पुनःस्थापना गर्ने कुरा गरेका छन्, जुन बाइडेनको प्रमुख प्राथमिकता हो । बाइडेनले यस वर्ष टस्क र डुडालाई ह्वाइट हाउसमा संयुक्त रूपमा स्वागत गरे । युक्रेनमा द्विदलीयता व्यवस्थाको स्थापनाको सङ्केत दिएको थियो ।

ब्लिन्केनले युक्रेनमा पश्चिमी सैन्य सहयोगका लागि प्रमुख ‘लजिस्टिक गेटवे’ पोल्याण्डसँग थप समन्वयबारे छलफल गर्ने अपेक्षा गरिएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेदेखि नै अमेरिकी हतियारको खरिदमा पनि पोल्याण्डले वृद्धि गरेको छ । पोल्याण्डले गत महिना बोइङसँग १० अर्ब अमेरिकी डलरमा ९६ वटा अपाचे अट्याक हेलिकप्टर खरिद गर्ने सम्झौता गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: