Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

पाँच किलो मल लिन पाँच घण्टा लाइन

खबरडबली संवाददाता

सुलीकोट। गोरखामा धान रोपाईको चटारो चलिरहेका बेला रासायनिक मल अभाव देखिएको छ । किसानलाई पाँच किलो मल लिनका लागि पाँच घण्टा लाइनमा बस्नुपर्ने बाध्यता भएको छ । मानो खाएर मुरी उब्जाउने बेलामा आवश्यक मल पाउन किसान बिहानदेखि साँझसम्म झन्डै पाँच घण्टा लाइनमा बस्नुपर्ने बाध्यतामा किसान रहेका छन् । 

गोरखा नगरपालिका–१० का किसान विष्णु पाठकले बिहान ८ बजेदेखि लाइनमा बसेर साँझतिर पाँच किलो मल मात्र पाएको बताए। पाँच रोपनीभन्दा बढी खेतमा रोपाइँ गर्नुपर्ने भए पनि पाँच किलो मलले पर्याप्त नहुने उनको गुनासो छ । धेरै किसानले घन्टौँ लाइन बसे पनि रित्तै घर फर्कनु परेको बताएका छन् । दरौदी फाँटमा ३० रोपनी क्षेत्रफलमा लगाइएको धान खेतमा पाँच किलो मल अपुग हुने किसानको दु:खेसो छ । गोरखा नगरपलिका–१०, छेपेटारका १५० घरधुरी किसानलाई पाँचरपाँच किलो दामासाहीले मल बाँडेको महादेवटारी सहकारी संस्थाका अध्यक्ष शेल्चा तमाङले बताए। 

त्यस्तै पालुङटार नगरपालिका–१० किसानले रोपाइँ गरेको पनि दुई साताभन्दा बढी हुँदासमेत एक दाना पनि मल नपाएको गुनासो गरेका छन् । स्थानीय सहकारीले सीमित परिमाणमा मात्रै मल प्राप्त भएकाले सबै किसानलाई आवश्यक मात्रामा वितरण गर्न नसकिएको जनाएका छन् । माग अत्यधिक भए पनि आपूर्ति कम हुँदा प्रतिकिसान पाँच किलो मात्र मल वितरण गरिएको सहकारीका अध्यक्ष तामाङको भनाइ छ । 

कृषि विकास कार्यालय गोरखाले जिल्लामा मलको माग धेरै रहेको स्वीकार गर्दै गोरखामा तीन हजार पाँच सय मेट्रिक टन मलको आवश्यकता पर्ने भए पनि अहिलेसम्म एक हजार एक सय मेट्रिक टन मल मात्र प्राप्त भएको जनाएको छ । किसानको माग अनुसार मल उपलब्ध गराउने प्रयास भए पनि दिन नसकिएको कृषि विकास कार्यालय गोरखाका प्रमुख कुलप्रसाद तिवारीले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ई–पासपोर्ट छपाइमा लागत वृद्धि र अनियमितताको आशंका, सांसदहरुले गरे छानबिनको माग

काठमाडौं । ई–पासपोर्ट (विद्युतीय राहदानी) छपाइ प्रक्रियामा भएको ढिलाइ, लागत वृद्धि तथा सम्भावित आर्थिक अनियमितताका विषयमा संघीय संसद्को सार्वजनिक लेखा...

चुनपहिरोको पहिरो पन्छाइएपछि पृथ्वीराजमार्ग एकातर्फी सञ्चालन, यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह

तनहुँ । लगातारको वर्षापछि खसेको पहिरो हटाइएपछि पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड एकातर्फी सञ्चालनमा आएको छ। तनहुँको बन्दीपुर गाउँपाल...

निजगढ पुगेर गृहमन्त्री गुरुङले गरे मिटरब्याज पीडितसँग संवाद

जनकपुरधाम । जनकपुरधामबाट ‘पैदल न्याय मार्च’ गर्दै काठमाडौंतर्फ हिँडेका मिटरब्याज पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेट गरी उनीहरूका म...

पाँच किलो मल लिन पाँच घण्टा लाइन

सुलीकोट। गोरखामा धान रोपाईको चटारो चलिरहेका बेला रासायनिक मल अभाव देखिएको छ । किसानलाई पाँच किलो मल लिनका लागि पाँच घण्टा लाइनमा बस्नुपर्ने बाध्यता भए...

वर्षाका कारण मकवानपुरबाट काठमाडौं प्रवेश गर्ने दुई सडकमा सवारी आवागमन रोक

मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...

आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...

सञ्चारगृह लक्षित शंकास्पद गतिविधिको रास्वपाद्वारा भर्त्सना, दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...

काठमाडौंसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending