काठमाडौं । गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन...’ दर्शकमाझ आएको छ । गायक नमराज ढुँगानाकै अफिसियल युट्युव च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको छ ।
सय भन्दा बढी काठे गीत गायका नमराजसँग काठे गीतमा गायिका सरिता भारतीको यो पहिलो सहकार्य हो । यस अघि असारैमास लोक दोहोरी काठे गीत ल्याएकी गायिका सरिताको यो दोश्रो काठे भाकाको दोहोरी गीत हो ।
यो गीतलाई नविनबाबु विश्वकर्माले लेखेका हुन् । जसमा नमराजको संगीत रहेको छ । विष्णु तामाङले संगीत संयोजन गरेको यो गीतमा सागर पुनको रेकर्डिङ र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
यो गीतको भिडियोमा गायिका अभिनेता गजित बिष्ट र गायिका सरिता भारती शिर्ष भूमिकामा छन् । यस अघि पनि अरु म्युजिक भिडियोमा स्क्रिन शेयर गरिसकेका गजित र सरिताको जोडी यो भिडियोमा पनि सुहाएको छ । यो म्युजिक भिडियो निकै रमाईलो बनेको छ ।
यो म्युजिक भिडियोमा गजित र सरितासँगै मनिषा श्रेष्ठ, नकुल गिरी, सम्झना पोखरेल, सुरेन्द्र गिरी, सुदन थापा, सुहानी श्रेष्ठ, बिक्रम ढुँगानाले पनि अभिनय गरेका छन् ।
डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । भिडियोलाई आफुले रमाईलो शैलीमा निर्माण गरेको निर्देशक क्षत्रीले बताए । दोहोरी गायन प्रतिस्पर्धा शैलीमा गीतको भिडियो तयार गरिएको छ । यो गीतको भिडियोको छायाँकन पोखराको मनोरम दृष्यमा गरिएको छ । सुवास सुवेदीको छायाँकन, बीरेन्द्र भाट ‘विपिन’को सम्पादन, राजेश थापामगरको ड्रोन, सुदन थापाको निर्माण व्यबस्थापन यो गीतको भिडियोमा रहेको छ ।
नगर दोमन गीतसँगै भिडियो पनि त्यत्तिकै राम्रो बनेकाले यसलाई दर्शकलाई मन पराउने विश्वास आफुले लिएको गायिका सरिता भारतीले बताईन् । यो वर्षको तीज सकिँदै गर्दा दर्शकका लागि नयाँ गीत आफुहरुले ल्याएको पनि सरिताले बताईन् ।
गायक नमराजले पनि श्रोताहरुको चाहनालाई ध्यानमा राखेर केही फरक शैलीको भिडियो सहित यो गीत रिलिज गरिएको बताए । दर्शकबाट गीत र भिडियोको राम्रो प्रसँसा पाएको पनि उनले जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - ०९:३७
हेटौँडा । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलास्थित पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता...
जेष्ठ १७ गते, २०८३ - ०९:३५
[काभ्रेपलाञ्चोक । बाढीपहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ वटा झोलुङ्गे पुलहरूको पुनर्निर्माण गरिने भएको छ। विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोल...
जेष्ठ १७ गते, २०८३ - ०९:२७
काठमाडौं । सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधनलाई औपचारिक रूपमा भाडाका सवारीको मान्यता दिँदै नयाँ व्यवस्था लागू गरेको छ। नया...
जेष्ठ १७ गते, २०८३ - ०९:२३
काठमाडौं । सामाजिक सञ्जालमा ‘टिकटकर तुलसा अधिकारी’ का नामले परिचित तुलसी अधिकारी लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। उनीविरुद्ध सम्...
जेष्ठ १७ गते, २०८३ - ०९:२०
काठमाडौं । एसियन गेम्स छनोटअन्तर्गतको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले चीनसामु ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ ग...
जेष्ठ १७ गते, २०८३ - ०९:०८
सर्लाही । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने पूर्व–पश्चिम हुलाकी सडकको सर्लाही खण्ड निर्माण कार्य ठेक्का लागेको करिब एक दशक बितिसक्दा पनि सम्पन्न ह...
जेष्ठ १७ गते, २०८३ - ०९:०२
गोरखा । यस वर्षको एसइईमा फोर (चार) जिपिए ल्याएर उत्तीर्ण गरेका युनिक पनेरुलाई बारपाक सुलिकोट गाउँपालिकाले पुरस्कारस्वरुप रु एक लाख तथा सम्मानपत्र प्रद...
जेष्ठ १७ गते, २०८३ - ०९:००
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, काठ...
जेष्ठ १७ गते, २०८३ - ०८:५८
बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट रु पाँच करोडको क्षति भएको छ । शु...
जेष्ठ १७ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार तरकारी, फलफूल, म...



प्रतिकृया लेख्नुहोस्: