Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

व्यावसायिक मकै खेतीबाट आम्दानी गर्दै हातेमालो सहकारी

खबरडबली संवाददाता

साँफेबगर। अछामको साँफेबगरस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले व्यावसायिक कृषि उत्पादनमार्फत राम्रो आम्दानी गर्दै आएको छ। वडा नं। ४ मा रहेको उक्त सहकारीले जिल्लामै नमुना सहकारीका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै आएको सहकारीले यस वर्ष २० रोपनी क्षेत्रफलमा व्यावसायिक मकै खेती गरी उत्साहजनक नतिजा हासिल गरेको हो।

सहकारीले उत्पादन गरेको ताजा हरियो मकैको स्थानीय बजारमा अत्यधिक माग रहेको छ। मकै उत्पादन सुरु भएसँगै ग्राहकहरू प्रत्यक्ष रूपमा खेतमै पुगेर खरिद गर्ने गरेका छन्। सहकारीका अनुसार हालसम्म करिब ४१ हजार रुपियाँ बराबरको मकै बिक्री भइसकेको छ भने बिक्री प्रक्रिया अझै जारी छ।

सहकारीका अध्यक्ष सुरत भुलले कृषि उत्पादन वृद्धि गर्नुका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्ने उद्देश्यले व्यावसायिक मकै खेती सुरु गरिएको बताए। उनले सहकारीले आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

“कृषिलाई आयआर्जनको मुख्य आधार बनाउने लक्ष्यसहित सहकारीले विभिन्न उत्पादनमूलक गतिविधि अघि बढाएको छ,” अध्यक्ष भुलले भने, “मकै खेतीबाट प्राप्त उत्साहजनक नतिजाले आगामी दिनमा अझ ठुलो क्षेत्रफलमा खेती विस्तार गर्न प्रेरणा दिएको छ।”

सहकारीकी प्रबन्ध निर्देशक महेश्वरी बुढाथापाले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै ताजा तथा गुणस्तरीय मकै उपभोक्तासम्म सुलभ मूल्यमा पुर्‍याइएको बताउनुभयो। उहाँले स्थानीय उत्पादनको उपयोगले किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्ने भएकाले स्वदेशी उत्पादनप्रति विश्वास बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे।

मकै खेतीसँगै सहकारीले तरकारी खेती तथा भैंसीपालन व्यवसायसमेत सञ्चालन गर्दै आएको छ। बहुआयामिक कृषि तथा पशुपालन गतिविधिका कारण सहकारीले उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

स्थानीय उत्पादनप्रति उपभोक्ताको बढ्दो आकर्षण र सहकारीको सक्रियताले आसपासका किसानलाई समेत व्यावसायिक कृषितर्फ प्रेरित गरेको छ। कृषि क्षेत्रमा नवीन अभ्यास र उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको सहकारी अहिले अछाम जिल्लामै नमुना सहकारीका रूपमा परिचित बन्दै गएको छ।

सहकारीले आगामी वर्षहरूमा खेतीयोग्य क्षेत्र विस्तार गरी उत्पादन वृद्धि गर्ने तथा स्थानीय बजारसँगै बाह्य बजारसम्म कृषि उपज पुर्‍याउने योजना बनाएको जनाएको छ। कृषि, पशुपालन र सहकारी अभियानलाई एकीकृत रूपमा अगाडि बढाउँदै आएको संस्थाले ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षायाममा सडक खन्न रोक, अनुमति बिना उत्खनन गर्न नपाइने

काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...

सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै नेकपा सांसद दुलालको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको यस्तो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...

सर्लाहीको गोडैता–५ का वडाध्यक्ष गुप्ता पक्राउ

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...

प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि अघि बढ्यो

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...

नेप्से परिसूचक ६.३१ अंकले घट्यो, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending