सर्लाही । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने पूर्व–पश्चिम हुलाकी सडकको सर्लाही खण्ड निर्माण कार्य ठेक्का लागेको करिब एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। पटक–पटक म्याद थप हुँदासमेत सडक अधुरै रहँदा स्थानीय बासिन्दा निराश बनेका छन् भने निर्माण कम्पनी र सम्बन्धित निकायको कार्यशैलीप्रति प्रश्न उठ्न थालेको छ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले संग्रामपुरस्थित बाँके खोलादेखि बलरास्थित बागमती नदीसम्मको करिब ४० किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर २०७३ सालदेखि निर्माण प्रक्रिया अघि बढाएको थियो। तर सात पटकसम्म म्याद थप हुँदा पनि आयोजना पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।
निर्देशनालयले बाँके खोलादेखि मलंगवासम्मको १५ किलोमिटर सडक निर्माणका लागि २३ करोड रुपैयाँ, मलंगवादेखि रहुवासम्मको १५ किलोमिटर सडकका लागि २४ करोड रुपैयाँ तथा रहुवादेखि बलरास्थित बागमती नदी किनारसम्मको १० किलोमिटर सडकका लागि १६ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी तथा इन्जिनियर रञ्जित कुमार राय का अनुसार सडकका विभिन्न खण्डमा अझै पनि निर्माण कार्य अधुरो छ। उनले कतिपय स्थानमा गरिएको कालोपत्रे समेत बिग्रिन थालेको र धेरै ठाउँमा निर्माण कार्य अपूरो अवस्थामा रहेको बताए।
उनका अनुसार मलंगवादेखि रहुवासम्मको सडक खण्डमा अधिकांश कालोपत्रे सम्पन्न भए पनि मुसैलीस्थित एकपोखरी क्षेत्रनजिक करिब १०० मिटर सडक कालोपत्रे हुन बाँकी छ। यस्तै रहुवादेखि बलरासम्मको सडक खण्डमा पनि अपेक्षित प्रगति हुन सकेको छैन।
सडकसँगै निर्माण हुनुपर्ने झिम र लखनदेही नदीका दुई महत्वपूर्ण पुलको अवस्था पनि सन्तोषजनक छैन। करिब ३०–३० करोड रुपैयाँ लागत अनुमान गरिएका यी पुलहरूको निर्माण कार्यसमेत विभिन्न प्राविधिक र प्रशासनिक कारणले प्रभावित भएको छ। लखनदेही पुलको डिजाइन स्वीकृत भइसके पनि निर्माण सुरु हुन सकेको छैन भने झिम पुलको डिजाइन स्वीकृत नहुँदा काम अघि बढ्न सकेको छैन। दुवै पुलको निर्माण अवधि २०८४ साउन मसान्तसम्म तोकिएको छ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया ले आयोजना अगाडि बढिरहेको दाबी गर्दै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न पटक–पटक निर्देशन दिइएको बताए। उनका अनुसार स्थानीय अवरोधका केही समस्या समाधान भइसकेका छन् र निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ।
यद्यपि स्थानीय बासिन्दाले भने वर्षौंदेखि आश्वासन मात्र पाइरहेको गुनासो गरेका छन्। सडक निर्माणमा ढिलाइ हुँदा आवागमन, व्यापार, ढुवानी तथा दैनिक जनजीवन प्रभावित भएको उनीहरूको भनाइ छ। हुलाकी सडक प्रभावित क्षेत्रका स्थानीय मनोज यादव ले निर्माण कम्पनी र सरकारी निकाय दुवैको कमजोरीका कारण आयोजना अनावश्यक रूपमा लम्बिएको आरोप लगाए।
स्थानीय तहका जनप्रतिनिधि, सांसद, नागरिक समाज र सर्वसाधारणले पटक–पटक दबाबमूलक कार्यक्रम गर्दै सडक निर्माण चाँडो सम्पन्न गर्न माग गर्दै आएका छन्। तर वर्षौं बित्दा पनि उल्लेख्य प्रगति नदेखिँदा राष्ट्रिय गौरवको यो आयोजना सर्लाहीका नागरिकका लागि अझै अधुरो सपनामै सीमित बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - ०९:३७
हेटौँडा । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलास्थित पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता...
जेष्ठ १७ गते, २०८३ - ०९:३५
[काभ्रेपलाञ्चोक । बाढीपहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ वटा झोलुङ्गे पुलहरूको पुनर्निर्माण गरिने भएको छ। विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोल...
जेष्ठ १७ गते, २०८३ - ०९:२७
काठमाडौं । सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधनलाई औपचारिक रूपमा भाडाका सवारीको मान्यता दिँदै नयाँ व्यवस्था लागू गरेको छ। नया...
जेष्ठ १७ गते, २०८३ - ०९:२३
काठमाडौं । सामाजिक सञ्जालमा ‘टिकटकर तुलसा अधिकारी’ का नामले परिचित तुलसी अधिकारी लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। उनीविरुद्ध सम्...
जेष्ठ १७ गते, २०८३ - ०९:२०
काठमाडौं । एसियन गेम्स छनोटअन्तर्गतको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले चीनसामु ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ ग...
जेष्ठ १७ गते, २०८३ - ०९:०८
सर्लाही । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने पूर्व–पश्चिम हुलाकी सडकको सर्लाही खण्ड निर्माण कार्य ठेक्का लागेको करिब एक दशक बितिसक्दा पनि सम्पन्न ह...
जेष्ठ १७ गते, २०८३ - ०९:०२
गोरखा । यस वर्षको एसइईमा फोर (चार) जिपिए ल्याएर उत्तीर्ण गरेका युनिक पनेरुलाई बारपाक सुलिकोट गाउँपालिकाले पुरस्कारस्वरुप रु एक लाख तथा सम्मानपत्र प्रद...
जेष्ठ १७ गते, २०८३ - ०९:००
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, काठ...
जेष्ठ १७ गते, २०८३ - ०८:५८
बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट रु पाँच करोडको क्षति भएको छ । शु...
जेष्ठ १७ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार तरकारी, फलफूल, म...



प्रतिकृया लेख्नुहोस्: