काठमाडौं । सामाजिक सञ्जालमा ‘टिकटकर तुलसा अधिकारी’ का नामले परिचित तुलसी अधिकारी लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दायर भइसकेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई शनिबार राति काठमाडौं ल्याइएको हो। उनलाई थुनछेक प्रयोजनका लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराइने तयारी गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अधिकारी लामो समयदेखि फरार रहेकाले उनको खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल मार्फत रेड नोटिस जारी गरिएको थियो। सोही आधारमा थाइल्यान्डमा पक्राउ परेकी अधिकारीलाई नेपाल ल्याइएको हो।
अधिकारीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्।
प्रहरी अनुसन्धान अनुसार तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीविरुद्ध ललितपुरका एक व्यवसायीले जाहेरी दिएका थिए। जाहेरीमा व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै लामो समयसम्म ‘ब्ल्याकमेल’ गरेको आरोप लगाइएको छ।
उक्त व्यवसायीले अधिकारीले धम्की र दबाबमार्फत आफूसँगबाट करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान लिएको दाबी गरेका छन्। यही आरोपका आधारमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो।
अधिकारीको पक्राउसँगै लामो समयदेखि चर्चामा रहेको यो प्रकरण अब अदालतको प्रक्रियामार्फत थप अगाडि बढ्ने भएको छ। यद्यपि उनीमाथि लगाइएका आरोपहरू अदालतबाट प्रमाणित भइनसकेकाले कानुनी रूपमा उनी दोषी ठहर भइसकेकी छैनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - ०९:३७
हेटौँडा । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलास्थित पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता...
जेष्ठ १७ गते, २०८३ - ०९:३५
[काभ्रेपलाञ्चोक । बाढीपहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ वटा झोलुङ्गे पुलहरूको पुनर्निर्माण गरिने भएको छ। विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोल...
जेष्ठ १७ गते, २०८३ - ०९:२७
काठमाडौं । सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधनलाई औपचारिक रूपमा भाडाका सवारीको मान्यता दिँदै नयाँ व्यवस्था लागू गरेको छ। नया...
जेष्ठ १७ गते, २०८३ - ०९:२३
काठमाडौं । सामाजिक सञ्जालमा ‘टिकटकर तुलसा अधिकारी’ का नामले परिचित तुलसी अधिकारी लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। उनीविरुद्ध सम्...
जेष्ठ १७ गते, २०८३ - ०९:२०
काठमाडौं । एसियन गेम्स छनोटअन्तर्गतको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले चीनसामु ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ ग...
जेष्ठ १७ गते, २०८३ - ०९:०८
सर्लाही । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने पूर्व–पश्चिम हुलाकी सडकको सर्लाही खण्ड निर्माण कार्य ठेक्का लागेको करिब एक दशक बितिसक्दा पनि सम्पन्न ह...
जेष्ठ १७ गते, २०८३ - ०९:०२
गोरखा । यस वर्षको एसइईमा फोर (चार) जिपिए ल्याएर उत्तीर्ण गरेका युनिक पनेरुलाई बारपाक सुलिकोट गाउँपालिकाले पुरस्कारस्वरुप रु एक लाख तथा सम्मानपत्र प्रद...
जेष्ठ १७ गते, २०८३ - ०९:००
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, काठ...
जेष्ठ १७ गते, २०८३ - ०८:५८
बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट रु पाँच करोडको क्षति भएको छ । शु...
जेष्ठ १७ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार तरकारी, फलफूल, म...



प्रतिकृया लेख्नुहोस्: