काठमाडौं । एसियन गेम्स छनोटअन्तर्गतको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले चीनसामु ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको कीर्तिमानी योगफल तयार गरेको हो।
नेपालको विशाल स्कोरमा ओपनर कुशल भुर्तेल नायक बने। उनले केवल ४३ बलमा १२९ रनको विस्फोटक इनिङ्स खेले। उनको इनिङ्समा १६ छक्का र ५ चौका समावेश थिए। सुरुदेखि नै आक्रामक ब्याटिङ गरेका भुर्तेलले चिनियाँ बलरमाथि पूर्ण दबाब सिर्जना गर्दै नेपाललाई बलियो अवस्थामा पुर्याएका थिए।
यस्तै, कुशल मल्ल ले ४७ बलमा ८५ रनको उत्कृष्ट योगदान दिए। उनले आक्रामक शैलीमा रन बटुल्दै भुर्तेलसँग महत्वपूर्ण साझेदारी गरेका थिए। कप्तान रोहित पौडेल पनि उत्कृष्ट लयमा देखिए। उनले मात्र २१ बलमा अविजित ६९ रन बनाउँदै नेपालको स्कोर ३ सय रनको आँकडा पार गराउन महत्वपूर्ण भूमिका खेले।
नेपालले बनाएको ३१३ रन टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै तेस्रो ठूलो स्कोर बनेको छ। यसअघि नेपालले मंगोलिया विरुद्ध ३१४ रन बनाउँदै विश्व कीर्तिमान नजिक पुगेको थियो। टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक टोलीगत स्कोरको कीर्तिमान भने जिम्बाबे को नाममा छ, जसले जाम्बिया विरुद्ध ३४४ रन बनाएको थियो।
नेपालका ब्याटरहरूको आक्रामक प्रदर्शनले खेलमा पूर्ण वर्चस्व कायम गरेको छ। अब चीनले जितका लागि टी–२० क्रिकेट इतिहासकै कठिन लक्ष्यहरूमध्ये एक, ३१४ रन पछ्याउनुपर्ने भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - ०९:३७
हेटौँडा । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलास्थित पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता...
जेष्ठ १७ गते, २०८३ - ०९:३५
[काभ्रेपलाञ्चोक । बाढीपहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ वटा झोलुङ्गे पुलहरूको पुनर्निर्माण गरिने भएको छ। विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोल...
जेष्ठ १७ गते, २०८३ - ०९:२७
काठमाडौं । सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधनलाई औपचारिक रूपमा भाडाका सवारीको मान्यता दिँदै नयाँ व्यवस्था लागू गरेको छ। नया...
जेष्ठ १७ गते, २०८३ - ०९:२३
काठमाडौं । सामाजिक सञ्जालमा ‘टिकटकर तुलसा अधिकारी’ का नामले परिचित तुलसी अधिकारी लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। उनीविरुद्ध सम्...
जेष्ठ १७ गते, २०८३ - ०९:२०
काठमाडौं । एसियन गेम्स छनोटअन्तर्गतको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले चीनसामु ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ ग...
जेष्ठ १७ गते, २०८३ - ०९:०८
सर्लाही । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने पूर्व–पश्चिम हुलाकी सडकको सर्लाही खण्ड निर्माण कार्य ठेक्का लागेको करिब एक दशक बितिसक्दा पनि सम्पन्न ह...
जेष्ठ १७ गते, २०८३ - ०९:०२
गोरखा । यस वर्षको एसइईमा फोर (चार) जिपिए ल्याएर उत्तीर्ण गरेका युनिक पनेरुलाई बारपाक सुलिकोट गाउँपालिकाले पुरस्कारस्वरुप रु एक लाख तथा सम्मानपत्र प्रद...
जेष्ठ १७ गते, २०८३ - ०९:००
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, काठ...
जेष्ठ १७ गते, २०८३ - ०८:५८
बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट रु पाँच करोडको क्षति भएको छ । शु...
जेष्ठ १७ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार तरकारी, फलफूल, म...



प्रतिकृया लेख्नुहोस्: