Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

बुद्ध परिपथ क्षेत्रको विकासका लागि सम्झौता

खबरडबली संवाददाता

भैरहवा । बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झोता गरिएको छ ।

विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजनाअन्तर्गत पर्यटन पूर्वाधार विस्तार, स्थानीय रोजगारी प्रवर्द्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न हालै यहाँका चार स्थानीय तहसँग विकास साझेदारी सम्झौता गरिएको हो ।

सहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु, लुम्बिनी सांस्कृतिक, रामग्राम तथा देवदह नगरपालिकाबीच परियोजना कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा विभागका महानिर्देशक रवीन्द्र बोहरा तथा सम्बन्धित नगरपालिकाका प्रमुख एवं प्रतिनिधिले हस्ताक्षर गरे।

विश्व बैङ्कले बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारका लागि करिब ८५ मिलियन अमेरिकी डलर (करिब रु १२ अर्ब ६६ करोड) बराबरको ऋण सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ । पाँच वर्ष सञ्चालन हुने परियोजनाअन्तर्गत प्रत्येक नगरपालिकामा करिब रु ४६ करोड बराबरको लगानी गरिने जनाइएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर आशिषकुमार यादवका अनुसार आगामी आर्थिक वर्षको सुरुआत मै परियोजनाअन्तर्गत पहिलो किस्ताका रूपमा प्रत्येक नगरपालिकामा करिब रु नौ करोड उपलब्ध गराइनेछ ।

परियोजनाको मुख्य लक्ष्य बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षण, पर्यटकीय पूर्वाधार निर्माण र स्थानीय समुदायलाई पर्यटनसँग जोडेर आयआर्जनका अवसर सिर्जना गर्नु रहेको छ । परियोजनामार्फत पर्यटक बसाइँ अवधि वृद्धि, स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटनजन्य सेवा विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले बुद्धको जीवनसँग जोडिएका ऐतिहासिकस्थलको संरक्षण र प्रवर्द्धनबाट अन्तरराष्ट्रिय पर्यटक आकर्षित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

परियोजनाअन्तर्गत सम्पदामैत्री पदमार्ग, विश्रामस्थल, सार्वजनिक शौचालय, डिजिटल सूचना बोर्ड, सङ्केत चिह्न, खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापनका संरचना निर्माण गरिनेछन् । साथै, स्थानीय युवालाई पथप्रदर्शकका रूपमा तालिम दिई रोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।

गन्तव्य विकास र पर्यटन व्यवस्थापनसम्बन्धी काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष तथा नेपाल पर्यटन बोर्डले समन्वय गर्नेछन् भने भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी सहरी विकास तथा भवन निर्माण विभागले लिनेछ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले परियोजनाले लुम्बिनी क्षेत्रमा पर्यटकको बसाइँ अवधि बढाउन र स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

पर्यटन व्यवसायीहरूले पनि परियोजनाको प्रभावकारी कार्यान्वयन भए बुद्ध जन्मस्थल लुम्बिनी तथा आसपासका क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन् । हाल लुम्बिनी मुलुककै प्रमुख पर्यटकीय गन्तव्य भए पनि पर्यटकको बसाइँ अवधि छोटो रहेकाले त्यसलाई बढाउन पूर्वाधार तथा सेवा विस्तार आवश्यक रहेको व्यवसायीको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...

टेकुमा प्रहरीको गोली प्रहारपछि तीन लागुऔषध कारोबारी पक्राउ, एक भारतीय नागरिक घाइते

काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...

धुलिखेल रिसोर्टबाट फर्किए रवि लामिछाने र स्वर्णिम वाग्ले

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...

रुसद्वारा किभमा ठूलो क्षेप्यास्त्र आक्रमण: एक जनाको मृत्यु, १४ घाइते

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति रास्वपा जापानको आपत्ति, सार्वजनिक क्षमायाचनाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...

राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि छलफल

काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...

पूर्वसूचना दिने साइरनले बाँकेमा मानव–हात्ती द्वन्द्व घटाउँदै

बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...

पोहोरभन्दा बढी संख्यामा मान्छे विदेश जाँदा अहिले सबै चुपचाप छन् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...

सप्तरी कारागार घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, कैदीबन्दीको अनशन जारी

राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending