Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण सर्लाहीमा हुने

खबरडबली संवाददाता

काठमाडौं। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ। नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो महोत्सव यसपटक मधेश प्रदेशको सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना गरिने भएको छ ।

महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबीच विस्तृत छलफल भई तयारी कार्य अघि बढिसकेको छ।

“हिमाल, पहाड, तराई कोही छैन पराइ” भन्ने मूल नारालाई आत्मसात गर्दै विगतका संस्करणहरू पहाडी क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरिएको महोत्सव यसपटक तराईमा विस्तार गर्न लागिएको आयोजकले जनाएको छ। ग्रामीण कथा, स्थानीय संस्कृति र समुदाय–केन्द्रित सिनेमालाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको महोत्सवले अब तराई क्षेत्रका दर्शक, सर्जक र समुदायलाई समेट्दै “सबैको सिनेमा, सबैका लागि” भन्ने अवधारणालाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ।

गाउँ–गाउँमा सिनेमा पुर्‍याउने अभियानस्वरूप सुरु गरिएको यस महोत्सवले ग्रामीण परिवेशका कथा, परम्परा, भेषभूषा, भाषा र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको छ। “हाम्रो गाउँ, हाम्रो कथा, हाम्रो सिनेमा” भन्ने नारालाई सार्थक बनाउँदै यसले देशका तीनै भौगोलिक क्षेत्रलाई एक सूत्रमा बाँध्ने प्रयासलाई निरन्तरता दिनेछ।

महोत्सवका लागि आह्वान गरिएका नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रहरूतर्फ फिचर, सर्ट तथा विभिन्न भाषाभाषी फिल्म गरी ५० भन्दा बढी आवेदन प्राप्त भएका छन्। तीमध्ये निर्णायक मण्डलबाट छनोट गरिएका चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछन् भने उत्कृष्टलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।

महोत्सवमा ग्रामीण परिवेश झल्किने छोटा चलचित्र, डकुमेन्ट्री, फिचर फिल्म तथा विविध भाषाभाषीका फिल्महरू गाउँकै दर्शकमाझ निशुल्क प्रदर्शन गरिनेछ।  अफिसियल सेलेक्सन सूची आगामी हप्ताभित्र सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।

नेपाली मौलिक चलचित्रप्रति दर्शकको आकर्षण बढाउनु, नियमित रूपमा चलचित्र हेर्ने संस्कार विकास गर्नु, ग्रामीण कथामा आधारित सिनेमालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनु तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए।

“आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र” भन्ने मूल नाराका साथ आयोजना हुने यस महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया तथा विभिन्न संवाद कार्यक्रमहरू पनि समावेश गरिनेछन्। अध्यक्ष सापकोटाले भने, “ग्रामीण कथावस्तुमा आधारित चलचित्रलाई प्राथमिकता दिँदै आएका छौँ। यसले चलचित्र भवन नभएका गाउँका दर्शकलाई पनि सिनेमा संस्कृतिसँग जोड्ने विश्वास लिएका छौँ।”

यसअघि महोत्सव गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा सफलतापूर्वक सम्पन्न भइसकेको छ। मधेश प्रदेशमा अपेक्षाकृत कम चलचित्र गतिविधि हुने भएकाले यसपटकको संस्करण अझ विशेष रहने महोत्सव संयोजक कमल एक्चै मगरले बताए। महोत्सव चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा आयोजना हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसमा शक्ति संघर्ष चर्कियो : गगन थापामाथि देउवा पक्ष आक्रामक

कैलाली ।  सुदूरपश्चिममा कांग्रेसभित्रको शक्ति संघर्ष खुला विद्रोहमा बदलिन थालेको संकेत देखिएको छ। पार्टी सभापति गगन थापाविरुद्ध देउवा पक्ष खुलेरै मैदा...

पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङको सहयोग नलिने एमालेको घोषणा

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङको सहयोग नलिने घोषणा गरेको छ । आइतबार सम्पन्न एमाले सचिवालय बैठकले गुरुङको सहयो...

एमाले केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने

काठमाडौं ।  नेकपा एमालेको केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने भएको छ । अध्यक्ष र महासचिवबीच छलफलका आधारमा असार १५ देखि २० को बीचमा बैठक बोलाउन...

सुधनविरुद्ध ‘विदेशी खेल’ ? चिनियाँ नम्बरबाट डिल, जनआस्थाकाे कार्यालयमै पैसा र रक्सी !

काठमाडौं । काठमाडौंमा सत्ता, पैसा, विदेशी कनेक्सन र ‘सेटिङ’को दुर्गन्ध झन् गहिरिँदै गएको बेला एउटा सनसनीपूर्ण खुलासा बाहिरिएको छ। पूर्व गृहमन्त्री तथा...

एमालेमा एक्लिँदै ओली, आफैंले बनाएकाे जालोमा आफैं फसे

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै बनाएको शक्ति संरचनाभित्रै घेराबन्दीमा परेका छन् । गुन्डुस्थित निवासमा तीन दिनसम्म चलेको सचिव...

नरेफाँटमा दिउँसै छुरा प्रहार, मामाले नै भान्जामाथि गरे हमला

काठमाडौं । नरेफाँट मा दिउँसै एक युवकमाथि धारिलो हतियार प्रहार भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार...

सुनकोशी नदीमा डुबेर सिन्धुलीका दुई बालकको मृत्यु

सिन्धुली । सिन्धुलीको सुनकोशी-५ सित्खामा सुनकोशी नदी छुट्टिएर आएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्रबहाद...

माइतीघरमा जातीय विभेदविरुद्ध प्रदर्शन, ‘नवराज विकलाई न्याय देऊ’ भन्दै नाराबाजी

काठमाडौं । माइतीघर मण्डला मा आइतबार जातीय विभेद, हिंसा र उत्पीडनविरुद्ध प्रदर्शन गरिएको छ । विभिन्न जिल्लाबाट आएका उत्पीडित समुदाय, अधिकारकर्मी, बौद्ध...

हुम्ला–बाजुरा सीमा घटनाबारे गृहले बनायाे छानबिन टोली, सुरक्षा व्यवस्था कडा

हुम्ला ।  हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानब...

पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरुकाे अनौठो प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्। नेपाल आयल निगमले पेट्रोलियम प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending