काठमाडौँ। कुशल भुर्तेलको सादनार शतकमा नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा चीनमाथि सहज जित निकालेको छ ।
सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले चीनलाई २२१ रनले हरायो । जितका लागि तीन सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा सबै विकेटको क्षतिमा ९२ रनमा समेटिएको थियो ।
चीनका लागि शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाए। डु जियान हाउले १७ र कप्तान टेन सेन कुनले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
चीनलाई निराश बनाउन बलिङमा नेपालका कुशल मल्लले तीन विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई तथा नन्दन यादवले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा तीन सय १३ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले शतक तथा कुशल मल्ल र रोहित पौडेलको अर्धशतक प्रहार गरे। कुशलले ४३ बलमा पाँच चौका र १६ छक्काको सहयोगमा एक सय २९ रन बनाए।
उनले खेलको नवौँ ओभरमा ६ छक्का हान्दै एउटै ओभरमा ३७ रन बनाए। कुशल मल्लले ४७ बलमा ८५ र रोहित पौडेल २१ बलमा अविजित ६९ रन जोडे ।
नेपालले टी-२० क्रिकेटमा बनाएको यो सर्वाधिक दोस्रो योगफल हो । यसअघि नेपालले गत एसियन गेम्समा मंगोलियाविरुद्ध तीन सय १४ रनको योगफल बनाएको थियो । बलिङमा चीनका मा कुइनचेन र डेङ्ग जिङ्कीले एक एक विकेट लिए।
पहिलो जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । जुन ८ तारिखसम्म हुने छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा मलेसिया र चीन छ ।
समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेको छ । समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनोट हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १८:१३
काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...
आषाढ़ २ गते, २०८३ - १७:२४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...
आषाढ़ २ गते, २०८३ - १७:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...
आषाढ़ २ गते, २०८३ - १६:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...
आषाढ़ २ गते, २०८३ - १६:३३
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...
आषाढ़ २ गते, २०८३ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...
आषाढ़ २ गते, २०८३ - १६:०४
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...
आषाढ़ २ गते, २०८३ - १५:४८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...
आषाढ़ २ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...
आषाढ़ २ गते, २०८३ - १४:५६
काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...



प्रतिकृया लेख्नुहोस्: