अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले संक्षिप्त प्रतिक्रिया दिँदै अब युद्ध अन्त्य गर्ने समय आएको बताएका छन् । गाजा पट्टीबाट एक इजरायली मूलका अमेरिकीसहित बन्धक बनाइएका छ बन्धकको हत्या भएको घटनाबाट आफू स्तब्ध भएको बताएका छन् ।
उनले गाजामा युद्ध अन्त्यका लागि आफूहरूले अहोरात्र खटिरहेको पनि बताए । राष्ट्रपति बाइडेनले बन्धकको हत्या गरिनु ‘निन्दनीय’ भएको र यस घटनाले आफूलाई स्तव्ध पारेको बताए । “हमासका नेताहरूले यी अपराधको मूल्य चुकाउनेछन्,” उनले भने । उनले अगाडि भने, “अब युद्ध अन्त्य गर्ने वेला भएको छ । प्यालेस्टिनी समूहले बन्धक बनाएका बाँकी बन्धकहरूको रिहाइका लागि सम्झौता गर्न अहोरात्र काम भइरहेको छ ।”
बाइडेनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हमासका आतङ्ककारीले मारेका बन्धकमध्ये एक अमेरिकी नागरिक हर्श गोल्डबर्ग–पोलिन रहेको हामीले पुष्टि गरेका छौँ ।” इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हागारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले दक्षिणी गाजाको रफाहबाट बरामद भएका छ वटा शव हमासले आईडीएफ सेना आउनुभन्दा केही समयअघि नै ‘निर्मम हत्या’ गरेका इजरायली बन्धकको भएको बताएको छ ।
यसैबीच उपराष्ट्रपति कमला ह्यारिसले एक वक्तव्य जारी गर्दै हमासलाई ‘निर्मूल पार्नुपर्ने’ र गाजालाई नियन्त्रण गर्न दिन नसकिने बताएकी छिन् । ह्यारिसले २३ वर्षीया अमेरिकी नागरिक गोल्डबर्ग–पोलिनका आमाबुबा जोन र राहेलप्रति समवेदना व्यक्त गर्दै भनिन्, “अमेरिकी नागरिकको सुरक्षाभन्दा मेरो कुनै उच्च प्राथमिकता छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: