खोटाङ । लोपोन्मुख रेडपाण्डा खोटाङका जङ्गलमा पाइन्छन् । संरक्षणका लागि अहिले कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । संरक्षण कार्यक्रम अन्तर्गत रेडपाण्डाको चित्र अङ्कित ऊनको टोपी उत्पादन सुरु गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१० पाथेकामा रेडपाण्डा अङ्कित टोपी उत्पादन थालिएको छ । स्थानीय मेरुङ सामुदायिक वन र कोप्चे सामुदायिक वनमा पाइने लोपोन्मुख रेडपाण्डाको संरक्षणका लागि सचेतना फैलाउने लक्ष्यसाथ टोपी उत्पादन सुरु गरिएको हो ।
रेडपाण्डाको लोगो भएको हस्तनिर्मित टोपी वडामा हुने कार्यक्रमका अतिथिलाई उपहार स्वरूप प्रदान गर्न थालिएको छ । रेडपाण्डालाई बढवा दिन तथा त्यसको प्रचार–प्रसार गर्दै संरक्षण गर्ने चेतना अभिवृद्धिका लागि सकेसम्म हरेक स्थानीय उत्पादनमा रेडपाण्डाको चित्र राख्ने योजना बनाइएको पाथेकाका वडाध्यक्ष मुगाधन राईले बताए ।
रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा जनकल्याण समाज, खोटाङले केपिलासगढी गाउँपालिका –१ फेदीको फुङगालुङ र बगाले सामुदायिक वन तथा पाथेकाको मेरुङ र कोप्चे सामुदायिक वनमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम गरिरहेको छ । कार्यक्रम अन्तर्गत पाथेका र फेदीका महिलालाई रेडपाण्डाको चित्र अङ्कित टोपी बनाउने तालिम दिइएको थियो । तालिममा सहभागी महिलाले व्यावसायिक रूपमा रेडपाण्डाको ब्राण्ड भएको टोपी बुन्न थालेका हुन् ।
रेडपाण्डालाई साम्पाङ (राई) भाषामा ‘कुँदो’ भनेर चिन्ने गरिएको छ । फेदी र पाथेकामा आर्थिक वर्ष २०७९–८० देखि समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको छ । रेडपाण्डा ब्राण्ड भएको टोपी कार्यक्रमले नै खरिद गरिदिने तयारी गरेको जनकल्याण समाजका अध्यक्ष वीरेन्द्र मगरले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: