खोटाङ । लोपोन्मुख रेडपाण्डा खोटाङका जङ्गलमा पाइन्छन् । संरक्षणका लागि अहिले कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । संरक्षण कार्यक्रम अन्तर्गत रेडपाण्डाको चित्र अङ्कित ऊनको टोपी उत्पादन सुरु गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१० पाथेकामा रेडपाण्डा अङ्कित टोपी उत्पादन थालिएको छ । स्थानीय मेरुङ सामुदायिक वन र कोप्चे सामुदायिक वनमा पाइने लोपोन्मुख रेडपाण्डाको संरक्षणका लागि सचेतना फैलाउने लक्ष्यसाथ टोपी उत्पादन सुरु गरिएको हो ।
रेडपाण्डाको लोगो भएको हस्तनिर्मित टोपी वडामा हुने कार्यक्रमका अतिथिलाई उपहार स्वरूप प्रदान गर्न थालिएको छ । रेडपाण्डालाई बढवा दिन तथा त्यसको प्रचार–प्रसार गर्दै संरक्षण गर्ने चेतना अभिवृद्धिका लागि सकेसम्म हरेक स्थानीय उत्पादनमा रेडपाण्डाको चित्र राख्ने योजना बनाइएको पाथेकाका वडाध्यक्ष मुगाधन राईले बताए ।
रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा जनकल्याण समाज, खोटाङले केपिलासगढी गाउँपालिका –१ फेदीको फुङगालुङ र बगाले सामुदायिक वन तथा पाथेकाको मेरुङ र कोप्चे सामुदायिक वनमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम गरिरहेको छ । कार्यक्रम अन्तर्गत पाथेका र फेदीका महिलालाई रेडपाण्डाको चित्र अङ्कित टोपी बनाउने तालिम दिइएको थियो । तालिममा सहभागी महिलाले व्यावसायिक रूपमा रेडपाण्डाको ब्राण्ड भएको टोपी बुन्न थालेका हुन् ।
रेडपाण्डालाई साम्पाङ (राई) भाषामा ‘कुँदो’ भनेर चिन्ने गरिएको छ । फेदी र पाथेकामा आर्थिक वर्ष २०७९–८० देखि समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको छ । रेडपाण्डा ब्राण्ड भएको टोपी कार्यक्रमले नै खरिद गरिदिने तयारी गरेको जनकल्याण समाजका अध्यक्ष वीरेन्द्र मगरले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: