काठमाडौं । सरकारले मन्त्रालय संख्या घटाएर २१ बाट १७ मा झारेपछि अब कर्मचारी दरबन्दीमा पनि ठूलो कैंची चलाउने तयारी गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा रहेका झण्डै २५ हजार कर्मचारी दरबन्दी कटौती हुन सक्ने संकेत देखिएको छ ।
सरकारले केही मन्त्रालय गाभ्ने, केही खारेज गर्ने र नयाँ कार्यविभाजन नियमावली लागू गरेसँगै कर्मचारी संरचनामा व्यापक पुनरावलोकन सुरु भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्य सचिव सुमनराज अर्यालको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेर मन्त्रालय पुनर्संरचना र दरबन्दी समीक्षा प्रक्रिया अघि बढाइसकेको छ ।
सरकारी विश्लेषणअनुसार अहिले तीनै तहका सरकारमा करिब २० प्रतिशत दरबन्दी अनावश्यक रहेको निष्कर्ष निकालिएको छ । यही आधारमा संघदेखि स्थानीय तहसम्म कर्मचारी संख्या घटाउने तयारी भइरहेको स्रोत बताउँछ ।
राष्ट्रिय किताबखानाको तथ्यांकअनुसार अहिले देशभर कुल १ लाख ३२ हजार ७ सय ३४ स्वीकृत दरबन्दी छन् । जसमध्ये संघमा ६१ हजार ८ सय ३७, प्रदेशमा ५ हजार ३ सय ४१ र स्थानीय तहमा ६५ हजारभन्दा बढी दरबन्दी कायम छन् ।
यदि सरकारले २० प्रतिशत कटौती योजना लागू गर्यो भने २५ हजारभन्दा बढी पद हट्न सक्ने अनुमान गरिएको छ ।
सरकारले यसअघि नै संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि राष्ट्रिय मापदण्ड तयार गरेर लागू गरिसकेको छ । सोही आधारमा प्रदेश र स्थानीय तहलाई पनि “अनावश्यक दरबन्दी” पहिचान गरेर कटौती प्रस्ताव पठाउन भनिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी खर्च घटाउने नीति लिँदै प्रशासनिक संरचना ‘स्लिम’ बनाउने संकेत दिइरहेका बेला यो कदमलाई त्यसैको निरन्तरता मानिएको छ । अब मन्त्रालय मात्रै होइन, केही विभागसमेत खारेजी वा गाभिने तयारीमा रहेको स्रोतको दाबी छ ।
तर कर्मचारी कटौतीको चर्चा सुरु भएसँगै निजामती वृत्तमा त्रास फैलिएको छ । कर्मचारी संगठनहरूले भने अध्ययनबिनाको कटौतीले सेवा प्रवाह प्रभावित हुन सक्ने चेतावनी दिन थालेका छन् । सरकार भने “थप प्रभावकारी र कम खर्चिलो प्रशासन” बनाउने दाबी गर्दै पुनर्संरचनाको काम तीव्र बनाइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - ०९:०३
काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...
जेष्ठ ३ गते, २०८३ - ०९:००
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...
जेष्ठ ३ गते, २०८३ - ०८:५७
काठमाडौं । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल सिमकोट मा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा म...
जेष्ठ ३ गते, २०८३ - ०८:५५
काभ्रेपलान्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई...
जेष्ठ ३ गते, २०८३ - ०८:५२
दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर ...
जेष्ठ ३ गते, २०८३ - ०८:५०
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसर...
जेष्ठ ३ गते, २०८३ - ०८:४७
काठमाडौं । यस वर्ष चैत–वैशाखमै लगातार पानी पर्दा धेरैले मनसुन सुरु भइसक्यो जस्तो अनुभव गरे । सामान्यतया अत्यधिक गर्मी हुने समयमा वर्षा, असिना र हिउँसम...
जेष्ठ ३ गते, २०८३ - ०८:४६
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व दाखिला ...
जेष्ठ ३ गते, २०८३ - ०८:३९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले जननेता मदन भण्डारी लाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै होइन, “युगद्रष्टा सहयोद्धा गुमाएको...
जेष्ठ ३ गते, २०८३ - ०८:३७
काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता बढिरहेका बेला सरकारले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको दाब...



प्रतिकृया लेख्नुहोस्: