Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

बागमती प्रदेशको बेरुजु रकम पाँच अर्बभन्दा बढी

खबरडबली संवाददाता

मकवानपुर। बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बेरुजु रकम आव २०८०/०८१ को तुलनामा घटेको  छ।

महालेखा परीक्षकको कार्यालयले गरेको बागमती प्रदेशको प्रदेश मन्त्रालय तथा निकायको लेखापरीक्षण अनुसार यस प्रदेशको आव २०८०/०८१ को बेरुजु रकम ८५ करोड १७ लाख ८२ हजार रुपियाँ रहेकामा आर्थिक वर्ष २०८१/०८२ को बेरुजु रकम ६९ करोड ३७ लाख ९४ हजार रुपियाँमा झरेको छ ।

तर बजेटको प्रभावकारी कार्यान्वयनको अभाव, प्रदेशले आफैले बनाएको कानुन र सार्वजनिक खरिद ऐन विपरीत तथा रीत नपुर्‍याई खर्च गर्ने प्रदेशका मन्त्रालय र निकायको प्रवृत्तिले निरन्तरता पाउँदा यस प्रदेशको कूल बेरुजु रकम भने वर्षेनी बढ्दो छ।

महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षणबाट हालसम्म कूल बेरुजु बढ्दै गएको तथ्याङ्क छ ।महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको त्रिसट्ठीऔँ  प्रतिवेदनमा आर्थिक वर्ष २०८१/०८२ सम्ममा कुल बेरुजु रकम पाँच अर्ब २८ करोड छ लाख ९४ हजार रुपियाँ पुगेको उल्लेख छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार आव २०८०/०८१ सम्ममा कुल बेरुजु रकम चार अर्ब ८६ करोड ८९ लाख ६६ हजार रुपियाँ पुगेको थियो । 

आव २०८१/०८२ मा सम्परीक्षणपछि चार अर्ब ५८ करोड ६९ लाख रुपियाँ कूल बेरुजु रहेकोमा सोही आवमा ६९ करोड ३७ लाख ९४ हजार रुपियाँ थपिएर कूल बेरुजु रकम पाँच अर्ब २८ करोड छ लाख ९४ हजार रुपियाँ पुगेको हो ।

महालेखा परीक्षकको ६१ औँ प्रतिवेदनसम्म बागमती प्रदेशको कुल बेरुजु रकम चार अर्ब २८ करोड पाँच लाख ६१ हजार रुपियाँ रहेकोमा आव २०८०/०८१ मा ८५ करोड १७ लाख ८२ हजार रुपियाँ थपिएको थियो।

उता आव २०८१/०८२ मा सातै प्रदेशमा सबैभन्दा बढी बेरुजु मधेश प्रदेश ३।७७ हुँदा सबैभन्दा कम बागमती प्रदेशका ०।८३ प्रतिशत रहेको छ ।

आव २०८०/०८१ मा सबैभन्दा बढी बेरुजु मधेश प्रधेश २।१० हुँदा बागमती प्रदेशको ०।८९ प्रतिशत रहेको थियो । आव २०८०/०८१ मा भन्दा आव २०८१/०८२ मा बेरुजु रकम घटेपनि नियन्त्रणमा आउन सकेको छैन ।

वित्तीय अनुशासन कमजोर बन्दै गएकोले कूल बेरुजु रकम बढ्दै गएको हो ।गत आवमा यस प्रदेशमा कूल खर्च ४६ अर्ब ४० करोड ३३ लाख ११ हजार रुपियाँभएकोमा प्रदेश स्रोतबाट ७७.०६ प्रतिशत अर्थात् ३५ अर्ब ७५ करोड ८७ लाख १८ हजार रुपियाँ खर्चभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

आन्तरिक स्रोतबाट बेहोरिने खर्चमा सातै प्रदेशमध्ये बागमती प्रदेशको सबैभन्दा बढी रहेको छ ।आव २०८०/०८१ मा प्रदेश स्रोतबाट ७४।३२ प्रतिशत खर्च भएको तथ्याङ्क छ ।

गत आवमा यस प्रदेशको राजस्व प्राप्ति अनुमान ३४ अर्ब ५८ करोड १५ लाख ९९ हजार रुपियाँ गरिएकोमा अनुदान बाहेक राजस्व प्राप्ति ८२.३९ प्रतिशत अर्थात २८ अर्ब ४९ करोड एक लाख ७३ हजार रुपियाँ प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । 

यो अघिल्लो आवको  भन्दा बढी हो । यस्तै बजेट र कार्यक्रम कार्यान्वयनमा प्रदेश सरकार कमजोर देखिएको छ । गत आवमा ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट रहेकोमा ७१.९० प्रतिशत अर्थात ४६ अर्ब ४० करोड ३३ लाख १० हजार रुपियाँ खर्चभएको छ ।

 यो खर्च प्रतिशतका आधारमा अघिल्लो आवको तुलनामा बढी हो ।अघिल्लो आवमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट रहेकोमा ७०.९८ प्रतिशत अर्थात ४४अर्ब ५१ करोड ३२ लाख तीन हजार रुपियाँ खर्चभएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मर्दी पदयात्राका क्रममा हराएका भिक्षु मृत फेला

लेखनाथ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ स्थित मर्दी हिमाल क्षेत्रमा तीन दिनदेखि सम्पर्कविहीन भिक्षुलाई शनिबार मृत फेला परेका छन् । वैशाख ...

बागमती प्रदेशको बेरुजु रकम पाँच अर्बभन्दा बढी

मकवानपुर। बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बेरुजु रकम आव २०८०/०८१ को तुलनामा घटेको  छ। महालेखा परीक्षकको कार्यालयले गरेको बागमती प्रदेशको प्...

एमाले सचिवालय बैठक सोमबार बस्ने

काठमाडौँ। नेकपा (एमाले) को सचिवालय बैठक पर्सी सोमबार बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आज शनिबार दिउँसो बस्ने भनिएको बै...

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्...

सिभिल अस्पतालले भर्ना भएका बिरामीलाई नि:शुल्क खाना खुवाउन सुरु

काठमाडौँ ।निजामती कर्मचारी (सिभिल)अस्पतालले अन्तरङ्ग सेवाका बिरामीलाई नि:शुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ। अस्पतालले २०८३ साल जेठ १ गते शुक्...

कुशल भुर्तेलको नटआउट शतकमा अमेरिकामाथि नेपाल नाै विकेटले विजयी

काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्...

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ। बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा शनिबार ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फे...

गुल्मीमा एक हप्तामा १६० जनाको राहदानी, नौ लाख राजस्व संकलन

गुल्मी। गुल्मीमा एक हप्ताको समय अवधिमा १६० जनाले राहदानी बनाउँदा नौ लाख बढी राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला...

अमेरिकाविरुद्ध इशान पाण्डेको एकदिवसीय डेब्यु, नेपाल पहिले फिल्डिङमा

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज अमेरिकाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending