Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

३ लाख नदिए उड्न पाउँदैनौ’ : म्यानपावरको लुटधन्दा पर्दाफास, स्टिङ अपरेसनमा कर्मचारी पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । मलेसिया जान तयार भएर टिकट र भिसासमेत पाइसकेका सप्तरीका अजयकुमार यादवलाई अन्तिम समयमा म्यानपावर कम्पनीले भन्यो “३ लाख रुपैयाँ नदिए उड्न पाउँदैनौ ।”

सरकारको ‘फ्रि भिसा फ्रि टिकट’ नीति अनुसार अधिकतम १० हजार रुपैयाँ मात्रै लिन पाइने भए पनि म्यानपावर कम्पनीले लाखौँ रुपैयाँ असुल्न खोजेपछि अन्ततः प्रहरी र श्रम मन्त्रालयको संयुक्त ‘स्टिङ अपरेसन’मा एक कर्मचारी पक्राउ परेका छन् ।

सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका यादवले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए । तर कोटेश्वरस्थित ग्रान्ड स्विट जब म्यानपावरले थप २ लाख २० हजार रुपैयाँ नदिए राहदानी, श्रम स्वीकृति र टिकट नदिने भन्दै रोकिदिएको थियो ।

वैशाख २९ गते नै फ्लाइट तय भए पनि पैसा नतिरेपछि उनी उड्न पाएनन् । त्यसपछि उनले ऋणधन गरेर बाँकी रकम जुटाए र शनिबार बिहान काठमाडौं आइपुगे । म्यानपावरका कर्मचारीले उनलाई तीनकुनेको गैरीगाउँस्थित पेट्रोलपम्प अगाडि पैसा लिएर आउन फोन गरे । तर त्यसअघि नै अजयले आफ्नो पीडा श्रममन्त्री रामजी यादवको सचिवालयसम्म पुर्‍याइसकेका थिए ।

श्रममन्त्रीका स्वकीय उपसचिव सरोज यादव प्रहरी र केही सञ्चारकर्मी लिएर घटनास्थल पुगे । त्यहाँ म्यानपावरका कर्मचारीले पैसा मागेपछि अजयले “पहिले पासपोर्ट देऊ” भनेका थिए । केहीबेर भनाभन भएपछि प्रहरीले ती कर्मचारीलाई नियन्त्रणमा लियो ।

प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट चारवटा पासपोर्ट, फ्लाइट टिकट र अन्य कागजात बरामद गरेको छ । ती कर्मचारीले अन्य कामदारसँग पनि रकम उठाउने तयारी गरेको आशंका गरिएको छ ।

प्रहरीको प्रारम्भिक सोधपुछमा उनले ‘फ्रि भिसा फ्रि टिकट’ भएको देशमा ३ लाख रुपैयाँ मागेको स्वीकार गरेको बताइएको छ । त्यसपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ ।

पीडित अजय यादवले आफूलाई सुरुमा “पैसा लाग्दैन” भनेर फकाएको तर भिसा आएपछि धम्की दिन थालिएको बताए । “गरिब मान्छेले ऋण गरेर विदेश जान खोज्दा पनि यस्तो लुट हुन्छ,” उनले भने, “यस्तालाई कडा कारबाही हुनुपर्छ ।”

प्रहरीको हस्तक्षेपपछि अजयको राहदानी, श्रम स्वीकृति, बिमा र टिकट फिर्ता गरिएको छ । अब उनी आइतबार मलेसिया उड्ने तयारीमा छन् ।

यो घटनाले वैदेशिक रोजगारीको नाममा अझै पनि कसरी सोझा नेपाली युवालाई ठग्ने काम भइरहेको छ भन्ने फेरि उजागर गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

हुम्लामा बढ्न थाले कैलाश यात्रु, चार दिनमै १ सय ६९ तीर्थयात्री सिमकोट पुगे

काठमाडौं । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल सिमकोट मा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा म...

महाभारतमा सात हजार कफीका बिरुवा वितरण

काभ्रेपलान्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई...

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर ...

मदन-आश्रितको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुग्यो : नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसर...

प्रिमनसुनमै झन्डै तेब्बर वर्षा, मनसुनमा खडेरीको चिन्ता

काठमाडौं । यस वर्ष चैत–वैशाखमै लगातार पानी पर्दा धेरैले मनसुन सुरु भइसक्यो जस्तो अनुभव गरे । सामान्यतया अत्यधिक गर्मी हुने समयमा वर्षा, असिना र हिउँसम...

ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व दाखिला ...

‘मदन भण्डारी सम्झँदा नेता मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको पीडा हुन्छ’ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले जननेता मदन भण्डारी लाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै होइन, “युगद्रष्टा सहयोद्धा गुमाएको...

भारतले चिनी रोकेपछि नेपालमा त्रास, सरकार भन्छ– ‘८ महिनालाई पुग्ने मौज्दात छ’

काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता बढिरहेका बेला सरकारले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको दाब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending