सङ्खुवासभा । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका जोड्ने एकुवा खोलाको पक्की पुल बगाएपछि डेढ महिनादेखि यातायात सेवा अवरुद्ध भएको छ ।
उत्तर दक्षिण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा बिरामी र सर्वसाधारण मार्कामा परेका छन् । मकालु गाउँपालिका–३ स्थित एकुवा खोलामा पक्की पुल बगाउँदा भोटखोलाका बिरामी र सर्वसाधारण मार्कामा परेको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए ।
पहिराले मकालु गाउँपालिका–३ र भोटखोला गाउँपालिका–४ को बीचमा रहेको एकुवा खोलाको पुल बगाएको हो । पहिराले पक्की पुल र सडक बगाएपछि जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता, बिरामीलाई कठिन भएको गाउँपालिका अध्यक्ष भोटेले बताए ।
गत असारको पहिलो साता मुसलधारे वर्षापछि आएको बाढीपहिराले पुल बगाएको थियो । एम्बुलेन्स चल्न नसक्दा बिरामीलाई उपचारको लागि सदरमुकाम खाँदबारी लैजाने स्थानीयहरूले सास्ती खेप्नुपरेको छ ।
उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड बन्द हुँदा यहाँका बिरामी र सर्वसाधारण सदरमुकाम खाँदबारी आउन समस्या भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए । हिउँदमा खाँदबारीदेखि भोटखोलाको गोलासम्म दैनिक बोलेरो र बसले यात्रुहरू ओसार्छन् । उक्त सडक अवरुद्ध हुँदा करिब १० हजार नागरिक सडक सञ्जालमा जोडिन सकेका छैन ।
पहिराले इकुवा खोलाको २० मिटर लामो पक्की पुल र पिलरसहित बगाउँदा रु चार करोड बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । उक्त क्षेत्रमा यातायात सञ्चालन गर्न अझै दुई महिना लाग्ने उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । उक्त पुल विसं २०७९ मा निर्माण गरिएको थियो । पक्की पुल बगाएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ ।
यसअघि सदरमुकाम खाँदबारीदेखि भोटखोलाको बरुणसम्मको ८० किलोमिटरसम्म यातायात चल्दै आएको थियो । पहिराले उत्तर–दक्षिण राजमार्गमा पर्ने विभिन्न सडकखण्डमा क्षति पुर्याएको छ । डेढ महिनादेखि यातायात सेवा बन्द हुँदा भोटखोलामा खाद्यान्न सङ्कट आउने अवस्था रहेको गाउँपालिकाले जनाएको छ । भोटखोलाको किमाथाङ्का उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ कोदो, मकै र आलुबाहेक खाद्यान्न उत्पादन हुँदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: