Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

कोशी प्रदेश सभा बैठक भदौ १४ गते बस्ने

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेश सभाको बैठक यही भदौ १४ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले मङ्गलबार अपराह्न सूचना प्रकाशन गरेर बैठक बस्नेबारे जानकारी दिएको हो । 

गत असार ८ गते बजेट पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको कोशी प्रदेश सभा बैठक दुई महिनापछि बस्न लागेको हो । साउन पहिलो साता बैठक बस्ने आन्तरिक सहमति गरी स्थगित भएको प्रदेश सभाको बैठक सत्ता गठबन्धनमा आएको फेरबदलका कारण लामो समयसम्म बस्न नसकेको हो । 

लामो समयदेखि बैठक नबसेपछि बाढी, पहिरो तथा प्राकृतिक विपद् र अन्य जनसरोकारका विषयमा जनताका प्रतिनिधिहरूले सदनमा बोल्न नपाएको भन्दै नेकपा (माओवादी केन्द्र)ले दुई साताअघि नै प्रदेश सभाको बैठक बोलाउन माग गरेको थियो । त्यसपछि आइतबार नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले पनि अविलम्ब प्रदेश सभाको बैठक माग गरेका थिए । 

प्रमुख प्रतिपक्षी दल र सरकारको नेतृत्व गरिरहेको दलकै तर्फबाट दबाब आएपछि सभामुख अम्बरबहादुर विष्टको निर्देशनमा मङ्गलबार प्रदेश सभा सचिवालयले भदौ १८ गते बस्ने गरी बैठक बोलाउने सूचना जारी गरेको थियो । झण्डै १५ दिनको समय दिएर बैठक बस्ने सूचना सार्वजनिक गरेको प्रदेश सभा सचिवालयले आधा घण्टापछि फेरि दोस्रो सूचना प्रकाशित गरेर भदौ १४ गते बैठक बस्ने जनाएको हो । 

प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)को समर्थन कायमै रहेको र नेपाली कांग्रेस पनि सरकारमा सहभागी नभइसकेको अवस्थामा कांग्रेसलार्य संसद्को सत्ता वा प्रतिपक्ष कता राख्ने भन्ने अन्यौलता कारण सभामुख विष्टले प्रदेश सभाको बैठक बोलाउन आनाकानी गर्दै आएका थिए । प्रदेश सरकारका मुख्यमन्त्रीले पनि बैठक बोलाउन स्पष्ट आग्रह नगरेका कारण लामो समय प्रदेश सभाको बैठक बस्न सकेको थिएन । 

कोशी प्रदेश सरकारमा सहभागी भएको दल माओवादी केन्द्र साउन ११ गते नै सरकारबाट बाहिरिएर विपक्षमा बस्ने बताइसकेको थियो । त्यस लगतै कांग्रेस सरकारमा सहभागी हुने अपेक्षा गरिएकोमा त्यसपछिको २७ दिनसम्म पनि कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छैन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्रै कांग्रेस सरकारमा सहभागी हुने बताउँदै आएका छन । कांग्रेससँग मन्त्रालयको विषयमा सहमति भइसकेको भए पनि आफ्नै आन्तरिक कारणले कांग्रेस सरकारमा सहभागी नभएको मुख्यमन्त्री कार्कीले बताए । अब प्रदेश सभा बैठक अगाडि नै कांग्रेस सरकारमा सहभागी हुने विश्वास एमालेले लिएको छ । 

सभामुख विष्टले भने कांग्रेस सरकारमा सहभागी नभएको र उसलाई सत्तापक्षमा राख्ने कि प्रतिपक्षमा राख्ने समस्या हुने भन्दै बैठक राख्न आनाकानी गर्दै आएका थिए । तर एमालेका सांसदहरूले पनि बैठक राख्न दबाब दिएपछि सभामुखले बैठक बोलाएका छन् । यसअघि एमाले प्रमुख सचेतक भण्डारीले दुईवटा विधेयकसँगै जनसरोकारका धेरै विषय छलफल गर्नुपर्ने भएकाले बैठक बोलाउनुपर्ने बताएका थिए । 

बजेट कार्यान्वयनको विषय, दैवी प्रकोपबाट प्रदेशमा भएको क्षति र जनसरोकारका विषयमा छलफल गर्नुपर्ने भन्दै माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो साता नै तत्काल प्रदेशसभाको बैठक राख्न माग गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending