विराटनगर । कोशी प्रदेश सभाको बैठक यही भदौ १४ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले मङ्गलबार अपराह्न सूचना प्रकाशन गरेर बैठक बस्नेबारे जानकारी दिएको हो ।
गत असार ८ गते बजेट पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको कोशी प्रदेश सभा बैठक दुई महिनापछि बस्न लागेको हो । साउन पहिलो साता बैठक बस्ने आन्तरिक सहमति गरी स्थगित भएको प्रदेश सभाको बैठक सत्ता गठबन्धनमा आएको फेरबदलका कारण लामो समयसम्म बस्न नसकेको हो ।
लामो समयदेखि बैठक नबसेपछि बाढी, पहिरो तथा प्राकृतिक विपद् र अन्य जनसरोकारका विषयमा जनताका प्रतिनिधिहरूले सदनमा बोल्न नपाएको भन्दै नेकपा (माओवादी केन्द्र)ले दुई साताअघि नै प्रदेश सभाको बैठक बोलाउन माग गरेको थियो । त्यसपछि आइतबार नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले पनि अविलम्ब प्रदेश सभाको बैठक माग गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल र सरकारको नेतृत्व गरिरहेको दलकै तर्फबाट दबाब आएपछि सभामुख अम्बरबहादुर विष्टको निर्देशनमा मङ्गलबार प्रदेश सभा सचिवालयले भदौ १८ गते बस्ने गरी बैठक बोलाउने सूचना जारी गरेको थियो । झण्डै १५ दिनको समय दिएर बैठक बस्ने सूचना सार्वजनिक गरेको प्रदेश सभा सचिवालयले आधा घण्टापछि फेरि दोस्रो सूचना प्रकाशित गरेर भदौ १४ गते बैठक बस्ने जनाएको हो ।
प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)को समर्थन कायमै रहेको र नेपाली कांग्रेस पनि सरकारमा सहभागी नभइसकेको अवस्थामा कांग्रेसलार्य संसद्को सत्ता वा प्रतिपक्ष कता राख्ने भन्ने अन्यौलता कारण सभामुख विष्टले प्रदेश सभाको बैठक बोलाउन आनाकानी गर्दै आएका थिए । प्रदेश सरकारका मुख्यमन्त्रीले पनि बैठक बोलाउन स्पष्ट आग्रह नगरेका कारण लामो समय प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।
कोशी प्रदेश सरकारमा सहभागी भएको दल माओवादी केन्द्र साउन ११ गते नै सरकारबाट बाहिरिएर विपक्षमा बस्ने बताइसकेको थियो । त्यस लगतै कांग्रेस सरकारमा सहभागी हुने अपेक्षा गरिएकोमा त्यसपछिको २७ दिनसम्म पनि कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छैन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्रै कांग्रेस सरकारमा सहभागी हुने बताउँदै आएका छन । कांग्रेससँग मन्त्रालयको विषयमा सहमति भइसकेको भए पनि आफ्नै आन्तरिक कारणले कांग्रेस सरकारमा सहभागी नभएको मुख्यमन्त्री कार्कीले बताए । अब प्रदेश सभा बैठक अगाडि नै कांग्रेस सरकारमा सहभागी हुने विश्वास एमालेले लिएको छ ।
सभामुख विष्टले भने कांग्रेस सरकारमा सहभागी नभएको र उसलाई सत्तापक्षमा राख्ने कि प्रतिपक्षमा राख्ने समस्या हुने भन्दै बैठक राख्न आनाकानी गर्दै आएका थिए । तर एमालेका सांसदहरूले पनि बैठक राख्न दबाब दिएपछि सभामुखले बैठक बोलाएका छन् । यसअघि एमाले प्रमुख सचेतक भण्डारीले दुईवटा विधेयकसँगै जनसरोकारका धेरै विषय छलफल गर्नुपर्ने भएकाले बैठक बोलाउनुपर्ने बताएका थिए ।
बजेट कार्यान्वयनको विषय, दैवी प्रकोपबाट प्रदेशमा भएको क्षति र जनसरोकारका विषयमा छलफल गर्नुपर्ने भन्दै माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो साता नै तत्काल प्रदेशसभाको बैठक राख्न माग गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: